Wednesday, November 21, 2012

जब मगर भाषालाई उनीहरुले 'मगरी' अथवा 'मागरी' बनाईदिए ।


______________________________________________

सन् 1901 मा भारतमा गरिएको जनगणना अनुसार दार्जिलिंगमा 11,174 सिक्किमका 2,440 मागरहरुमद्धे 2,034 जनाले मातृभाषाका रुपमा मगर कुरा बोल्दथे । यसैगरी चटगाउ हिलमा 25 जनाले, जलपाइगुडीमा 3,214 र चम्पारनमा 214 जनाले मगर कुरा बोल्दथे । उता आसाममा पनि 1, 815 जनाले आफ्नो मातृभाषा मगर भएको जनाएका थिए । आसामकै नागा हिल्समा 659 जनाले मगर कुरा बोल्दथे भन्ने पनि लेखिएको छ । यो कुरा भारतको भाषिक सर्वेक्षण, तेश्रो ग्रन्थमाला , भाग 1 को प्रतिवेदन 1909 मा उल्लेख छ । आज भन्दा 112 वर्ष पहिलेको यो तथ्यांकले मगरजातिको वितरण हिमाली क्षेत्र मा पूर्व तिर बढी भएको जनाउदछ । त्यहि प्रतिवेदनमा के पनि लेखिएको छ भने 'मगरहरु नेपालको सबै जसो भागमा बसोबास गर्दछन । उनीहरु दार्जीलिंग, सिक्किम र बङ्गालको अन्य जिल्लाहरु लगायत आसाममा पनि बसोबास गर्दछन भन्ने लेखिएको छ ( Grierson - 1909- 206 - 213) ।

त्यो भाषिक सर्वेक्षण भारतमा मात्र गरिएको हुदा नेपालका के कति मगरहरुले मगर कुरा बोल्दथे भन्ने बुझ्न सकिदैन । तर त्यो प्रतिवेदनमा एउटा मगर भाषाको हिज्जे, व्याकरण र लोककथाको एउटा नमुना पेश गरिएको छ । त्यो नमुना चाही ' नेपाल दरबार' अर्थात् राणाकालीन नेपाल सरकारले पठाएको थियो । (संलग्न फाइलको लिंक खोलेर हेर्नु होस् https://docs.google.com/viewer?a=v&pid=sites&srcid=ZGVmYXVsdGRvbWFpbnxyYW5hMTYxNnxneDo1NTc4NmIyMGJiNWQwMWUx ) ।

सोही प्रतिवेदनमा लेप्चा लिपिको हिज्जे, व्याकरण र एउटा लेखोटको नमुना पनि पेश गरिएको छ । र, लेप्चा लिपि लेप्चा राजा चकदोरले प्रचलनमा ल्याएका हुन् भन्ने पनि लेखिएको छ ।

धन्यवाद,

No comments:

Post a Comment