Interview

 
तपाई प्रहरी सेवामा कसरी प्रवेश गर्नु भयो ?
वि. सं. २०३९ सालमा स्नातक गरेर बसेको थिए । स्नाकोउत्तर पढ्ने मानसिकता बनाइरहेको थिए । त्यति नै बेला प्रहरीमा भर्ना खुलेको थियो । मेरा एक साथी प्रहरी सेवामा थिए उनले नै त्यो कुराको जानकारी दिए । प्रहरीमा जाने वा अरु के गर्ने भन्ने केही सपना बुनेको थिइन । मेरो क्षमता, तनरुस्ती अरु कुरा हेरेर मलाई उत्पे्ररणा दिए । मेरा साथी विमल लामाले मलाई प्रहरीमा भर्ना हुन उत्पे्ररित गरे अनि मेरो जीवनले नै नयाँ मोड लियो ।
प्रहरी महानीरिक्षक भैसके पछि कुन– कुन कुरालाई प्राथमिकता साथ गर्ने योजना बनाइरहनु भएको छ ?
प्रहरी नागरिकको सेवाका लागि स्थापित संस्था हो । त्यस कारण हामीले अपराध नियन्त्रण र रोकथामका लागि प्रहरीले दिने सेवालाई प्रभावकारी र साख सहित पारदर्शी र जवाफ देही बन्नु पर्छ भन्ने मान्यतामा हामी अगाडि बढ्नु पर्छ । त्यही मान्यतामा रहेर हामीले हाम्रो स्रोत र साधनलाई केन्द्रित गरेका छौ । नागरिक केन्द्रित सेवालाई प्रभावकारी जवाफदेही र सरल अनि सहज बनाउँने हाम्रो प्रयास रहने छ । एकदमै नौलो कार्यक्रम त्याउँछु भनेर यसै भन्न सक्दिन । किन भने मेरा पूर्वजले पनि निरन्तरता दिइरहेका कामलाई नै प्रभावकारी रुपमा कसरी अगाडि बढाउने र उत्कृष्ट परिणाम हासिल गर्न तिर हामी केन्द्रित बन्ने छौ । आवश्यकता अनुरुप नयाँ कार्यक्रम पनि संगै अगाडि बढाउने छौ ।
प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप बढी नै देखिन्छ । नेपाली सेनामा एउटा रोलक्रम अनुसार प्रमुख पदमा यो पछि यो भन्ने निश्चित हुन्छ, तर प्रहरीमा त्यस्तो  निश्चिता छैन किन ?
प्रहरी संगठन निश्चित अनुशासनात्मक आधारमा उभिएको संगठन हो । यसको आफ्नै ऐन नियम छ । त्यस किसिमको अभ्यासमा रहेर सरुवा वढुवा र वृत्ति विकासका अवसरहरु प्रदान गर्न सकिन्छ । सरुवा बढुवाको निश्चित आधारहरु बनाइएको छ । ऐन नियम र कानुनको अभ्यास नै हामीले गरिरहेका छौ । साथै त्यसलाई बैज्ञानिक र युक्तिसंगत अनि पारदर्शी बनाउने भूमिका हाम्रो हुन्छ । त्यो अवस्था कायम राख्नमा म प्रतिवद्ध छु ।
राजनीतिकरणलाई चिरेर काम गर्दछु भन्ने तपाईमा कति आत्मविश्वास छ ?
राजनीति कुनै पनि राज्य संयन्त्रलाई अगाडि बढाउने नेतृत्व हो । उसले देखेका दृष्टिकोण र रणनीति प्रचलित कानुन बमोजिम अनुरुप निर्दिष्ट बनेर प्रहरी संगठन अगाडि बढछ । प्रहरी संगठन त्यसरी अगाडि बढ्ने क्रममा अन्य दवाव र प्रभाव पर्न थाल्यो भने राजनीतिक दलले पनि त्यसलाई अगाडि बढाउनु हुन्न साथै प्रहरीको नेतृत्व गर्नेले पनि त्यसलाई अस्वीकार गर्नु पर्छ । अनधिकृत र गैरकानुनी लाभका लागि दवाव आउँछ भने त्यसलाई निरुत्साहित र नियन्त्रण गर्न प्रहरी संगठन प्रतिवद्ध रहन्छ ।
प्रहरीको नेतृत्वमा पुग्नु पछाडि तपाईको क्षमता कुशलता अनि स्वच्छ छवीले काम गरेको भए पनि प्रधानमन्त्री बाबुराम भट्टराईले तपाईलाई काखी च्यापेकोले पनि हो भनिन्छ नि ?
त्यो कसरी भयो र किन भयो भन्ने तिर अहिले नजाऊ । मेरो नियुक्ति सरकारको निधारित पद्धति अनुरुप भएको छ । त्यसको लागि नेपाल सरकार र गृह मन्त्रालयप्रति म धन्यावाद दिन्छु ।
प्रहरी संगठन यस अगाडि भष्ट्राचारका काण्डले तहसनहस हुन पुग्यो ? संगठनमा त्यस्ता गतिविधि नियन्त्रण गर्न तपाईको त्यस्तो केही रणनीति छ कि ?
त्यसका लागि रणनीति हाम्रा यस अगाडि नै स्थापित छन् । हामीसंग निर्धारित संयन्त्र छ । साथै अन्य आकस्मिक निरीक्षण अनि विभिन्न स्रोतबाट आएका सूचनाको अन्वषेण अनि मूल्याङकन गरेर त्यस किसिमको अनियमितालाई कडाइका साथ छानविन गरि त्यसलाई नियन्त्रण गर्ने प्रयास हाम्रो रहने छ ।
यस अगाडिका महानीरिक्षक भन्दा तपाईले वेग्लै के काम गरेर इतिहासमा स्मरण गर्ने काम गर्न खोज्दै हुनु हुन्छ ?
यो कुरा अहिल नै बोल्ने कुरा होइन । कुरा भन्दा काम महत्वपूर्ण हुन्छ । काम गदै जादा त्यो कुरा त्यसै गरि परिणत हुन्छ । सेवाग्राही जनताले अनुभव गर्ने गरि हामीले काम गर्दछौ । हाम्रा सेवा सुविधा कसरी पाउँछन् त्यो महत्वपूर्ण हुन्छ । संगठन भित्रका साथीहरुले पनि के उपलब्धी हासिल गरे भन्ने कुराले नै बढी महत्व हुन्छ ।
मानवअधिकार बादी एक संस्थाले तपाई माथि एक घटनामा दोषी रहेको आरोप लगाएर सर्बोच्चमा मुद्धा दायर गरेको थियो पछि सर्बोच्चले यहाँलाई सफाय पनि दियो त्यस घटनाबारे के भन्नु हुन्छ ? किन यहाँलाई दोष लगाइयो ?
ती घटना कानुन बमोजिम नै भएका थिए । यस विषयमा अब भन्नु आवश्यकता रहदैन ।
तपाई लागू औषध सम्वन्धी जानकार हुनु हुन्छ । नेपालमा लागू औषधको कारोवारमा ट्रान्जिट पोइन्ट बनिरहेको छ । त्यसलाई नियन्त्रण गर्ने कुनै योजना छ कि ?
लागू औषधको समस्या विश्वव्यापी छ । त्यसबाट नेपाल पनि अछुतो छैन । लागू औषधमा क्षेत्रीय र अन्तराष्ट्रिय रुपमा गाँजा चरेस आदि कारोवारमा चिनिएको छ । त्यसको नियन्त्रणका लागि अहिलेसम्म धेरै काम भैरहेको छ । तराईका जिल्लामा गाँजा चरेस आदि नियन्त्रणमा आएका छन् । पहाडी जिल्ला मकवानपुर रोल्पा रुकुम वाग्लुङ आदिमा हाम्रो पहुँच नहुदा ती जिल्लामा उत्पादन भैरहेका छन् । त्यसलाई प्रहरी प्रशासनले नियन्त्रण गर्न अभियान चाल्नु पर्ने भएको छ । नेपालमा खैरो हिरोइन चरेस जस्ता लागू औषधको कारोबार उल्लेख्य हुने गरेको छ । भारत  पाकिस्तान र अगफानस्तानसम्मको रुट हुदै नेपालको लागू औषध कारोवार भैरहेको छ । नेपालमा सेवन औषधीजन्य लागू औषध नै रहेको देखिन्छ । खुल्ला सिमानाका कारण त्यस्ता लागू औषध भित्रिरहेको छ । युवाहरुलाई त्यस्ता लागू औषधको सेवनबाट जोगाउनु पर्ने देखिन्छ । सिमानामा पनि त्यस्ता लागू औषध नियन्त्रण गर्नु पर्ने देखिन्छ । यदि भित्रिएको खण्डमा त्यसलाई  नियन्त्रण गर्ने काम गरिरहेका छौ । अझ त्यसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नु पर्ने देखिन्छ ।
ठूला अपराधका घटनामा प्रहरीले वास्तविक अपराधी पता लगाउन सकिरहेको छैन । त्यसमा साधनस्रोतको कम हो वा अनुसन्धान नै कमजोर हो ?
अधिराज्य भरिमा घटेका धेरै संगीन र जगन्य अपराधका ठूला अपराधीहरु कानुनको डायरामा आएका छन । त्यस्ता घटनामा सफल अनुसन्धान भएको छ । तथापी केही अपराधका अपराधीहरु अनुसन्धानको दायरामा छन् । तिनीहरुलाई समय लाग्न सक्छ । हाम्रो मात्र स्फेसिक तथा नेपाल प्रहरीको मात्रै होईन संसारका सबै अत्यान्तै समता मूलक समाजमा पनि त्यस किसिमका घटनाहरु भैरहेको पाईन्छ । हाम्रो देशको आर्थिक अवस्था कमजोर छ । साधन र स्रोत प्रशस्त नभएले सरकारले पनि खासै केही गर्न सकिरहेको छैन । साधन स्रोतको अभाव रहेको छ  । अनुसन्धान नियन्त्रण र अनुसन्धानको पक्षमा जति हाम्रा स्रोत साधन छन् काफी छन् । त्यस्तै जनशक्तिको पनि अभाव पनि छ । यी हाम्रा आन्तरिक चुनौती र कमी कमजोरी हुन अर्कोतिर त्यस्तै खुला सिमाना छ । सिमा वरपर चाहि त्यस किसिमको अपराधीहरुको चलखेल हुन सक्छ । उनीहरु यताउता गर्न सक्छन् । त्यसरी घटना भएर सिमापार गएका अपराधीहरुलाई पक्राउ गर्न सकिदैन । त्यसमा कानुनी व्यावहारिक समस्याहरु छन् । त्यसले गर्दा पनि कहिले काही अपराधीहरु खुल्न नसक्ने अवस्थामा छन् ।  अपराधीहरु पक्राउ हुन नसक्ने अवस्था छ ।
प्रहरी सेवामा रहदा यहाँको सुखत् क्षण कहिले रह्यो र दुखत् क्षण कहिले ?
प्रहरीको व्यक्तिगत सुरक्षाको अवस्थालाई हेर्दा द्धन्द्धकाल अत्यान्तै कष्टदायक थियो । द्वन्द्वका कारण प्रहरीले तोकिएको काम पूरा गर्न सकिरहेको थिएन । त्यो समय हाम्रो लागि अत्यान्तै कठिन थियो ।
यहाँका ४ दिदी अनि दाजुभाईहरु मध्य को– को प्रहरी सेवामा लाग्नुभएको छ ? बताईदिनु न ?
एक जना मात्र प्रहरीमा हुनु हुन्छ  । ३ जना चाहि भारतीय र बेलायती सेनामा हुनुहुन्थ्यो उहाँ चाहि अवकास प्राप्त भै सक्नुभयो  । एकजना अहिले पनि कार्यरत हुनुहुन्छ युनिसेभमा र अर्को एक जना चाहि विदेशमा हुनुहुन्छ ।
प्रहरी सेवामा ३० वर्षे सेवा अवधि कायम गरिएको छ । अवसर हुन्छ यसमा तपाई के भन्नु हुन्छ ? ३० वर्षे सेवा अवधी कतिलाई काम गर्न प्रयाप्त समय होइन पनि भनिन्छ तपाईको यसमा धारणा के छ  ?
सेवा अवधी वास्तवमा चाहि एउटा बैज्ञानिक कुरा गर्ने हो । अन्यत्रको पनि कुरा गर्ने हो भने देखि त्यति युक्तिसंगत चाहिँ होईन । तथापी अहिले व्यवस्था छ र अहिले चाहि त्यही व्यवस्था अनुरुप आज त्यसमा रहनै पर्दछ ।  सरकार यस कुरालाई विशेषण गरि अन्यत्रको अभ्यासलाई पनि हेर्नु पर्छ । सेवा प्रवेश गरे पछि उसले अनवरत र व्यवसायिक रुपले कुन हदसम्म सेवा दिन सक्छ भन्ने कुरामा सरकारले तत्काल विचार गरि नयाँ व्यवस्था ल्याउँनु पर्ने देखिन्छ ।
तपाई  जनजातिबाट ठूलो तहमा पुग्नु हुनुहुन्छ । तर समावेशीकरणको मुद्धालाई सरकारले कार्यान्वयन गर्न सकेको छैन यसमा तपाईको भनाइ के छ ?  
प्रहरी संगठन सरकारी सयन्त्र भएको हुनाले आफ्नै सरकार निर्दिष्ट ऐन कानुनहरु छन् र समावेशीकरणको सरकारले नीति अख्यिार गरिसकेको छ । सरकारी भर्ना छनौटमा त्यो लागू भईसकेको छ  । सेवामा प्रवेश गरेपछि यो कुरा लागू हुनुपर्दछ  ।विभिन्न कर्नरहरुबाट यो कुरा चाहि उठने गरेको कुरा हो तथापी अब त्यसलाई कहिले काँही कार्यान्वयन गर्ने गरे पनि व्यवहारिकमा कहिले लागू गरेको कहिले नगरेको जस्तो देखिन्छ । किन भने कानुनले त्यसलाई निर्दिष्ट गरेको छैन । व्यक्ति विकासमा चाहि नगरेको अवस्थामा चाहि कहिले काहि यो स्वागत योग्य पनि भएको छ विवादित पनि भएको छ । यस्तै छ भन्ने चाहि छैन तथापी त्यता तिर चाहि ध्यान दिएको भने छ  ।
तपाई माथि किन जातीय आधारमा काम गर्दछ भनेर बाहिर आरोप लगाइन्छ ?
मैले त्यसो गरेको छैन । अत्यन्तै नीति गत रुपमा काम गरिहेको छु ।
तपाइँसंगैका दुई जना प्रतिपस्पर्धीलाई साथै लिएर काम गर्न सक्नु हुन्छ ?
हामी एउटै संगठनका सदस्य हौँ ।  हामी आपसमा व्यवसायिक र व्यक्तिगत सम्वन्ध पनि छ । हामी व्यवसायिक प्रतिस्पर्धामा उत्रेकै हौ । टीममा उहाँहरुले मलाई  पूर्ण सहयोग गर्नु हुन्छ भन्नेमा म विश्वस्त छु । टिममा राखेर साथ लिइ काम गर्न म तत्पर छु ।
गृह मन्त्रीसंग तपाइँको तीतो सम्वन्ध कायम छ भनिन्छ नि ?
त्यसमा कुनै सत्यता छैन । गृह प्रशासनको नेतृत्व गर्ने गृह मन्त्रीले हो । गृह मन्त्रीको नेतृत्वमा प्रहरी संगठन सुपेरिवेक्षित र परिचालित हुन्छ ।
देशमा अहिले पनि जनताहरु सुरक्षित भएको महशुस गरिरहेका छैनन् । जनताले सुरक्षित छौ भन्ने अनुभूति कहिले दिलाउनु हुन्छ ?  
द्वन्द्वबाट तत्काल बाहिर निस्केको अवस्थामा शान्ति प्रकृया नटुंगिएको र संक्रमण रहेका बेला अन्य देशको तुलनामा नेपालको शान्ति सुरक्षा राम्रो छ । त्यस कारण वास्तविक रुपमा अपराधका घटना हुन्छन् । अपराध विहीन समाज कहि पनि हुदैन । अपराध नियन्त्रणका लागि गरिएका प्रयास र अपराधका घटनामा सफल अनुसन्धान गरेर अपराधीलाई दण्डित गर्न नसकेको अवस्थाको मूल्याङकन गरिनु पर्छ । हाम्रो अवस्था अहिले राम्रै छ । अपराधको घटनाको आँकडाले पनि त्यो कुरालाई पुष्टि गर्दछ ।
नेपाल प्रहरीको साखलाई अन्तराष्ट्रिय स्तरमा राम्रो बनाउन के गर्नु पर्ला ?
हाम्रो समाजले पनि प्रहरीलाई सहयोग गर्नु पर्छ । प्रभावकारी सेवा प्रभाव जनतामा पुरयाउन प्रहरीले सक्यो भने मात्र यसको साख राम्रो हुन्छ । हामी त्यसैमा केन्द्रित गरेर अगाडि बढ्ने प्रयासमा छौ । प्रहरीको आचरण र व्यवहार पनि जनताले गुनासो गरिहेका बेला त्यसलाई सुधार्नमा बढी ध्यान केन्द्रित गर्नु पर्ने पनि भएको छ l
उपत्यकामा विशेष सुरक्षा कार्यक्रम पनि सञ्चालन गरिएको छ यो किन सञ्चालन गरियो के हात लाग्यो ?
हामीले सुरक्षाका लागि २४ घण्टा नै काम गरिहेका हुन्छौ । तर बेला बेलामा विशेष कार्यक्रम ल्याएर सुरक्षा व्यवस्था अझ बजबुत पार्नु पर्ने हुन्छ । अहिले खास  गरि चाड पर्वलाई मध्यनजर गरेर शान्ति सुरक्षा कायम गर्न यस सुरक्षा योजना लागू गरिएको हो । यो योजना चाड पर्व सिधिएको केही समय पछि सम्म पनि रहन्छ । यस अन्तर्गत उल्लेख्य रुपमा हातहतियार फेला पार्नुका साथै फरार अभियुक्तहरु समेत पक्राउ परेका छन् । अपराधका घटना क्रमिक रुपमा न्युन हुदै गएको अवस्था हो ।
अन्त्य .....
समाजमा सुरक्षा व्यवस्था कायम गर्ने काम निकै जटिल र संवेदनशील छ । त्यसको व्यवस्थापनमा जुट्ने सुरक्षा निकाय त्यसै अनुरुप प्रभावकारी र सक्षम हुनु पर्छ । त्यसका लागि संगठन भित्रैका सबै सदस्यहरुको पनि त्यस्तै प्रयास हुनु पर्छ । त्यसका लागि साधन स्रोत वृद्धि गरि ऐन नियम बनाउन सरकारले महत्वपूर्ण भूमिका हुन्छ पर्छ । समाजका व्यक्ति पनि विना बर्दीका प्रहरीको रुपमा अगाडि आएर प्रहरीसंग सहकार्य गरेमा मात्र शान्ति सुरक्षाको स्थिति ज्यादै मजबुत बन्न सक्छ । यस राज्यसत्ता अनलाइन पत्रिका मार्फत् समाजका प्रत्येक व्यक्ति  प्रहरीसंगको साझेदारीमा सुरक्षा व्यवस्थालाई अगाडि बढाउन विशेष आग्रह गर्दछु   ।
(राज्यसत्ता नेपाल व्युरो )
 
प्रहरी प्रमुख भए पछि तपाईका प्राथमिकता के– के  हुने छन् ?
पारर्दर्शी जनमुखी जवाफदेही पूर्ण प्रहरी सेवा, सूचनामा आधारित प्रविधियुक्त कार्य अनुसन्धान अनि नियन्त्रण । यसका साथै मानवअधिकारको संरक्षण र संवद्धन भष्ट्राचार अपराध दण्डहिनता विरुद्ध शुन्य सहनशीलता जस्ता विषयलाई हामीले मुख्य प्राथमिकता निर्धारण गरेर कार्य गर्नेछौ ।
यत्रो राजनीतिक अस्थिरता छ अनि सरकारले तपाइँका प्राथमिकतामा साथ देला  ,कतिको सहयोग पाउँला भन्ने आशा राख्नु हुन्छ ?
 काममा मैले अवश्य नै सहयोग पाउँने छु । मैले उठाएको कुरा सरकारकै आवश्यकता पनि हो । यसमा सरकारले संरक्षकत्व प्रदान गर्नु पर्छ ।
तपाईमा कार्यकुशता अनि नेतृत्व लिने सक्ने क्षमता भए पनि जातीय आधारमा काम गर्दछ , जनजातिका मानिसहरुलाई च्यापेर काम गर्दछ भन्ने आरोप पनि तपाई माथि लागेको छ नि ?
त्यस्तो कुरा मैले थाहा पाएको छैन । यदि त्यस्तो आरोप म माथि लागेको छ भने अत्यान्तै निराधार र आरोपका लागि आरोप लगाइएको मात्र हो । यस्तो कुरा प्रहरी संगठनमा बुझदा पनि राम्रो हुन्छ ।  पारर्दशी ढंगबाट र नियममै रहेर मैले आफू मातहत जिम्मेवारी क्षेत्रमा काम गरेको छु । यो नितान्तै कपोलकल्पित र पूर्वाग्रह राखेर भनिएको मात्र हो ।
तपाईसंगै प्रतिस्पर्धा गरिरहेका दुई जना प्रस्तिपर्धीलाई उछिनेर तपाई प्रहरी महानिरीक्षक पदमा बढुवा हुनु भएको छ, उहाँहरु प्रति तपाईको व्यवहार कस्तो रहन्छ ?
(हास्दै) ...उहाँहरु मेरो गत २९ बर्ष अगाडि देखिका मेरा सहकर्मी र एउटै व्याचका अनन्य मित्र हुनु हुन्छ । सहकार्य र सहयात्रीको हिसाबले उहाँहरु प्रति मेरो सद्भाव रहने छ । हामीले एउटा टीमका रुपमा काम गर्ने मेरो प्रतिवद्धता छ । उहाँहरुलाई पनि त्यस किसिमको उपयुक्त बातावरण बनाएर अगाडि बढ्न प्रेरित गर्ने छु ।
यस अगाडिका पूर्व प्रहरी प्रमुखहरुको केश सन्तोषजनक र आशालाग्दो देखिन्न अधिकांश प्रहरी प्रमुखहरु भष्ट्राचारको मुद्धामा आरोपित छन् र कति को त मुद्धा अदालतमा चलिरहेका अवस्था छ । त्यस्तै पदमा तपाई पुग्नु भएको छ ?
यो कुरा संगठनका लागि पनि निकै दुर्भाग्य पूर्ण कुरा हो । त्यस्ता घटना र त्रुटिहरुबाट हामीले धेरै पाठ सिकेका छौ । त्यो पाठबाट पुनः त्यस्ता संस्थागत र व्यक्तिगत गल्तीहरु नहुन् भन्नका लागि हामी अत्यन्तै सजग र सचेत छौ ।
विगतमा गृह मन्त्री र प्रधानमन्त्रीले प्रहरी संगठनमा अत्यान्तै राजनीतिक हस्तक्षेप गरेर स्वतन्त्र रुपले काम गर्न दिदै दिएनन् भन्ने आरोप पनि लागेको छ । तपाई माथि त्यस्तै हस्तक्षेप भयो भने त्यसलाई नियन्त्रण गरेर स्वतन्त्र पूर्वक काम गर्न सक्नु हुन्छ ? त्यस्तो गर्न सक्छु भन्ने तपाइँमा त्यस्तो आत्मविश्वास छ ?
राजनीतिक नेतृत्वको सही निर्देशनहरुलाई कार्यान्वयन गदै आफूले गर्न नसक्ने ज स्तो कुरालाई राजनीतिक नेतृत्वलाई स्पष्ट पार्दै सही संयोजनका साथ अगाडि बढ्ने मेरो प्रयास रहने छ ।
(महानिरीक्षकमा नियुक्त भए पछि कुवेर सिंह रानाले बीबीसी नेपाली सेवालाई दिएको पहिलो अन्तर्वार्ता )
 
बाहुनलाई अन्तर्वार्ता नै नदिने
बाहुन भएको भए म कुरै गर्ने थिइनँ, चौहान भनेको क्षेत्री हो, क्षेत्री अलिक बिसेक हुन्छ । खासमा बाहुनसँग हामी जनजातिको धेरै हिसाब छ । त्यसैले जुत्ता खोलेर, खुट्टा टेबुलमा राखेर भन्ने गर्छु, कोही छ यहाँ बाहुन भने मेरा खुट्टा ढोग । बाहुनले मेरो खुट्टा किन नढोग्ने ? जबकि ऋग्वेदमै भनेको छ
जन्मना जायते शूद्र
कर्मणा द्विज उच्यते
जन्मेकै भरमा कोही ठूलो हुने होइन, कर्मका आधारमा ठूलो हुने हो । अब भन्नोस्, जन्मजात कोही ठूलो हुने होइन, पढेर-जानेर ठूलो हुने हो । मैले युनिभर्सिटी पढेको छु, दर्शन जानेको छु, अंग्रेजी बोल्छु । मैथली बोल्छु । हिन्दी बोल्छु । राजनीति गर्छु । अब म ठूलो हुन के बाँकी छ रु अहिले पनि पाँच दिनमा एउटा किताब पढ्छु । मसँग त्यो खुबी छ । त्यसैले बाहुनले पनि मलाई ढोग्नुपर्छ । अहिलेसम्म हाम्रा हजुरबाको काँधमा बाहुनले खुट्टा राखे हाम्रा बाका काँधमा पनि खुट्टा राखे । अब मेरो काँधमा पनि राख्ने ? म दिन्नँ । मसँग त्यो खुबी छ, राख्न सक्छौ भने कोसिस गरेर हेर । होइन भने अब म टेबुलमा खुट्टा राख्छु, ढोग्ने पालो तिम्रो हो । तिम्रा बा, हजुरबाले हामीलाई लगाएको ऋण तिर्नुपर्दैन ? तिर्नुपर्छ । त्यसैले मलाई ढोग ।
लन्डन पुग्ने मगर सिंहदरबार देख्दैन
मगरलाई जाग, उठ र अघि बढ भनेर म गाउँगाउँ गएँ । सुतेको मगर उठ्यो, अनि फेरि सुत्यो । मैले फेरि उठाएर अलि परको मान्छे देखाएँ । ल भन त्यो को हो ? मगरले भन्छ, त्यो त बाहुन हो । अनि मैले भनेँ, त्यो बाहुन हिँडेर कहाँ पुगिसक्यो, तँ भने सुतिरहेकै छस्, अनि कहाँबाट हुन्छ तेरो उन्नति ।
मगरमा राजनीतिक परिपक्वता छैन । एउटा गुल्मीको मगर, अर्को सिन्धुलीको मगर उठेर सीधै लन्डन जाने सपना देख्छ । लन्डनमा घर बनाएर बस्छ । तर, आफ्नै देशको सिंहदरबार पुग्ने सपना कहिल्यै देख्दैन । समस्या यहीँ छ । जनजातिमा साँच्चै संज्ञानताको अभाव छ । होइन भने एकीकृत नेकपा माओवादीमा अन्याय भयो भनेर रामबहादुर थापा बादलको पहलमा पार्टी फुट्यो । पुरानो पार्टीमा बादल भन्दा तल रहेका सिपी गजुरेललाई नयाँ पार्टीमा बादल भन्दा माथि राखियो । तर, बादलको कुनै प्रतिक्रिया छैन । किनकि, राजनीतिक परिपक्वता छैन, लाहुर जाने सपना छ, सिंहदरबार ताक्ने योजना छैन ।
कम्युनिस्टमा बाहुनवाद
म भूमिगत नेकपा (माले) को मान्छे । मदन भण्डारी, जीवराज आश्रति, सिपी मैनाली, माधव नेपाल सबैसँग राजनीति गरेको मान्छे । तर, तिमीहरू जातिवादी भयौ भनेर मैले पार्टी छाडेँ । जातिवादी भनेको बाहुनवादी हो । त्यो पुष्टि अरू धेरै कुराले भएको छ । तर, सबै भन्दा नमीठो उदाहरण माधव नेपालकै छ । बहुदल आएपछि माधव नेपालकी भान्जीलाई राधाकृष्ण मैनालीको ड्राइभरले उडायो । त्यो ड्राइभर गुरुङ थरको थियो । माधव नेपालले सामदाम, दण्डभेद गरेर भान्जीलाई गुरुङ केटोबाट खोसे । बाहुनवादी अहंका लागि त्यतिवेला राज्यको शक्ति पनि प्रयोग भयो । कम्युनिस्ट पार्टीको नेताले गर्ने यही हो भनेर अरूले आश्चर्य मान्छन् । तर, म यस्ता नेताको काम नै यही हो भन्छु ।
ठकुरी (राजा) प्रशंसाको भोको
म ज्ञानेन्द्रको मान्छे होइन । तर, ०५९ सालमा शेरबहादुर देउवा आफैले घोषणा गरेको चुनाव अहिले गर्न सक्दिनँ भनेपछि तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई बर्खास्त गरे । चुनाव गराउन नसक्नेलाई बर्खास्त गर्नु ठीक हो कि होइन भन्ने विषय अर्को हो । तर, राजाले अब चुनाव गराउन सक्ने सक्षम व्यक्तिहरू आऊ, निवेदन देऊ भनेपछि हाम्रो राष्ट्रिय जनमुक्ति पार्टीको बैठक बस्यो । म महासचिव थिएँ, मन्त्री को हुने भनेर ठूलो विवाद भयो । विवादबीच हाम्रो पार्टीबाट मात्रै १२ जनाको नाम सिफारिस भयो । पछि राजाले मेरो नाम छाने ।
कम्तीमा १२ जनामध्ये त म फरक रहेछु नि । मन्त्री भएपछि फरक काम गर्नुपर्‍यो भनेर मैले संस्कृत विषय विद्यालयबाट हटाउने सोच बनाएँ । संस्कृत भाषा इतिहास हो, शास्त्र हो र अध्ययन-अनुसन्धानको विषय हो । तर, सानासाना बालबालिकालाई पढाउनै पर्ने विषय होइन भन्ने मेरो ठहर हो । जब बालबालिकालाई यो भकुन्डो हो भनेर सोझै बुझाउन सकिन्छ भने इदं कन्दुकम् भनेर बोझ किन पार्ने ? एउटा विद्यालयमा एउटा मात्र संस्कृत शिक्षक भए पनि ३० हजार विद्यालयमा ३० हजार शिक्षक हुने भए । त्यो ३० हजार पदमा कुनै राई, कुनै लिम्बू, कुनै मगर, कुनै गुरुङ त हुने होइन, एक्लौटी रूपमै बाहुनले खाने हो । त्यसैले पनि विरोध हो, मेरो । लोकेन्द्रबहादुर चन्दको पाला देवी ओझा शिक्षामन्त्री थिए, म महिला बालबालिका तथा समाज कल्याण मन्त्री । देवी ओझा त मेरा माले कालका साथी, त्यसैले भनेँ, ए देवी एउटा परिवर्तनको काम गर्नुपर्‍यो । संस्कृत शिक्षा हटाउनुपर्‍यो । देवी ओझा कन्भिन्स भए, प्रस्ताव तयार पारे र मन्त्रिपरिषद्बाट पारित भएर अनिवार्य संस्कृत शिक्षा हट्यो ।
मैले दसैंको टीका नलगाऊ भनेर जनजाति समुदायमा अभियान नै चलाएको हुँ । राजनीतिक भाषामा बहिस्कार भन्छन्, सामाजिक भाषामा परित्याग भनौँ । दसैँको टीका परित्याग गरौँ भनेर अभियान चलाउने गोरे बहादुर खपाङ्गीले मन्त्री भएपछि राजाको हातबाट टीका लगायो भनेर ठूलो विरोध भयो । वास्तवमा मैले टीका लगाएकै हो, राजा खुसी हुन्छन् कि भन्ने चाहनाले मैले टोपी माथि सारेर निधार थापेकै हुँ । मलाई मन्त्री भएपछि संस्कृत शिक्षा हटाउनेदेखि केही काम गरेर देखाउनु थियो । त्यतिवेला मन्त्रिपरिषद्को काम गर्न राजालाई खुसी पार्नै पर्ने बाध्यता थियो । राजा भनेको ठकुरी, ठकुरी त प्रशंसाको भोको । हाम्रो गाउँमा गरिब ठकुरीले हलै जोतेर खान्छ । दिनभरि जोतेर आएको ठकुरीलाई बाबुसाब, जोत्न अब कति बाँकी छ भनेर सोध्यो भने फुरुंग भएर भन्छ, अब तिन्टा गरा छन्, हजुर । दिनभरि जोतेर खानेले पनि बाबुसाहेब भनिमाग्छ । अब राजाले चाकरी किन नखोजोस् । मैले जनजातिकै काम गराउन राजाको हातको टीका थापेँ ।
गोरेबहादुरको प्रेत
जुन वेला मैले जातीय मुद्दा उठाएँ, त्यो वेला साम्प्रदायिकता थियो । अहिले त आवश्यकता भएछ नि । अहिले अशोक राईले पार्टी खोल्छु भनेका छन् । यिनीहरूले एमालेमा ठेस खाए, त्यसैले उछिट्टएिका छन् । बाटोमा हिँड्दा ठेस लाग्दा मान्छे लडे त लडिहाल्यो । लडेन भने पनि हुत्तिएर अगाडि बढ्छ । पर पुगेर पर्खालको सहारामा उभिन खोज्छ । हो, अशोक राईहरू पनि आफ्नो बाटोमा उछिट्टएिका छन्, अब हुत्तिएर पर्खालको सहारा लिने कोसिसमा छन् । तर, यिनीहरूले गरिखान्नन् । यसका दुईवटा कारण छन् :
एक: जब एमालेबाट जनजाति नेताहरूले विद्रोहको भाका बोले, बुद्धिजीवी र पत्रकारले खबरदारी गरे- गोरेबहादुरको चाल होला है । ल हेर्नुस्, गोरे बहादुर प्रेत त रछ नि । प्रेत नै सही, तर्साउँदो त रछ नि । गोरेबहादुरले यिनीहरूको मनमा त्यति ठूलो आतंक फैलाएको रहेछ । त्यो प्रेतले अशोक राईलाई पनि डर लागेको छ । हाउगुजी भएको छ, कतै हामी बर्बाद हुने हौँ कि भनेर यिनीहरूले खुट्टा कमाइरहेका छन् । खुट्टा कमाएर राजनीति हुन्छ ? हुँदैन ।
दुई: यिनीहरू राजनीतिमा होइन, डलरको खेतीमा छन् । जनजातिका ठूला-ठालु भन्ने सबैले डलर खाएका छन् । तिनलाई त बिख लाग्ने नै भयो । केहीले खाएका छैनन् भने पनि यो देशमा तिनलाई पनि बिख लाग्छ । पोहोर साल जनजाति महासंघले आन्दोलन गर्‍यो । १४ जेठमा संविधान 'ले' भनेर चक्काजामको घोषणा गर्‍यो । होइन यो (राजकुमार) लेखीले के गर्दै छ भनेर म सोच्दै थिएँ, डिएफआइडीले मिडियामा भनिदियो, खबरदार जनजाति महासंघ, संविधान चाहियो भनेर आन्दोलन गर्ने होइन, गर्छौ भने हामीले दिने १३ करोड चट् । यिनीहरू सब थरथर कामे । तुरुन्तै बैठक बसे । तिम्रो डलर चाहिँदैन, हामी संविधान ल्याएर छाड्छौँ भन्न सकेनन् । आन्दोलन स्थगित गरे, डलरका अगाडि घुँडा टेके । अब संविधान होइन, डलरका अगाडि घुँडा टेक्नेले राजनीति कसरी गरिखान्छ ।
म सबै जनजातिको बाजे
मगर समाजका लागि म ४० वर्ष हिँडेँ, मगरको उत्थान गर्ने नारा लिएर हिँडेँ । ४० वर्ष निरन्तर आफ्नो समाजका लागि हिँडेको अर्को को छ ? होला कोही घामले पाकेर ८० वर्षको भयो होला । तर, उसले आफ्नो समाजका लागि के गर्‍यो ? म त ४० वर्ष लागेँ त्यसैले ८० वर्षको बूढाको पनि म बाजे हुँ । म त आफ्नो घर जलाएर, जिउमा खरानी दलेर हिँडेको मान्छे हुँ । अहिले सात करोडको घरमा बस्ने नेतालाई म सोध्न चाहन्छु - तिमी पनि आफ्नो घर जलाऊ र समाजका लागि हिँड ।
म ०५६ सालमा पाल्पाबाट संसदीय चुनावमा उठेँ । मेरो निर्वाचन क्षेत्रबाट मगर मतदाता मात्रै ५९ हजार थिए । मगरले मात्रै दिए पनि अत्यधिक बहुमतले जित्ने निश्चित थियो । तर, म तेस्रो नम्बरमा पुगेँ । ल हेर्नुस् है ! मैले भनेको थिएँ, तपाईंको निर्वाचन क्षेत्रबाट एउटा मगर सिंहदरबार जानुपर्छ । तर, मगरहरूले सिंहदरबारको भेउ नै पाउँदैनन् ।
जापानी साथीले सुनाएको कथा
जनजातिबारे प्रस्ट पार्न नवलपरासीको एउटा मगर गाउँको कथा भन्छु । सुनाउने मान्छेचाहिँ नेपाली होइनन्, जापानी हुन् । माकितो मिनाकी भन्ने जापानको एकजना मान्छे, १५ वर्षसम्म नवलपरासीको माथि डाँडामा बस्यो । अर्खाला गाविसका एक परिवारको सदस्य बन्यो । बूढाबूढीलाई बाबुआमा मान्यो, उनीहरूका छोराछोरीलाई दाजुभाइ मान्यो । पछि ऊ जापान गएको वेलामा नेपालबाट मगर भाइले फोन गर्‍यो, लौ दाइ बर्बाद भो, यहाँ बा बिरामी हुनुभो, उपचार गर्ने खर्च छैन । जापानी छोरो राति नै जहाज चढ्यो, बिहान काठमाडौं आयो, बेलुका नवलपरासीको अर्खला पुगेर बाबुलाई भेट्यो । बाबुको अवस्था कमजोर थियो, दुई भाइ मिलेर कावासोती झारे । कावासोतीमा राम्रो उपचार हुने कुरा भएन, नाइटबस चढाएर काठमाडौं ल्याए । वीर अस्पतालमा भर्ना गरे । बिरामीको अवस्था ठीकै थियो, त्यसैले जापानी छोराले भाइलाई भन्यो, बा अहिले ठीकै छन्, हेरविचार गर्दै गर्नु, एक दुईजना साथीलाई भेट्नु छ, म डेढ घन्टामा आउँछु । तिमी हेर्दै गर । केही पर्‍यो भने खर्च गर्नु भनेर ६ हजार रूपैयाँ पनि छोडेर जापानी छोरा बाहिर निस्कियो ।
मगर छोरो बाउलाई कुर्दै थियो, एकछिनपछि उसलाई दिसा लाग्यो । बिचरा मुग्लिनको बासी भात खाएको हुँदो हो, पेट नदुख्ने कुरै भएन । ट्वाइलेट जानुपर्‍यो, पल्लो बेडको कुरुवालाई सोधेछ । अब उसले पनि भनिदिएछ, म पनि आज बिहान मात्र आएको, ट्वाइलेट कता छ, मलाई थाहा छैन । मगर छोराले अर्को मान्छेसँग सोध्यो, अर्कोलाई सोध्यो, ट्वाइलेट खोज्यो । तर, कतै भेटेन । ट्वाइलेट खोज्दा-खोज्दा उसलाई एक घन्टा लाग्यो । तर, भेटेन । निराश भएर फर्किएर आउँछ त डाक्टरहरू गाली गर्छन्, ल कहाँ गएको थियो, यहाँ कत्रो घटना भइसक्यो । छोराले छाम्छ त बाउको ज्यान चिसो भइसकेको छ । ज्यान गइसकेको छ । बाउको चिसो हात समातेर छोरो बसिरहेको थियो । एकछिनपछि जापानी छोरो आयो । के भयो भनेर सोध्दा मगर छोराले भन्यो, म ट्वाइलेट खोज्न गएको थिएँ, यता बाउ बितेछन् । अनि जापानीले सोध्यो, ट्वाइलेट त गइस् ? मगरले भन्यो, कहाँ भेटेर जानू, पेट दुखिरहेको छ । अब बाउको लास उता लडेको छ, तर ठूलो छोराको पहिलो काम सानो छोरालाई ट्वाइलेट लग्नुपर्ने भयो । लग्यो । अब मैले भन्न खोजेको के भने, फोहोर नै सही, वीर अस्पतालमा कम्तीमा २० र २५ वटा ट्वाइलेट छन् । तर, एक घन्टासम्म त्यहीँ भित्रको ट्वाइलेट नभेट्ने मगरले सिंहदरबारको कुर्सी कसरी भेट्छ ? त्यसैले अहिले नै राजनीतिमा मगर र अरू जनजातिको पनि उन्नति हुनेवाला छैन ।
बाबुरामको कुरा बाहुनले बुझे
बाहुन बाठो ! एउटा बाहुनले भन्छ, अरू बाहुनले बुझ्छन । तर, जनजातिले बुझ्दैनन् । राजीनामा देऊ, राजीनामा देऊ भनेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्ट तीनवटा कुरा भने :
एक : यो देश कतै न कतै मर्जर गर्नु (मिसाउनु) पर्छ । मर्जर गर्ने भनेको के हो भनेपछि आर्थिक रूपमा भनेको हो, सब-मर्जर भनेको हो भनेर कुरो मिलाए । तर, उनले भनेकै हुन्, मर्जर उनको एजेन्डा हो ।
दुई : उनले भनिदिए - हामी त गोटी हौँ, खेलाउने अरू कोही छ । यसमा पनि उनले ढाँटेनन् ।
तीन : चर्कै रूपमा राजीनामा माग्न थालेपछि उनले भनिदिए— साँचो त यहाँ छैन ।
ल हेर्नुस् है ! बाहुनहरू सबैले कुरो बुझे, साँचो खोज्न लर्को लागेर दिल्लीतिर गए । कोही पेट दुखेको छ भनेर, कोही टाउको दुखेको छ भनेर, कोही बिहेमा भनेर, कोही चिया खान भनेर भटाभट दिल्ली गए । जनजातिहरू कुरै बुझ्दैनन्, साँचो दिल्लीमा छ भने यहाँ बसेर सत्ता कहिले आउँछ ? उता, गएकाहरूलाई पनि दिल्लीवालाले भनिदिए, साँचो त यहीँ छ, तिमीले सुनेको सत्य हो, तर साँचो तिम्रो हातमा दिन्नौँ, जो अहिले सत्तामा छ, उसैसँग मिलेर खाऊ । पहिलेपहिले राजीनामा नदिए आन्दोलन गर्छौं भन्नेहरू पनि दिल्लीबाट फर्केपछि मिलेर, सहमति गरेर अघि बढ्ने हो भन्दै वार्तामा बस्न थालेका छन् । यो सब बाबुरामले भने जस्तै जसको हातमा साँचो छ, उसैको करामत हो । बाहुनले कुरो बुझे, जनजातिले बुझेनन् ।

उमेश चौहान
नयाँ पत्रिकाबाट
 
पार्टी एकताको प्रयास कुन रुपमा अगाडि बढेको छ ?
हामीले हाम्रो विचारसंग मिल्ने राजनीतिक संगठनहरु र एमाले काङग्रेसमा असन्तुष्ट जनजातिका राजनीतिक व्यक्तित्वहरुसंग सम्पर्क गरि एकताको प्रयास थालेका छौ । नयाँ पार्टी संभव छैन । त्यसरी जातीय मुक्तिका लागि लड्ने हो भने कहिल्यै पनि लक्ष्य हासिल गर्न सकिन्न । साझा मुद्धा उठाउँन गोलबन्द भएर जानु पर्ने हुन्छ । त्यसैले मेची महाकाली हिमाल पहाड तराई जुन सुकै भूगागको प्रतिनिधित्व गर्ने राजनीतिक दल भए पनि हामीसंग सहकार्य गनुहोस् भनेर हामीले भनेका छौ । सबै मिलौ र एकता गरि महाधिवेशन गरौँ अनि पार्टीलाई अगाडि बढाउँ भन्ने हामीले स्पष्ट भनेका छौ । यसरी एक भएनौ भने हाम्रो मुक्ति संभव छैन भन्ने कुरा हामीले स्पष्ट राखेका छौ ।
कुन– कुन पार्टीसंग छलफल गर्नु भयो ?
संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी, त्यस्तै संघीय लोकतान्त्रिक मञ्च, जनमुक्ति पार्टी नेपाल, तासालिङ राष्ट्रिय दल (परशुराम तामाङ) अनि मधेशी जनअधिकार फोरम नेपालसंग पनि हामीले पार्टी एकताको विषयमा छलफल गरिसकेका छौ ।
ती पार्टीहरुले के चाहेका रहेछन् त ?
उनीहरुले अहिलेलाई मोर्चाबन्दी गरौँ । पछि एकता गरि जान सकिन्छ भन्ने कुरा गरेका छन् । संघीय लोकतान्त्रिक पाटी
लगायतका केही साना दलहरु चाहि एकता गरेर जाउँ भन्ने कुरामा सहमति जनाइसकेका छन् ।
 राष्ट्रिय जनमुक्ति पार्टी अरु पार्टीमा विलय हुने संभावना कतिको छ ?
ठूलो पार्टी भएर मात्र हुन्न विचार मिल्नु पर्छ पार्टीमा गाभिनका लागि  । एमाले छोडेका र छोड्ने सुरुमा रहेका केही जनजाति साथीहरुले नयाँ पार्टी गठनलाई अन्तिम चरणमा लगेका छन् । उनीहरुले आदिवासी जनजातिको मुक्ति दिलाउँछौ भन्ने भावना बोकेर पार्टी खोल्न थालेका त छन्, तर कतिपय पार्टी खोल्ने नखोल्ने भन्नेमै अन्यौलमा छन् । एमाले विचारबाट प्रशिक्षित त्यो शक्तिले मेची महाकाली, हिमाल पहाड र मधेशसम्म फैलिएको मत जम्मा पार्न सक्दैन् । त्यसले ठूलो पार्टीको स्वरुप ग्रहण गर्दछ भन्नेमा हामीलाई विश्वास लाग्दैन । हामीले विगत २२ बर्ष देखि जातीय मुक्ति, संघीयता,  समानुपातिक र धर्म निरपेक्षताको मुद्धालाई बोकेर हिडेका छौ । गाउँ टोलसम्म पुगेर जनताको अभिमत हामीले बुझेका छौ । माओवादी कांग्रेस र एमालेका नेताहरुले पार्टी खोल्यो भन्दैमा सबै त्यतै लाग्छन् भन्ने त केही पनि छैन । त्यस्तो संभवना नै छैन । डा. कृष्ण भट्टचन र मल्ल के सुन्दर लगायतका आदिवासीहरुले त गणतान्त्रिक मोर्चा र अन्य नामबाट पार्टी बनाउँन त यस अगाडि खोजेका थिए, तर मोर्चा पनि बनाउँन सकेनन् । नामको अगाडि डाक्टर झुण्डाउँनेले पार्टी खोल्ने वित्तिकै आदिवासी पिछडिएका अनि मुश्लिम दलित र मधेशी आइहाल्छन् भन्ने हुदैन । पार्टीमा विचार र त्यसको कार्य नीति अनि वास्तविक आदिवासी र पिछडिएका बर्गको मुक्तिलाई पार्टीले आत्मसाथ गदै त्यस लक्ष्य हासिल गर्न सक्छ कि सक्दैन त्यसलाई ख्याल गदै मानिसहरु पार्टीमा आउँने हुन् ।
अहिले घोषणा हुने क्रममा रहेको नयाँ पार्टीको कार्यदलसंग पनि तपाईहरुको छलफल भयो कि ?
हामीले उनीहरुसंग पनि छलफल गरिरहेका छौ । पृथ्वीसुब्वा गुरुङ, इन्द्रबहादुर गुरुङसंग पनि हामी निरन्तर छलफल गरिरहेका छौ । उहाँहरु नयाँ पार्टी खोल्ने मनस्थितिमा पनि देखिनु हुन्न । पार्टीसंग नै मार्गेनिङ गरिरहेको अवस्था छ । जनजाति सबैले आफू आफूले पार्टी खोल्दै गएर त्यसले काम दिदैन । पुरानो र आदिवासी जनजातिको मुद्धालाई सुरु देखि उठाउँदै आएको राष्ट्रिय जनमुक्ति पार्टी नेपालमा गोलबन्द हुनु पर्ने एमाले नेता पृथ्वी सुब्वा गुरुङले समेत भन्नु भएको छ ।
अहिलेको परिस्थितिमा जनजातिको हक अधिकारका लागि खोलिएका पार्टीहरु एक भएर जाँदा उचित कि फरक फरक विचार समूह अगाल्नेको झुण्ड बनेर जाँदा उचित हुन्छ ?
अहिलेको अवस्थामा संघीयता, समानुपातिक र धर्मनिरपेक्षताको मुद्धालाई संरक्षण गरि संविधानमा लेखाउँनका लागि त्यसमा सहमत हुने संघीयता पक्षधर शक्ति एक हुनु पर्छ । त्यसका लागि हामीले के त्याग गर्नु पर्छ त्याग गरेर जान तयार छौ भनेर हामीले चितवनको हालै सम्पन्न भएको विस्तारित बैठकले पनि निर्णय गरिसकेको छ । त्यस्ता शक्तिलाई हामी कहाँ आउँन हामीले ढोका खुल्ला राखेका छौ । त्यसो गर्न उनीहरुलाई अप्ठ्यारो लागेमा बार्ता छलफल र गोलमेच सम्मेलन गरेर वा अरु के गर्न पर्छ हामीले हदैसम्मको लचकता अपनाएर पार्टी एकता गर्ने  नीतिमा जनमुक्ति पार्टी लागेको छ ।
(राष्ट्रिय जनमुक्ति पार्टी, का उपाध्यक्ष केपी पालुङवासंग राज्यसत्ता नेपाल व्युरोले लिएको अन्तरबार्ता)


 विचारको आधारमा बनेका मोर्चा बन्दी लामो समय टिक्दैनन् : एमएस थापा मगर, अध्यक्ष राष्ट्रिय जनमुक्ति पार्टी
 
अरु राजनीतिक दलहरुले झै तपाईहरु पनि मोर्चा बन्दीमा लाग्नु भएको हो ?
हामी मोर्चा बन्दीमा सहभागी छैनौ । केही सञ्चार माध्यमबाट हाम्रो पार्टीलाई पनि १५ असोजमा घोषणा भएको उपेन्द्र यादवको नेतृत्वको मोर्चामा सहभागी भएको प्रचार गरियो त्यो सत्य होइन । हामी त्यस मोर्चामा सहभागी नरहेको स्पष्ट गर्न चाहन्छौ । त्यस मोर्चामा हामीसंग छुटिएको अर्को नयाँ जनमुक्ति पार्टी सामेल भएको हो ।

मोर्चा बनाउने राजनीतिक दलहरुको कामलाई कसरी हेर्नु भएको छ ?
आ –आफ्नो विचार समूहका मोर्चा बनाउने काम प्रति हाम्रो सहानुभूति रहे पनि हामी त्यो दिशामा लागेका छैनौ ।
तपाईहरु त्यस्ता मोर्चामा सहभागी हुने वा अलग मोर्चा बनाउने रणनीतिमा हुनु हुन्न ?
अहिले तत्काल त्यस्तो योजना बनाइसकेका छैनौ ।
एउटा मुद्धामा सहमति जुटाएर बन्ने गरेको मोर्चावन्दी भोलिका दिनमा कति दिगो रहँला ?
अहिले बनेका मोर्चावन्दी एउटै विचार समूहहरुको मोर्चा बन्दी हो । भोली गएर पार्टी एकिकरण गर्ने योजना अनुरुप अहिलेको मोर्चा बनेको जस्तो मलाई लाग्छ । साझा मुद्धा भन्दा बैचारिक आधारमा मोर्चा बनिरहेको छ । त्यसरी बन्ने मोर्चा दिगो नहुन पनि सक्छ ।
अहिले बन्ने गरेको मोर्चा आउने निर्वाचनको समिकरणको लागि पनि हो भनिन्छ नि ?
अहिलेको स्थिति हेर्दा निर्वाचन हुने अवस्था नै देखिन्न । तीन ̸ चार दलहरु आआफै कलहमा फसिरहेका छन् । अहिलेको मोर्चा निर्वाचनका लागि भनेर बनाएका जस्तो देखिन्न ।
जनमुक्ति पार्टीले अगामी निर्वाचनका लागि त्यस्तै मोर्चा बनाएर अगाडि बढ्ने सोचाइ बनाइरहेको छ कि ?
अहिले त्यो विषयमा सोचेका छैनौ । निर्वाचन धेरै टाढाको विषय हो ।
जनमुक्ति पार्टीले सबैलाई गोलबन्द गरेर पार्टीमा ल्याउने जमर्को पनि गरेको थियो त्यो कुरा कता सेलायो ?
जनजातिलाई मात्र होइन कि संघीयतावादीको एउटै पार्टी बनाउने भनेर जनमुक्ति पार्टी कसिएर लागेको थियो । फरक– फरक विचार समूह भएका पार्टी भएकाले सहमति नभए पछि त्यो काम अहिले त्यसै रोकिएको छ ।
केही दिन पछि नयाँ पार्टी पनि आउने वाला छ । विचार उस्तै भएकोले त्यसैमा जनमुक्ति पार्टी पनि विलय हुन्छ कि ?
हामी आफ्नो पार्टी छोडेर अरुको पार्टीमा जाने छैनौ ।
(राज्यसत्ता नेपाल व्युरो )

No comments:

Post a Comment