Sunday, November 4, 2012

स्वदेशको माया बिदेशको चेलि, हुदैन देशमा परिवर्तन ब्राह्मणवादलाई नउखालि ।


कमला थापा मगरकमला थापा मगर
[ पल्मस्ट्रिट बेलायत]
हामी नेपाली हौ, हाम्रो देश नेपाल हो , हामी गर्ब गर्छौ नेपाली हुनमा जहाँ बुद्ध जन्मेको देश , संसारको सबैभन्दा अग्लो चुचुरो हिमालले संसारलाई चिनाएको देश , जहाँ चार जात छत्तिस बर्णको फुल ढकमक्क फुलेको देश , हामी नेपालीको यसरी बनेको पहिचान कसैले नामेट गर्न सक्दैनन् । चाहे हामी युरोप र अमेरीकामा होस् वा अरु कुनै सुख सम्पन्न देशमा होस् जहाँ रहे पनि हाम्रो चिनारी वा हाम्रो पहिचान चाहेर पनि कसैले मेटाउन सक्दैन् । रह्यो कुरा आदिवासी जनजाति, दलित,मधेशी, महिला, मुश्लिम, आदि जाति र लिङ्ग नेपाली भएर पनि किन नेपालीबाटै ठगिएका छौं?  किन नेपालीबाट नै शोषित पिडित भएका छौं? सवाल यी कुराका हुन् ।

हामीले चिन्तन मनन् गर्नुपर्ने कुरा - किन नपालीबाट नै हाम्रा भाषा, धर्म सँस्कृति, भेषभुषा, रितिरिवाज आदि हाम्रा पहिचानहरुलाई हामीबाट लोप बनाईयो?, किन हामी हाम्रो देशभित्रै अधिकारविहिन भएर सदियौं देखि बाँच्नुपरेको छ?, हामी सबै नेपाल आमाको सन्तान भएर पनि यहाँ हामीलाई राज्यले किन सौताको सन्तानको ब्यवहार गर्दै आएको छ? सवाल यी कुराका हुन् ।
हामी चाहन्छौं राज्यले हरेक जातजाति र लिङ्गलाई समान अधिकार प्रदान गरोस् वा दिलाओस्, राज्यको हरेक क्षेत्रमा सबै जातजाति, क्षेत्र, लिङ्गलाई जातिय र लैङ्गिक जनसंख्याको प्रतिशतको आधारमा समानुपातिक प्रतिनिधित्व गराओस्, साथै सबै जात जातिको धर्म, भाषा, सँस्कृति, रितिरिवाज, भेषभुषा आदि पहिचानहरुलाई उत्तिकै समानरुपमा सम्मान गरोस् न कि एउटै जातिको धर्म, भाषा, सँस्कृति, रितिरिवाज, भेषभुषालाई कानुनी मान्यता दिई सबै जातजातिमा नलादियोस् । हामीले देखेका छौं भोगेका छौं यि कुराहरुबाट हामी धेरै नै पिडित छौं किनकी अरु कसैको भाषा सँस्कृति रितिरिवाजलाई कानुनी रुपमा मान्नुपर्दा हामी पछाडि परेको मुख्य कारणहरु पनि यिनै हुन् । यसरी हामीलाई राज्यले पछाडि पारेको छ ।
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक देश भएर पनि धर्मको कुरा गर्नुपर्दा यहाँ एउटा उदाहरणको कुरा गरौं -  नेपाललाई हिन्दु राज्य घोषित गरिएको कारण हिन्दु धर्मले गाईलाई भगवान लक्ष्मी मानी पुजा गर्ने चलन भएकोले अरु धर्म मान्नेहरुको गाईको मासु खान पाउनु अधिकारबाट कानुनी रुपबाट बञ्चित गराईएको छ । अहिले पछिल्लो समयमा राज्यलाई धर्मनिरेपेक्ष राज्य घोषित गरेपनि यदाकदा मरेको गाईको मासु खाँदा पनि राज्यले कानुनी दण्ड सजायँ दिएको सुन्न र देख्नमा पाईन्छ । यी बिविध कारणहरुले गर्दा हामी बिभेदमा परेका छौं । यहीं कारण हामी राज्यसँग आफ्नो गुमेको अधिकार मागेका हौं न कि हामी नेपाली होइनौं भनेको कदापि होईन । यहाँ त एउटा एक खालको जमातले हामीलाई नेपाली भनी चिनिनुको बिपरित आफ्नो जाति भएर चिनिन खोज्यो भनेर आरोप लगाउदै आएको छ । यो दुषित र भ्रामक प्रचारको हामी धोर बिरोध र भत्सर्ना गर्दछौं । हामी त आदिवासी जनजाति भूमीपुत्र हौं ।  त्यसैले पनि हामीलाई जति देशको माया र माटोको माया अरुलाई नहुन सक्छ यो दोस्रो कुरा हो, बरु हामीलाई देशको भूमीपुत्र भएर पनि राज्यले दोस्रो दर्जाको नागरिक सरह मान्दै आईरहेको तितो यथार्थ हामी माझ स्पष्ट छन् । यसै कारणले पनि हामी राज्यसँग आफ्नो पहिचान र अधिकारको लागि लडिरहेको अवस्था हो ।
म बुझ्न सक्दिनँ यी हाम्रा आदिवासी जनजाति भित्र पनि नबुझेका भनौं वा बुझेर पनि आत्मसाथ गर्न नचाहनेहरु भनौं वा सत्ता र शक्तिमा रहेका पार्टीका नेताहरुसँग लिप्त भई गला जोड्दा आफ्नो ब्यक्तिगत फाईदा र स्वार्थको लागि भनौं यिनीहरु आफ्नो खुट्टामा आफै बन्चरोले हान्ने गर्दछन् । सायद यिनीहरुमा अलिकति पनि दिघ्रकालिन सोंच भैदिएको भए विगतको संबिधानसभा चुनावमा सबै एउटा झण्डामुनी गोलबन्द हुनसक्थे होला किन कि सबैलाई थाहा थियो यी ब्रहामणवादी सोंच भएका ब्राह्मणहरुले नेतृत्व गरेको पार्टीले हाम्रो लागि केहि गर्न चाहँदैनन् । त्यसैले उनीहरुले आफ्नो सन्ततीको लागि थोरै भएपनि दिर्घकालिन सोंच राखिदिएको भए आज संबिधानमा हाम्रा सन्ततीका थोरै भएपनि भाग्यका रेखाहरु कोरिन्थे होला संबिधान जारी हुन्थ्यो होला । दुर्भाग्य उत्पिडनमा परेका आदिवासी जनजाति, दलित, मधेशी, महिला, मुश्लिम, अल्पसंख्यक, पिछडीएको क्षेत्रलाई अधिकार दिन नचाहने यि ठुला दलका ब्राह्मणबादी सोंच भएका नेताहरु साथै संघियता बिरोधीहरुले संबिधानसभा बिघटन गराए । यसमा हाम्रा केहि आदिवासी जनजातिका नेताहरुको कमजोरी र ब्यक्तिगत स्वार्थपनले गर्दा पनि संबिधानसभा बिघटन गराउनमा केहि मद्दत पुगेको थियो भन्दा फरक नपर्ला ।
अब आउने समयमा सबैमा चेतना जागोस् । हामी आफ्नो अधिकार लिनु परजिवी वा कसैको झोला बोकेर होईन हामी आफैमा आत्मानिर्भर बनौं ।  हाम्रो झोला हामी नहिच्किचाई, नलजाई बोकौं । अरुको लट्ठीको साहारा लिन नखोजौं । हामी आफैमा स्वावलम्बी छौं, हामी आफैमा स्वाभिमान छौं, हामी आफैमा सक्षम छौं । अब रह्यो बाँकी हामी आफैमा एकताको प्रतिवद्दता गरौं ।।।
(लेखक राजमुपाका क्षेत्र नं ४ रुपन्देहीबाट प्रत्येक्ष उमेद्धवार भई संबिधान सभा निबार्चनमा चौंथो स्थान हासिल गरेकी हुन्)

No comments:

Post a Comment