Monday, November 12, 2012

मगरहरुले किरातहरुसंग किन जताभावी "माफी वा क्षमा" माग्ने?


बोस्टन मगर समाज [BMS]
1 Cypress Road
Brighton, MA 02135
Federal Employer Identification Number: 001041340
Email: bostonmagarsociety@gmail.com
Facebook:http://www.facebook.com/bsamaja:
http://www.facebook.com/pages/Boston-Magar-Society-BMS/189401714410147

---------- Forwarded message ----------
From: B. K. Rana & Langhali Pariwar Cambridge <langhalipariwarcambridge@gmail.com>
Date: 2012/11/12
Subject: मगरहरुले किरातहरुसंग किन जताभावी "माफी वा क्षमा" माग्ने ?
To: Boston Magar Society <bostonmagarsociety@gmail.com>

मगरहरुले किरातहरुसंग किन जताभावी "माफी वा क्षमा" माग्ने ?
________________________________________________

आज फेरी खसखस लागेर आयो । लेख्न खासै मन त थिएन । तर कुरो के भने शाह राजाहरुको राष्ट्रिय एकिकरणको अभियानका दौरान मगर बीरहरुले पूर्वका '9 लाख किराँतहरु' लाई खत्तम गरेका हुनाले हालका मगरहरुले त्यसनिम्ति "माफी वा क्षमा" के माग्नु पर्ने त्यो माग्नु पर्ने भन्ने गोपाल किरातीहरुले माग गरेअरे भन्दैमा एकजना मगर नेता अर्थात माओवादी नेता राम बहादुर थापामगर (वादल)ले कुनै सार्वजनिक सभामा सम्पूर्ण मगरहरुका तर्फबाट उनले एक्लै "माफी वा क्षमा" मागेअरे भन्ने कहिँ कतै पढियो । यो कुरो के हो ? साँचो हो ? कि होइन ? कोहि छ जवाफ दिने ?

यदि माथिको कुरामा कुनै सत्यता छ भने अर्थात यदि त्यसरी "माफी वा क्षमा" मागिएको कुरो साँचो हो भने त्यो कुरो राम्ररी नबुझी गरिएको कुरो हुन् गयो । इतिहासमा '9 लाख किराँतहरुलाई खत्तम पारिएको कुरो' हल्का फुल्का तरिकाले लेखिएको छ तर मगरहरुले नै खत्तम परेका हुन् भनेर चाहिँ किटेर लेखिएको छैन ।यस्तो कुरोमा सम्पूर्ण मगरहरु 'भिलेन वा दुष्ट' देखिन जाने गरी आफुले मात्र एक्लै कुनै सार्वजनिक सभामा "माफी वा क्षमा" मागेको ठिक भएन । नरहरी नाथ योगीले विक्रम सम्बत 2022 सालमा प्रकाशित गर्नु भएको " इतिहासप्रकाशमा सन्धिपत्र संग्रह" भन्ने ग्रन्थमा सो "9 लाख किराँत खत्तम पारिएको कुरा' छ्वास्स लेख्नु भएको छ । तर एउटा प्रश्न के भने उस बखत किराँतको कूल जनसंख्या 9 लाख थियो भनी मान्ने आधार के हो त ? राष्ट्रिय जनगणना 2059 को प्रतिवेदन हेर्यौं भने पनि यो कुरा स्पष्ट भै हाल्छ ।

यस प्रसंगमा अर्को बुझ्नु पर्ने जरुरी कुरा के हो भने (प्रधानमन्त्री) धौकलसिंह बस्न्यातद्वारा निर्मित भनिएको कीर्तिमंदिर (अर्थात नारायणहिटी (पुर्व राजदरबार )को देब्रे भागमा रहेको शिलालेखमा शिवरामसिंह बस्न्यात लगायत उनका 4 छोराहरुको बारेमा लेखिएको छ । ति शिवरामसिंह बस्न्यातका साहिंला छोरा अभिमान सिंह बस्न्यातले " विषालु अश्त्र शस्त्रले ध्वस्त पारेर प्रहार गर्ने, धेरै सेना भएका मद खाएर चूर भै रहेका लिम्बु किरातीहरुलाई भाला आदि अश्त्र शस्त्रले ध्वस्त पारेर हठैले समस्त किराँत देशलाइ जिते " भनी लेखिएको छ । अब यसलाइ कसरी लिने ?

आजका किरांत अर्थात् राइ लिम्बुहरुले मगर जातिलाई मात्र किन 'भिलेन वा दुष्ट' ठान्ने र ति गोपाल किरातीहरुले कुरै नबुझी चाहिदो नचाहिदो माग गरे भन्दै यताहुदी राम बहादुर थापा मगर (बादल) हरुले पनि झन् बुझ्दै नबुझी सम्पूर्ण मगरकातर्फबाट आफु एकलैले किन माफि माग्ने ? यो त हुदै भएन बा । इतिहासका ति वीर मगरहरुको कुनै दोष नै छैन । उनीहरु त खाली शाह राजाहरुद्वारा जागिरमा खटाइएका जागिरे मात्र नै त थिए ?

इतिहासका कुरा राम्ररी बुझौ । अनि गर्नु पर्ने काम कुरा गरौ ।जताभावी "माफी वा क्षमा" मागी नहिडौ !

झोरा

No comments:

Post a Comment