Saturday, November 24, 2012

महायोद्धा कुलबीर थापा मगर भी. सी, नेपालीलाई संसारभर चिनाउने सबभन्दा पहिलो व्यक्ति !

Photo: बोस्टन मगर समाज
___________________

आज हामी सबै नेपालीलाई इमान्दार,वीर र पराक्रमी जाति भनेर सारा सन्सारलाई चिनाउने सबभन्दा पहिलो व्यक्ति "महावीर कुलबीर थापा मगर भी. सी."का बारेमा पनि मगर जातिको उत्थान र प्रगतिका निम्ति लागि परेका संघसंस्थाहरुले किन केही नगर्ने?
http://www.london-gazette.co.uk/issues/29371/supplements/11450
 ______________________________________________________

महायोद्धा कुलबीर थापा मगर भी. सी, नेपालीलाई संसारभर चिनाउने सबभन्दा पहिलो व्यक्ति !
by बोस्टन मगर समाज on Thursday, August 18, 2011 at 12:04pm 
____________________________________________________

निगल पानी पाल्पामा जन्मेका कुलबीर थापा मगर (जन्म: डिसेम्बर १५, १८८९ - मृत्यू: अक्टोबर ३, १९५६ ) बेलायती सेनाको सर्वोच्च तक्मा "भिक्टोरिया क्रस" अर्थात् भी. सी. पाउने पहिलो नेपाली हुन | यस हिसाबले विश्व प्रशिद्द वीर गोर्खाली भनेर सम्पूर्ण नेपालीलाई आज संसारभर चिनाउनेमा उनी सबभन्दा पहिलो व्यक्ति हुन भन्नुमा कुनै अत्युक्ति नहोला |

यी महायोद्धा महावीर कुलबीर थापा मगर पहिलो विश्व युद्दका दौरान २५ सेप्टेम्बर १९१५ का दिन जर्मनहरुका विरुद्ध फ्रान्समा लड्दा घायल भए | उनले आफ्नो घाउको कुनै पर्वाह नगरी अरु घाइते साथीहरुलाई जर्मनहरुको बन्दुकको नोकबाट बचाएर ल्याए बापत उनको त्यो असाधारण बहादुरीका निम्ति सो भी. सी. प्रदान गरिएको हो |

लडाई लड्दै जादा जर्मन ट्रेन्चको अगाडीबाट एकजना घायल बेलायती सेना र अन्य २ जना गोर्खा सेनालाई सुरक्षित स्थानमा ल्याएर राखे बापत जर्मन सेनाहरु उनको त्यो उदाहरणीय सहाश , आत्म-वलिदान र अद्भुत मानवीय कर्तव्य परायणताका कारण छक्क परे | उनलाई उनीहरुले त्यही खत्तम गर्न सक्थे !

तर त्यसो नगरी उनको यो वीरगाथा 'जर्मन सेनाको हाइ कमान्ड'ले 'अज्ञात गोर्खासेना'को नाममा समर्पण गरीकन लेखेर राखे | शत्रु पक्षले आफ्नो मुलुकको निम्ति लड्ने गोर्खाली सेनाका बारेमा यस्तो कुरा लेखेको थाहा पाएर तत्कालिन बेलायतका राजा जर्ज पाचौंले उनलाई बकिंघम राज दरबारमा बोलाएर सो भी. सी. तक्मा प्रदान गरे |

यी महावीर योद्धाको फोटो पाउन सकिएन | तपाईहरु मद्धे कसैसंग भए पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछौ |

स्रोत : संक्षिप्त मगर इतिहास, द लण्डन गजेट र विकिपिडिया
___________________

आज हामी सबै नेपालीलाई इमान्दार,वीर र पराक्रमी जाति भनेर सारा सन्सारलाई चिनाउने सबभन्दा पहिलो व्यक्ति "महावीर कुलबीर थापा मगर भी. सी."का बारेमा पनि मगर जातिको उत्थान र प्रगतिका निम्ति लागि परेका संघसंस्थाहरुले किन केही नगर्ने?
http://www.london-gazette.co.uk/issues/29371/supplements/11450

निगल पानी पाल्पामा जन्मेका कुलबीर थापा मगर (जन्म: डिसेम्बर १५, १८८९ - मृत्यू: अक्टोबर ३, १९५६ ) बेलायती सेनाको सर्वोच्च तक्मा "भिक्टोरिया क्रस" अर्थात् भी. सी. पाउने पहिलो नेपाली हुन | यस हिसाबले विश्व प्रशिद्द वीर गोर्खाली भनेर सम्पूर्ण नेपालीलाई आज संसारभर चिनाउनेमा उनी सबभन्दा पहिलो व्यक्ति हुन भन्नुमा कुनै अत्युक्ति नहोला |

यी महायोद्धा महावीर कुलबीर थापा मगर पहिलो विश्व युद्दका दौरान २५ सेप्टेम्बर १९१५ का दिन जर्मनहरुका विरुद्ध फ्रान्समा लड्दा घायल भए | उनले आफ्नो घाउको कुनै पर्वाह नगरी अरु घाइते साथीहरुलाई जर्मनहरुको बन्दुकको नोकबाट बचाएर ल्याए बापत उनको त्यो असाधारण बहादुरीका निम्ति सो भी. सी. प्रदान गरिएको हो |

लडाई लड्दै जादा जर्मन ट्रेन्चको अगाडीबाट एकजना घायल बेलायती सेना र अन्य २ जना गोर्खा सेनालाई सुरक्षित स्थानमा ल्याएर राखे बापत जर्मन सेनाहरु उनको त्यो उदाहरणीय सहाश , आत्म-वलिदान र अद्भुत मानवीय कर्तव्य परायणताका कारण छक्क परे | उनलाई उनीहरुले त्यही खत्तम गर्न सक्थे !

तर त्यसो नगरी उनको यो वीरगाथा 'जर्मन सेनाको हाइ कमान्ड'ले 'अज्ञात गोर्खासेना'को नाममा समर्पण गरीकन लेखेर राखे | शत्रु पक्षले आफ्नो मुलुकको निम्ति लड्ने गोर्खाली सेनाका बारेमा यस्तो कुरा लेखेको थाहा पाएर तत्कालिन बेलायतका राजा जर्ज पाचौंले उनलाई बकिंघम राज दरबारमा बोलाएर सो भी. सी. तक्मा प्रदान गरे |

यी महावीर योद्धाको फोटो पाउन सकिएन | तपाईहरु मद्धे कसैसंग भए पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछौ |

स्रोत : संक्षिप्त मगर इतिहास, द लण्डन गजेट र विकिपिडिया

No comments:

Post a Comment