Sunday, November 11, 2012

"भाइटिका" शुभ-दीपावली !!!

* भाइटिका पनि आइपुग्यो होला हाम्रो गाउघर-आगनीमा......अनि फुलेका होलान चारैतिर सप्तरंगी फुलहरु....रमाउदै होलान साथि-संगी गाउघरमा.......!
दिदि-बहिनीले भाइटिका लगाईदीदै मखमली फुल नओलाए सम्म,तेलको थोपा नसुके सम्म र हरियो दुबो सरि सधै अमर-अजम्बरी हुनु भनि आफ्ना दाजु-भाइलाइ कामना गर्छिन साथै हामी दाजु-भाइले सधै बहिनिको रक्षा गर्ने बाचा गर्दछौ| साझमा चारैतिर झिलिमिली रंगीबिरंगी घर-घरमा बलेको बत्ति, दियोहरुले पुरा गाउ-हर भरि नै खुसिको उज्यालो छर्छ,अझ सेल रोटिको मगमग मिठो वासनाले मनै लोभ्याउछ र सुनमा सुगन्ध त तब थपिन्छ जब देउसी-भैलो खेल्दै थुप्रै साथीहरु आ-आफ्नै रमाइलो- मिठो पाराले भट्याउछन् ...""आहै भन-भन भाई हो...-देउसीरे...! ऐ राम्ररी भन...-देउसीरे...!आहै स्वर मिलाईकन..-देउसिरे....!! अनि विभिन्न गित-संगीत र मादलको तालमा नृत्य गर्दा कति रमाइलो लाग्छ मनै फुरुङ्ग नाचू-नाचू झैँ हुन्छ| यी सबैकुरा अहिले सम्झनामा मात्र सिमित भएको छ मनमा धेरै सपना बोकी म जस्तै आफ्नो घर-परिवार र देश नेपाल छोडी विदेश जाने लाखौ युवा-युवती साथीहरुको लागि......तर सबैको मन नेपाल चाडै फर्केर आफ्नो परिवार,साथीभाई संग संगै बसी यी रमाइला चाडहरु मनाउने धोको सजाई घर फर्किने दिन गन्दै छन् होला कामना गर्छु सबैको चाहना पुरा होस्.........!!शुभ-दीपावली !!!
*B.R. THAPA MAGAR*

No comments:

Post a Comment