Wednesday, November 21, 2012

मगर….र मगरहरु को धर्म....


विश्वमा परापुर्वकाल मा मानिसको तिनवटा रंगका महाजाति हरु थिए! निग्रो,कौकसस र मंगोलियन एसियाको मध्ये भागमा मंगोल बंशको मानिसहरुको बसोबास थियो! मानब विकास को साथै राष्ट्र निर्माणको क्रममा चीनको उत्तर मा मंगोलिया भन्ने देश आज पनि बिधमान छ भने २००० बर्ष पहिले भारत को विहार मा मगध भन्ने देश थियो! मंगोलजति हरू आजभन्दा लगभग ३५००-४००० बर्ष अगाडि पशु-
पालन गर्दै
  दक्षिणी भागतिर सार्दै आएका हुन। पामिर को पाठर बाट तिब्बत को उत्तरी भाग
  सम्म ठुलो भु-पर्लय भए को थियो भन्ने कुरा चिनिया बिर्तान्तमा उल्लेख गरेको पाईन्छ।यस्तो भु-पर्लय आज भन्दा लगभग ४००० बर्ष अगाडि भएको हुनुपर्छ भन्ने कुरा भु-गर्वबिदहरु बतउछन। यस्तो बिपत्ती बाट बाँच्न को लागि त्यस क्षेत्र र आसपास का मंगोलायी हरू द्क्षिणी भागतिर सर्दै आएका थिए भन्ने सहजै अनुमान गर्नसकिन्छ। संस्कर,सस्किर्ती समय परिस्थिती अनुसार परिवर्तन् हुने भएको ले यी मंगोलयी जतिहरूमा पनि परिवर्तन हुँदै आएको हुनुपर्द्छ।
आजभन्दा २२-२५ सय बर्ष अगाडी जात जाति को कुनै लिखित अव्शेष पाइदैन ती समय मा मगर लाई मगर भन्ने शब्द ले उच्चारण नगरि कविला,मंग्ग,सिथियन जस्ता नाम ले उच्चारण गरिन्थ्यो। जातिको अव्शेष नहुदा धर्म ग्रन्थ को आधार लिनु पार्ने हुन्छ जस मध्य पनि सबै भन्दा पुरानो धर्म ग्रन्थ बुद्ध धर्म ग्रन्थ "त्रिपिटक" मा पनि पाली साहित्य लाई लिनु पर्नेहुन्छ। ती "मंग्ग" जाति लाई नै कोलियन(नाग्)पनि भन्ने गरिन्थ्यो यी कोलियन जाति एक-आपस मा मिलेर आनन्द ले बस्ने भएको ले "मंग्ग" भनिए को हुनु पर्द्छ। अझै पनि मगर भाषा मा "मंग्न" शब्द को प्रयोग भएको पाईन्छ। जस्तो "मंग्नले" अर्थात आनन्द छ भन्ने हुन्छ, भने पाली भाषा म "मुंद" हुन्छ अर्थात आनन्द ! यी शब्द उच्चारण मा मेल हुनजान्छ। "मंग्ग" हरू ले राज्य गर्ने भएकोले "मगध" भनिए को हो। मंग्ग हरू ले बोल्ने भाषा नै पाली भाषा हो जसलाई मगधी भाषा पनि भनिन्छ। उक्त पाली(मगधि) भाषा र मगर ले बोल्ने भाषा ४०-४५ प्रतिशत मिल्न जान्छ। जस्तो- इमं, देम, पुजेम (मगर भाषामa पुजट्न),वक्क,मोचा,सुत्त(मगर भाषामा सुटटा)आनित (मगर भाषामा यानिह्त),आस्स(मगर भाषामा आस्कe),कुतो(मगर भाषामा कुटौ) etc !
त्यति बेला मगध को राजधानी लाई "पटलीपूत्र" भनेर भनिन्थ्यो यद्द्यपी अझै पनि मगर जाति मा पतली मगर थर रहेको पाइन्छ भने मगधी लाई "मौर्य" भन्ने गरिन्थ्यो भने मगर जाति को थर मारु,सारु,मायो,ल्हायो,मुरुङ्छन,मारुन्चन,मरु इत्यदी । "मंग्ग" कोलियन नाग हरू को पुर्खा लाई सूर्यबंशी थिए भन्ने कुरा पाली सहित्य मा उल्लेख गरेको पाईन्छ भने अझै प्नी सूर्यबंशी मगर हरू छदैछन।
वास्तवमा हाम्रो पुर्खाको इतिहास लाई खोज्ने हो भने धर्म ग्रन्थ लाई पल्टाउनै पार्ने हुन्छ।अझै पनि मगर जाति लाई बाराही पुत्र भन्ने गरिन्छ मगध का राजा बिम्बिसर का छोरा अजातसत्रु लाई बेदेहीपुत्र भन्ने गरिन्थ्यो पछी उहा आफै राजा भए पछी सबै नाग "मंग्ग" जाति लाई नै बेदेहीपुत्र हुन् भनेर घोषणा गरेको थियो भन्ने बौद्ध साहित्य मा पाइन्छ त्यहि बेदेहिपुत्र शब्द अहिले सम्म आइपुग्दा बाराहीपुत्र बन्न पुगेको हो ! इशा को 7-8 औ शताब्ती मा पश्चिम कर्णाली को खस हरु को अभिलेख मा "मग्वर" पूर्वी राज्य छ भन्ने उल्लेख गरेको पाइन्छ! पछी मगर र खस हरु छाय्समिस भएर बसोबास गरेको ले मगर र खस हरु को जात मिल्न गएको हो ! जस्तै बुढाथोकी,क्याप्छाकी,थापा,बराल, कुवर इत्यादी ! यसरी मंग्ग-मगध-मंगोर-मगर बने को हुनु पर्छ।
बुद्ध धर्म अनुयायी यी मगधी (मगर्)हरूको राज्यमा शैवबादी हिन्दू ब्रह्म्न शंकराचर्य ले सन ७८८-८२० सम्ममा हजारौं मगधी भिक्षु हरू लाई खुलेआम हत्या गरेका थिए। बुद्ध धर्म अनुयायी मगधी(मगर)लाई लखेटे कतिपय तिनी हरू सँग अत्मासमर्पण गरेर हिन्दू भएर बसे। W.T.Wilkins....! पछि फेरि मुसल्मान हरू को आक्र्मण को शिकार पनि हुन गएको थियो। मुसल्मान को आक्रमण बाट बाँच्न को निम्मित्त सुङुर पाल्न थालेका हुन यो मगधी मगर् हरू को चलाखिपन हुनुपर्छ। सुङुर भएको ठाउँमा मुसल्मान जादैनन्न। दुरुन्चुङ आले मगर को कुलपुजा गर्दा कुलबखान गर्दा हामी मुसल्मान बैरी सँग "युज्जे" युद्ध गर्दा हाम्रो ठाउँ "सग्गलुङ,नग्ग्रलुङ" बाट लखेट्यो त्यस पछि उनिहरु बाट बाँच्न को लागि सुङुर पल्न थालिउ सुङुर को मासु खान थालिउ भन्दै कुल बक्ने ले बक्ने गरेको सुन्न सक्छौ। मगधी भाषा "सग्ग"अर्थत सुन्दर वा स्वर्ग भने "लुङ" अर्थत मगर भाषा मा फाँट हुन्छ त्यस्तै "नगर" वा "नग्ग्र" शहर हुन्छ। यसरी आफ्नो सुन्दर स्वर्ग जस्तो ठाउँ बाट लखेटिएका मगधी(मगर) त्यस पछि को समय मा बुद्ध धर्म को बज्रयान आपनाए को हुनुपर्छ किन की मगर ले बज्रभैरव को पूजा गरेको पाईन्छ जस्तो की म्याग्दी को अर्जम भन्ने ठाउँमा बज्रभैरुङ भनेर पूजा गर्ने चलन रहेकोछ त्यहा को मगर हरू मा के विश्वास रहेकोछ भने उक्त बज्रभैरुङ थानमा पूजा गरियो भने च्ट्यङ(बज्र) लाग्दैन,असिना,पानी पर्दैन भन्ने विश्वास गरिन्छ त्यस्तै गोर्खा को मनकामना मा पनि बज्रभैरव को पूजा गर्ने गरिन्छ। मनकामना मा रहेको बज्रभैरव को मुर्ती प्रत्येक १२ बर्ष म हुने स्वयम्भु पूजा मा स्वयम्भु मा ल्याउने प्रचलन रहेको छ। स्मरण रहोस् स्वम्भु चैत्य २५०० बर्ष पुरानो चैत्य हो। यद्यापी मनकामना म मगर् नै पुजरी रहेकोछ! बज्रभैरब भने को बोधिसत्व हुन । बुद्ध धर्म को बज्रयान शाखा मा मन्त्र को धेरै प्रयोग गरिए को पाइन्छ। मगर हरू धामी झाक्री हुने प्रकिर्ती को पूजा गर्ने हुन भन्ने कुरा पनि जोडिन्छ मगर को धर्म पनि यहि हो की भन्ने गरेको पाईन्छ धर्म को अर्थ "धारेति ती धम्म" प्रकिर्तिक रुप म परिवर्तन् भएको स्वभाब लाई जान्नु वा धारण गर्नु धर्म हो अथवा प्रकिर्तिक रुप म परिवर्तन हुने स्वभाब धर्म हो। उदाहरणको लागि आगोको स्वभाव भनेको जल्नु, जलाउनु, पोल्नु आदि हो ! यो कुनै पनि "जातपात, उच-निच, धनि-गरिब" आदिको ख्याल नगरी सबैलाई एकैनास जलाई दिन्छ, पोलिदिन्छ त्यसैले यो धर्म हो। भने पाप को अर्थ रिस,राग,क्रोध,लोभ,मोह,डाह उत्पन गर्नु जगाउनु नै पाप हो। पूजाको अर्थ सेवा गर्नु संरक्षण गर्नु हो, पूजा को अर्थ बिनाश गर्नु हत्या गर्नु होइन। नकी धर्म भनेको हिन्दू,बुद्धिस्ट,क्रिसटीयन,मुस्लिम नै हो यी भनेको त सम्प्रादाय मात्र हुन। धर्म सबै को एउटै हुन्छ त्यो हो प्रकिर्तिक रुप म परिवर्तन् हुने स्वभाब। बुद्ध ले यहि प्रकिर्तिक रुपमा परिवर्तन हुने स्वभाब लाई जान्ने शिक्षा सिकाउनु भयो त्यसैले बुद्धको शिक्षा नै धर्म हो। मगर जातिको एतिहासिक एबम सास्कृतिक परम्परा लाई अध्यन नगरी हिन्दु वा प्राकृतिक पुजक हौ भन्नु गलत हो! किन कि यी तर्क हरु मगर को एतिहासिक आधार मा आधारित छैनन्! मगर हिन्दु हुन को लागि बर्णश्रम को ब्यबस्था लाई स्विकारेको हुनु पर्छ ठुलो सानो जात भनेर छुटाए हुनु पर्छ ! जुन मगर समाज मा पाइदैन! हिन्दु हरुले माने को देवता हरु को मन्दिर मगर बनाए को पाइदैन! समय को कालखण्ड संगै मगर आफ्नो राज्य गुमाए पछी ब्रामण को पर्भुत्तो संगै अन्तत: मगर ले आफ्नो प्राचिन मौलिक धर्म बुद्ध धर्म बिस्तारै बिर्सदै गए! तर पनि मगर समाज मा ब्रामण हरुले आफ्नो पेट पाल्न कर्मकाण्ड पुरेत्याई बाहेक मगर समाज मा आफ्नो जरा गाड्न सकेन! मगर को परम्परागत सस्कृति ले पनि मगर हरु हिन्दु होइन भन्ने कुरा प्रष्ट हुन्छ! मगर प्राकृतिक पुजक हुन् भन्ने कुरा मा मगर मात्र होइन सबै मानव जाति नै प्राकृतिक पुजक हुन् ! पछि राज्यसत्ता ले मगर हरू लाई जबर्जस्ती हिन्दुकरण गरिए को हो। हिन्दू राज्यसत्ता ले मगर हरू लाई यति सम्म दम्मन गरेर राखेयो कि मगर ले मगर भाषा बोल्यो बुद्ध धर्म मान्यो भने ४ पैसा जरिवान पनि लगाइयो जसको करण ले मगर हरू ले भाषा,धर्म लाई आफू बच्न को लागि त्यग्नु पारेको थियो। मगर हरू लाई ४ पैसा दण्ड लगाइए को क्षेत्र बाग्लुङ,म्यग्दी,पर्वत र गुल्मी हो। Shamanism भनेको हिन्दू धर्म कै अंश हो किन की यस म धेरै शिव को काहानी जोड्दिने गर्छ यी कुरा लाई Shamanism research center Kathmandu, Nepal का संस्थापक मोहंन राइ पनि स्विकारछन।
मानव बसोबास नभएको ठाउँमा जुन जाति पहिलो चोटि पुगेर बसोबास गर्छन् त्यस ठाउँ को नाम पनि आफ्नै भाषामा राख्ने गर्छन् नेपाल को अधिकांश नदि नाला,ठाउँ हरू को नाम मगर भाषा म रहेको पाईन्छ। मगर को सास्कृतिक परम्परा बुद्ध धर्म संग मेल रहेकोछ! जस्तो चण्डी पुजा, भगवान बुद्ध गृहत्याग गरेर जानु भए पछी उहा ले आफ्नो कपाल जसलाई "चुडा" भनिन्छ काटेर फाल्नु हुदा उक्त कपाल लाई देवता हरु ले लगेर पुजा गर्थे भन्ने विश्वास मा नाग "मंग्ग" हरु ले चुडा पुजा गरेका हुन् त्यहि चुडा पुजा भन्दा भन्दै चण्डीपुजा हुन गएको हो! पछी हिन्दु ब्रामण को प्रभाव बढे पछी सोहि चण्डी पुजा लाई बलि पुजा को रुप मा परिवर्तन गरिएको हो ! नाग "मंग्ग" हरु ले बुद्ध भगवान लाई देउ- बडा भनेर पुजा गर्ने गरिन्थ्यो मगर भाषा मा देउ को अर्थ देवता र बडा को अर्थ ठुलो भन्ने हुन्छ देवता हरु मा पनि सबै भन्दा ठुलो देवता भनेर पुजा गरेको पाइन्छ तर त्यहि पुजा लाई हिन्दु हरु ले एउटा शक्ति पिठ को रुप मा पशु बलि दिएर देउबाराही बनाए! अझै पनि मगर हरु को घर मा कमल फुल को बुट्टा कुद्दने चलन छ बुद्ध धर्म मा कमल को फुल लाई शुभ चिन्ह को रुप मा लिइन्छ! भने बुद्ध धर्म मा भिक्षु हरु ले भिक्षा मागेर जीवन यापन गर्नु पर्ने नियम भएको ले भिक्षु हुने परम्परा मगर समाज मा हराएर गएको भएता पनि इलम को बर्दुबतासे भन्ने गाउ का समल मगर हरु ले बर्ष को एक पल्ट भिक्षु हरु को कठिन दान को समय मा भिक्षा माग्ने चलन अझै रहेकोछ! यी कुरा हरु ले पनि हामी मगर हरु बुद्ध धर्म को नजिक रहेका छौ! सम्बन्ध को हिसाब ले पनि बुद्ध भगवान को आमा महामायादेवी कोलियन नाग "मंग्ग" राजा का छोरी हुन् भने बुद्ध भगवान ले आफ्नै मामा को छोरी यसोधरा संग बिहे गरेका थिए जुन मगर समाज मा अझै पनि आफ्नो मामा को छोरी बिहे गर्ने चलन छ!
मगर को शब्दिक अर्थ कोट्याउन खोजे को मात्रै हुँ यो मेरो अधयन मात्र हो पूर्ण रुप भने होइन। अझै अध्यन अनुसन्धान को जरुरी रहेकोछ।
अन्तिम मा भगवान बुद्ध को शिक्षा सार्वजनिक असम्प्रादायीक शिक्षा हो! सबै मानव प्राणी को लागि हो सबै ले बुद्ध शिक्षा लाई पालना गरौ...!!! सबै को कल्याण होस्........!!!!
भवतु सब्ब मंगलंग........!!!!!!!
भिक्षु-नाम मगर
थाईलण्ड

No comments:

Post a Comment