Story of Success


म काठमाडौंमै जन्मे हुर्केको ठिटो हुँ । मेरो नाम विजय महर्जन हो । छाउनीमा २८ वर्ष पहिले जन्मेको हुँ । अहिले मुर्तिकला गरेर सुखजिलो जीवन बिताएको छु । धेरै युवा साथीहरु रोजगारीका लागि विदेशिएका छन् । घरपरिवार त्यागेर विदेश जाने रहर कसैलाई पनि हुँदैन । मलाई भने मुर्तिकलाले स्वदेशमै रोजगारीको अवसर दिएको छ ।

काठमाडौं शिक्षण अस्पताल प्राङ्गणमा थिङ्ग उभिएको गणेशमान सिँहको अधवैसै उमेरको शालिक मैले बनाएको हुँ । पूर्णकदको यो सालिक बनाउन दुई महिना लागेको यिो त्यसबापत मैले रु. १५ लाख पारिश्रमिक प्राप्त गरें । सालिकमा गणेशमानले लठ्ठी टेकेका छैनन् र काँधमा गलबन्दी पनि छैन । यस्तो किन गरिएको हो भने लोह पुरुष भनेपछि सबैको दिमागमा बलियो मान्छेको कल्पना हुन्छ र बलियो हुने भनेकै वैशमा हो त्यति बेला लठ्ठी र गलबन्दी लगाउने कुरै भएन । निर्जीव मूर्तिमा प्राण भर्न सजिलो हुँदैन । र मुर्तिकारको वास्तविक कला प्राण भर्नुमै निहित हुन्छ ।

दुई महिनामा १५ लाख रुपियाँ कमाउनु नै ठूलो कुरा भने होइन । मेरो  पछिल्लो सिर्जना ८ फिट अग्लो शिवको मुर्ति सार्वजनिक नहुँदै चर्चाको विषय बनेको छ । मुर्ति हेर्दा शिवले श्वास फेरिरहेको अनुभूत हुनु यसको विशेषता हो । अर्डर नलिइकन बनाएको योलाई विश्व हिन्दु महासंघले रु ५० लाखको अफर गरेको छ । मुर्तिको अर्को विशेषता के हो भने यो मुर्ति जस्तै धेरै मुर्ति बनाउनु पर्यो भने कम पैसा पनि पुग्छ ।

मेरो पहिलो व्यावसायिक प्रोजेक्ट भने काठमाडौं र पोखराका बेकरी क्याफेमा ठडिएका मोमो म्यान हुन । १२ वटा यस्ता मोमो म्यान बनाउन मैले त्यति बेला रु।१२ लाख पारिश्रमिक लिएको थिएँ । प्रेस काउ_िन्सल अगाडिको मनोमेन पनि मैले नै बनाएको हुँ ।

अलिकति मिहिनेत गर्दा महिनाको १० लाख कमाउन गाह्रो छैन । तर यसका लागि एकाग्रता र निरन्तर अभ्यास भने अति आवश्यक हुँदो रहेछ । मैले ललितकला क्याम्पसबाट फाइन आर्टमा स्नातक गरेको छु ।

स्कूले जीवनमा म मोर्डन आर्टमा रमाएँ । स्कूल पढ्दादेखि नै पकेट खर्च आफै जुटाउँथे । धनीका छोराछोरीको भन्दा मेरो आर्थिक शान बेग्लै थियो । काठमाडौ।मा गाडी मात्रै चढ्न त दैनिक एक घण्टा काम गर्दा पनि पुग्छ ।

शुरुमा स्थापना गरेको छाउनीको स्टुडियो त छँदैछ । ठमेलमा हिन्दु देवताको मुर्ति बनाउँछु । माथि भनेको शिवको मुर्ति त्यहिँ बनाएको हुँ । अहिले बबरमहलको रिभिटेडमा अर्को स्टुडियो छ । त्यहाँ बुद्धको मुर्ति बनाउँछु । म अलि आध्यात्मिक भएर पनि हिन्दु र बुद्धसम्बद्ध देविदेवताको मुर्ति एकै ठाउँमा बनाउन उचित लागेन ।

पूर्ण एकाग्रता नभई मुर्तिमा आत्मा भर्न सकिदैन । तर आत्म भरीसकेपछि पैसाको चिन्ता हुँदैन । देउता र भगवानको मुर्तिलाई जति पैसा भनेपनि मान्छेले खासै वार्गेनिङ गर्दैनन् ।

अर्को कुरा नेपाल जस्तो विकासील देशले विकसीत देशलाई पछार्न सक्नै भनेकै यस्तै कलाकारितामा हो । उनीहरुसँग प्रविधि छ । हामीसँग आफ्नै कला र दर्शन । यसलाई तीव्रता दिनसके मुलुकको आर्थिक मुहार फेर्न गाह्रो हुँदैन । चीनले विकास गरेको एकैपटक सस्तो मूल्यमा धेरै सामान उत्पादन गर्न सकिने प्रविधिलाई यहाँ पनि उपयोग गर्न सकिन्छ । पहिलो मुर्ति बनाउन सिर्जनशीलता चाहिने भएपनि त्यसको संख्या सजिलै धेरै बनाउन सकिन्छ । जस्तो बेकरी क्याफेहरुमा राखिएका मोमो म्यानहरु एउटा डिजाइन गरिसकेपछि बाँकी सजिलै बनेको थियो ।

पैसाका लागि भनेर बनाउँदा कलाकारिता मर्छ । तर कलाकै लागि मिहिनेट गर्दा सरस्वतीसँगै लक्ष्मी पनि खुशी हुने रहेछ । तर मासिक १०-१२ लाख रुपियाँ कमाउँदैमा मख्ख भएर बस्दिन । मेरी एउटी छोरी छिन् । उनलाई म संसारमा सबैभन्दा बढी माया गर्छु । तर जुन दिन मलाई छोरीको भन्दा आफूले सिर्जना गरेको मुर्तिको बढी माया लाग्छ अनि बल्ल भन्छु म साँच्चिकै कलाकार भएछु ।
म ६१ वर्ष पहिले बाग्लुङ जिल्ला हुक्डीसिर गाविसको बाराकोटमा जन्मिएको हुँ । प्राथमिक शिक्षा गाउँकै स्कूलबाट पुरा गरें । वि।स। २०२३ मा एसएलसी जनता मावि तानसेनबाट गरेको हुँ । मेरो क्याम्पसे अध्ययन भने काठमाडौंबाट शुरु भयो । नेशनल कलेज काठमाडौंबाट मेजर इतिहास र राजनीति शास्त्रमा स्नातक गरें  ।  इन्डियन इ_िन्स्टच्यूट अफ मास कम्युनिकेसन(आईआईएमसी)बाट सन् १९८१ मा १० महिने पोष्ट डिप्लोमा कोस्र गरें । विश्व प्रख्यात समाचार एजेन्सी एसोसियटेड प्रुान्स प्रेस (http://www.afp.com/)बाट १९९० मा न्यूज एजेन्सी जर्नालिज्म कोस्र  गर्ने अवसर मिल्यो ।


विस २०२९ मा राष्ट्रिय समाचार समिति राससमा खुल्ला प्रतिपस्र्धाबाट अाचल संवाददाता छनौट भएँ । संवाददातामा नाम निकालेका १४ जना मध्ये प्रथम भएकाले १४ अन्चल मध्ये जुनसुकै  छान्ने अवसर मिल्यो । त्यतिबेला मैले लुम्बिनी अन्चल रोजें । यसरी पत्रकारितामा मोफसलको राजधानी बुटवलबाट शुरु भयो मेरो पत्रकारिता यात्रा । २०४८ मा चीफ रिर्पोटर २०५२ मा वरिष्ठ सम्पादक २०५४ मा प्रबन्ध सम्पादक हुँदै २०५६ मा राससको प्रधान सम्पादक बनें । आधा दशक लामो इतिहास भएको राससमा दोस्रो प्रधानसम्पादक मगरको छोरो बन्यो । यसअघि राधेश्याम विष्ट प्रधानसम्पादक बनेका थिए । २०५९ मा रिटार्यड भएँ । त्यसपछि निजी क्षेत्रको अन्नपूर्ण पोष्ट दैनिकमा करिब पाँच वर्ष नायब सम्पादक भएर काम गरें । त्यसपछि इन्टरनेशनल प्रेस इ_िन्सटिच्यूट (आईपीआई)को खतरामा परेका पत्रकारहरुको उदार गर्ने प्रोजेक्टमा प्रबन्ध निर्देशकको रुपमा एक वर्ष काम गरें ।

रानी ऐश्वर्यको महिनावारीले निम्त्याएको सकस

वि।स।२०१९ सालमा स्थापना भएको रासस २०५० सालताका सम्म पनि सबैभन्दा प्रभावी र शक्तिशाली सन्चार माध्यमको रुपमा रह्यो । राजदरबार मामिला मन्त्रालय प्रधानमन्त्री आफैले राखे जस्तै राससमा दरबारसम्बन्धी वीट सबै भन्दा चलाख पत्रकारलाई दिइन्थ्यो । १४ मध्ये प्रथम भएकाले हुनसक्छ दरबार सम्बन्धी समाचार ल्याउने जिम्मेवार मलाई दिइयो ।

पत्रकारिताको शुरुवाती करिअरकै कुरा हो । हिन्दु महिलाहरुको पर्व तीजमा रानी ऐश्वर्य पशुपतिनाथको मन्दिरमा जाने हुनाले रिर्पोटिङ गर्ने जिम्मेवारी पनि मेरै थियो । एक जना सिनियरले फिल्ड नगएरै समाचार लेख्ने सल्लाह दियो । गतवर्षको समाचार हेरेर समाचार लेख्न सकिने उसको सल्लाह थियो । मैले त्यस अनुसारै गरें । तर समस्या के भई दियो भने रानी ऐश्वर्य महिनावारी भएर पशुपति गएनछन् । अनि मलाई आपत्त पर्यो । फिल्ड नगई समाचार लेख्दाको नतिजा थियो त्यो । धन्न जसले ठग बुद्धि सिकायो उसैले मलाई बचायो पनि ।

वादी समुदायका महिलाहरुको समस्यालाई उजागार गर्ने पहिलो पत्रकार सम्भवत म नै हुँ । २०३३ ताका यो राससमा मैले उनीहरुको पीडाको विषयमा रिर्पोटिङ गरेपछि वादी समस्या अन्तराष्ट्रियस्तरमा पुग्यो । त्यतिबेला वादी महिलाहरुले मलाई एक पटक घेराउ पनि गरे ।

पत्रकारले भोजमा खान पाउने नियम बन्यो

पत्रकारले रिर्पोटिङमा जाँदा पनि दौराशुरुवाल र टोपी लगाएर जानुपर्दथ्यो । अहिले जस्तो रिर्पोटिङमा गएका पत्रकारले भोजमा सहभागी हुन पाउँथेन । सुरक्षाकर्मी जस्तै पत्रकार पनि ड्युटीमा भएकाले खान नपाउने उनीहरुको दलील हुन्थ्यो ।

दरबार भित्रै भएको भोजमा मैले एकपटक वेटरको ट्रेबाट रक्सी झिकेर पिएँ । राष्ट्रिय सम्वाद समितिका सहकर्मीले पत्रकार भएर कहाँ खान थालेको भन्दै थियो मैले अर्को गिलास निकालेर फेरी स्वाट् पारें । यो कुरा दरबारका कर्मचारीले पनि नोट गरेका रहेछन् । भोलिपल्ट दरबारमा भएको भोजको समिक्षामा एक कर्मचारीले अरु त ठिकै हो सरकार राससका खिलध्वज थापाले रक्सी खाए भनेछ । त्यो सुनेपछि वीरेन्द्रले किन पत्रकारले भोजमा खानु हुँदैन भनेर आश्चर्य मान्दै सोधेछन् । हुँदैन सरकार पत्रकार ड्युटीमा भएकाले भोजमा खान मिल्दैन भनेपछि वीरेन्द्रले उसो भएपत्रकारलाई रिर्पोटिङ सकिएपछि खान पाउने व्यवस्था मिलाउनु भनेछन् । त्यस यता मात्रै पत्रकारहरुले रिर्पोटिङको क्रममा भोजमा खान पाउने प्रचलन शुरु भएको हो ।


पत्रकारितासँग जोडिएको अर्को पनि डि्रंक प्रसँग छ । एक पटक राती ९ बजे वीरेन्द्रले रक्सी खाना बोलाएको खबर आयो । दरबारमा पुग्दा रानी ऐश्वर्य हातमा बोटल लिएर बसेकी थिइन् । ज्ञानेन्द्र पत्नी कोमलको हातमा आईस थियो धीरेन्द्रकी पत्नीको हातमा गिलास र राजपरिवारकै अर्की एक महिलाको हातमा सोडा । म पुगिसकेपछि ज्ञानेन्द्र आईपुगे त्यसपछि मात्रै वीरेन्द्र । रानीले समेत पाहुनालाई रक्सी थप्नुअघि र पछि ढोग्ने चलन थियो । दुई राउण्ड खाईसकेपछि रक्सी बन्द गर्ने कि भन्ने प्रस्ताव कतैबाट आयो । ठीक त्यहि बेला वीरेन्द्रले जर्नालिस्ट खिलध्वजलाई पुगेको छैन एक राउण्ड अझै भने ।

समाजिक आन्दोलन हुँदै जनमुक्ति पार्टीसम्म

 वि.स. २०२७ साल ताका काठमाडौंमा अहिले जसरी मगरहरुसँग बाक्लो भेटघाट हुँदैनथ्यो । त्यसबेला ५०-६० जना मगरहरु भेला भएर बालाजुमा बुङगुर काटेर खाएछन् । त्यसको एक वर्षपछि धुलिखेलमा मगरहरुको भेला थियो । त्यसमा विभिन्न पेशा व्यवासयमा आवद्ध मगरहरुको उपस्थिति थियो । त्यहि बेला  मगरहरुका लागि संगठन आवश्यक पर्दछ भनेर 'लाङघाली परिवार' गठन गरियो । २०२८ सालमा गठित त्यस ऐतिहासिक संगठनको अध्यक्षता मैले गरेको थिएँ । लाङघाली परिवारको उपाध्यक्ष शान्ता राना थापा महासचिव केबी राना कोषाध्यक्ष प्रभा बुढाथोकी र बसन्त थापा ऋतुराज लगायत कार्यकारी सदस्य रहनु भयो ।


हामीले 'लाफा' नामक पत्रिका प्रकाशन पनि गर्यौं त्यसको सम्पादक मोहन शमशेर थापा हुनुहुन्थ्यो । त्यतिबेला मैले मगरको विषयमा लेख लेखेको थिएँ । मगरको विषयमा लेखिएको पहिलो लेख त्यहि थियो कि जस्तो लाग्छ । आज पनि धेरैले मेरो त्यहि लेखलाई आआफ्ना लेखमा उधृत गर्छन् । सबैभन्दा ठूलो कुरा त्यतिबेला बनभोजबाट  शुरु भएको मगर संगठित हुने प्रयास अहिले ३० औं मगर दिवससम्म आई पुग्दा धेरै खुशी लाग्छ ।

रासस र अन्नपूर्ण पोष्टको जागिर अनुभव बोकेर राष्ट्रिय जनमुक्ति पार्टीमा कि्रयाशिल छु । यसअघि विदेश विभागको जिम्मेवारी पुरा गरें भने चौथो राष्ट्रिय महाधिवेशनपछि बुद्धिजिवी विभाग प्रमुखको रुपमा कार्यरत छु । तर यो पार्टीसँग मेरो अप्रत्यक्ष संलग्नता भने स्थापना कालदेखिनै थियो । पार्टीको घोषणापत्र र विधान निर्माणमा उतिबेलै इनपुट दिएको थिएँ । यो पार्टीको संस्थापक अध्यक्ष एमएस थापा ज्यूसँग उतिबेलै देखि निरन्तर सम्पर्कमा छु ।  सरकारी सन्चार माध्यममा आवद्ध भएकाले त्यतिबेला खुलेर पार्टीमा लाग्ने अवस्था  थिएन । तथापि पूर्व पश्चिमका जनजातिहरु एक भएर अधिकार प्राप्तीका लागि लड्नुपर्छ भनेर सम्पर्क गराउने गर्दथे ।

देशमा ठूला भनिएका पार्टीहरु पनि नभएका होइनन् । तर राष्ट्रिय जनमुक्ति पार्टीको जस्तो दर्शन र भिजन कसैको छैन । कम्युनिष्टहरुले वर्गीय विभेदका कुरा गर्छन् । तर यो आफैमा पूर्ण होइन । देशमा विद्यमान जातीय भाषिक सांस्कृतिक भौगोलिक विभेदको अन्त्य नभई मुलुक समृद्ध बन्न सक्दैन । जुन कुरा जनमुक्ति पार्टीले मात्रै उठान गरेको छ ।


मेरो नाम श्याम थापा मगर हो । फुटवल जगतमा श्याम थापा भनेर चिनिन्छु । सन् १९४८ मे १० मा गुल्मीको भासे्रमा जन्मेको हुँ । बुबा स्वर्गीय विसनसिँ थापा मगर आमा हिरादेवि थापा मगर । बुकनीमा बाख्रा चराउँदै हिँडेको अहिले भर्खरै जस्तो लाग्छ । तर यसवीचमा भारतको सर्वाधिक महँगो फुटवलरदेखि नेपालको राष्ट्रिय टीमको प्रशिक्षकसम्म भईसकें ।

सन् १९७० देखि १९७४ सम्म भारतको राष्ट्रिय टिमका स्टाइकर रहेर खेलें । इस्ट बंगाल क्लब र मोहन बगान क्लबमा लामो समय अनुबन्धित भएँ ।  १३ वर्षमा गोर्खा स्कूलकोतर्फबाट सुव्रतो मुखर्जी कप खेल्न गएको थिएँ । म लाहुरे पृष्ठभूमिबाट आएको हुँ । पारिवारिक दवावमा १९६७ मा भर्ती पनि भएँ तर साढे दुई वर्षमै इस्ट बंगाल क्लबमा अनुबन्धित हुन सेनाको जागिर तिलााजली दिएँ । त्यतिबेला मलाइ भा.रु. १० हजार तिरेर मात्रै सेनाको जागिर छाड्न भनियो । जम्मा ९५ भारतीय रुपियाँ मासिक तलब भएको बेलामा त्यो रकम कति ठूलो थियो आफै अनुमान लगाउन सक्नुहुन्छ । यद्यपि मसँग रकम असुल्ने भन्दा पनि सेना नछाडोस् भनेर अड्को थापेको मात्रै थियो । तर मेरो पारिश्रमिकबाट कट्टा हुने गरी त्यो रकम तिर्न क्लब तयार भयो । सन् १९७० देखि करिब ६ वर्ष इस्ट बंगाल क्लबका लागि खेलें ।

महँगो खेलाडी 

त्यतिबेलासम्म म भारतको सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडीमा भईसकेको थिएँ । सिजनको ४५ हजार भारतीय रुपियाँ पाउनु चानचुने कुरा थिएन । त्यसपछि सन् १९७७ मा भारु ७० हजार पारिश्रमिक लिने गरी मोहन बगानमा अनुबन्धित भएँ । त्यो रकम अहिलको ७० लाख जति हो । समर्थकहरुको अत्याधिक भीड र क्लबहरुको तानातानवीच मोहन बगानसँग सम्झ्ौता गर्न देहरादुनमा प्रहरीको भ्यानमा गएँ । बढी पारिश्रमिक पाएर भन्दा पनि फुटबलका राजा पेलेसँग खेल्न पाउने लालसाले मलाई मोहन बगान क्लबमा पुर्याएको थियो । मगरको छोरोलाई पैसा मात्रै तानेको अवश्य थिएन ।

त्यतिबेला अमेरिकाको कसमस क्लबबाट खेल्न आएका पेलेको टीम र मोहन बगानवीच प्रतिपस्र्धा हुँदै थियो । २-१ ले पछाडि परेको मोहन बगानलाई मेरो गोलले बराबरीमा पुर्याएको थियो । पेलेको टीम विरुद्ध गोल गर्नु मेरो जीवनको सबैभन्दा बढी सम्झ्नि लायक क्षण बन्यो । खेल सकिएपछि कुन खेलाडी मन पर्यो भनेर सोध्दा पेलेले 'जसर्ी नम्बर २२ इज वेस्टु' भने पछि त मेरो खुशीको सिमै रहेन । जुनसुकै क्लबबाट खेल्दा मेरो २२ नम्बर जसर्ी हुन्थ्यो ।

सन् १९७० मा बैङ्कक्मा भएको एसियन गेममा भारतले कास्य पदक जितेको थियो । त्यसवापत अहिले पनि मासिक ६ हजार भारु पेन्सन प्राप्त गरिरहेको छु । नेपालका खेलाडीहरुले भने अहिलेसम्म पनि यस्तो सुविधाको कल्पनासम्म गर्न सक्दैनन् ।  रुपन्देही मंगालपुरमा पनि मेरो घर छ । तर अहिले कलकत्तामा भारत सरकारले उपलब्ध गराएको घरमा बस्छु ।

नेपाली हुनुको पीडा
नेपाली भएर भारतका लागि खेल्दा दुःखद क्षणको पनि सामना गरेको छु । शायद जीवनको सबैभन्दा विस्रन लायक घट्ना । सन् १९७६ र १९७७ को म हाइस्कोरर थिएँ । तर १९७८ को एसियन गेमका लागि मलाई सुनियोजित रुपमा छनौट गरिएन । त्यति बेला नेपाल भएकैले मलाई अन्याय गरियो । त्यसअघि भएका दुई वटा एसियन गेममा लगातार खेलेको अनुभव भएकाले म टीमको कप्तानको एकमात्र हकदार थिएँ । एसियन गेम खेलेको टीम कप्तानलाई स्वतः Arjuna Award दिनु पर्ने भएकाले मलाई खेलाडीको सूचिमै राखेनन् । त्यसपछि मलाई के भयो यहाँ शब्दमा बयान गर्न सक्दिन ।

मलाई राष्ट्रिय टीमबाट हटाएकोमा चौतर्फी विरोध भएपछि क्लोज क्याम्पमा आउन पत्र पठाएका थिए । त्यतिबेला टीममा नफर्कनुलाई गलत निर्णय भएको जस्तो लाग्छ । त्यति बेला कुनै पनि साथीले फर्कमा टीममा जानु भन्ने सल्लाह पनि दिएनन् । मेरो पनि युवा जोश । हल्का इगो प्रोबलम नहुने कुरै भएन ।

यस्तै गलत निर्णय सन् १९९० को विश्वकप हेर्ने बेलामा भयो । इटलीमा भएको विश्वकप हेर्न देहरादुनको जग्गा भारु २ लाखमा बेँचे । श्रीमतीले नबेच्नु भन्दा पनि मैले मानिन् । कलकत्ता पुग्दा त सरकारले निशुल्क विश्वकप हेर्ने लिस्टमा मेरो नाम छनौट गरेको रहेछ । त्यतिबेला भारु २ लाखमा बेचेको जग्गाको मूल्य अहिले दुई करोड पुगेको छ ।

खेलाडीबाट प्रशिक्षक
मोहन बगानबाट इस्ट बंगाल क्लबमा फर्किएको एक वर्षपछि सन् १९८४ मा सकि्रय खेलजीवनबाट सन्यास लिएँ । र इस्ट बंगालबाटै १९८५ देखि सहायक प्रशिक्षकको रुपमा नयाँ करिअर प्रारम्भ गरेँ । त्यसमा पनि म भाग्यमानी ठहरिएँ । ६ महिनामै सहायक-प्रशिक्षकबाट प्रशिक्षक भएँ । सन् १९८७ मा लण्डनबाट डिप्लोमा इन कोचिङ गरेपछि अल इन्डिया फुटबल फेडेरेसनमा पनि प्रशिक्षक भएँ । १९९० देखि २००२ सम्म विलियम मेगर कम्पनीको किशोर खेलाडी तयार गर्ने परियोजनामा प्राविधिक निर्देशकको जिम्मेवारी पुरा गरें । सन् २००४ मा नेपालमा प्रशिक्षक भएर आउनु भन्दा पहिलासम्म मेरो पुरानो क्लब मोहन बगानमा प्राविधिक निर्देशक भएको थिएँ ।
मातृभूमिलाई पसिना
अखिल नेपाल फुटवल संघ एन्फा अध्यक्ष गणेश थापाबाट युथ डेभलपमेन्ट प्रोग्राममा प्रशिक्षक अफर आएपछि भने मलाई ठूलो द्विविधामा परेको थियो । एकातिर पेलेसँग खेल्ने अवसर जुराएको मोहन बगानको जिम्मेवारी थियो भने अर्कोतर्फ आफ्नै देशका खेलाडीलाई सिकाउने । तर मलाई पुरानो क्लब र त्यहाँको सुख सुविधा भन्दा जन्मभुमीकै फुटवलले तान्यो । फुटबलर बन्ने सपना बोकेका ठिटाहरुसँग रम्न पाउने नेपालीत्वले आर्कषित गर्यो ।

नेपालको यु-१६ युथ-१९ हुँदै राष्ट्रिय टीमको प्रशिक्षक बनँे । अहिले राष्ट्रिय टीमबाट खेलिरहेका अधिकाँश खेलाडीहरु चार वर्ष नेपालमा रहँदा मैले प्रशिक्षित गराएका छन् । साफ च्याम्पियनसीपको इन्जुरी  समयमा बंगलादेश विरुद्ध गोल गरेर सनसनी मच्चाएका राष्ट्रिय टीमका कप्तान सागर थापा पनि मेरै उत्पादन हुन । सागर अनिल गुरुङ लगायतलाई मैले पस्रनल्ली टि्रट गरेको थिएँ । माओवादी द्वन्द चलिरहेको तथा एन्फा आफै भित्र विवादमा रहेको बेलामा प्रशिक्षक बनेको थिएँ । नेपालका लागि चाहे जति गर्न भने सकिन जस्तो लाग्छ ।

नेपालबाट खेल्ने मेरो टीम वि्रगेड ब्वाइज हो । मेरो पालामा यो क्लब निकै चर्चित थियो । भारतका धेरै खेलाडीलाई यहाँ ल्याएर खेलाएँ । यसको मुख्य उद्देश्य नेपालमा फुटवल क्रेज बढाउनु थियो ।

२००८ मा नेपालबाट फर्केर उनी मोहन बगानमै पुगे र त्यसपछि जमसेदपुरमा टाटा एकेडेमीको प्राविधिक निर्देशक बनँे । अहिले कलकत्ताको पाइलियन वल्र्ड स्कूलमा फिफाको युथ डेभलपमेन्ट प्रोग्राम डाइरेक्टर छु । सन् १९७७ मा नेपाल आएका बेला एन्फाका बोदबहादुर राउत मलाई लिन रुपन्देहीस्थित घरमै आएका थिए । भैरहवाबाट काठमाडौं विमानस्थल नपुग्दै मलाई विमानमै बुट र जसर्ी लगाउन लगाइयो । भएको के रहेछ भने रंगशालामा खचाखच दर्शक प्रतिक्षामा रहेछन् । त्यहि कारणले विमान भित्रै जसर्ी लगाउन लगाएका रहेछन् । त्यतिबेला आफैले सोचे भन्दा बढी चर्चित भएछु भन्ने लाग्यो ।

(कान्छो बुवाको निधनमा काठमाडौं आएका बेला राज्यसत्ता डटकम खेलकुद ब्यूरोसँग गरिएको वार्तामा आधारित)

नाम:- विक्रम पुन
उमेर:- ३४

मेरो पुख्र्यौली घर म्याग्दी चिम खोला हो । बाजेको निधन भएको बेला पहिलो पटक म्याग्दी गएको थिएँ । मेरो जन्म सिँगापुरमा भएको हो । गोर्खा मेजर स्वर्गीय नगेन्द्रबहादुर पुन मेरो बुबा हुन । मेरो पढाई लेखाई पनि उतै भयो । सान प्रुान्सिस्को स्टेट युनीभसर्िटीबाट स्नातक गरेको छु । आज पनि दैनिक १५०० युवा लाखौं रुपियाँ खर्चेर रोजागारीको खोजीमा विदेश गईरहेका छन् । तर म सिँगापुरको माईकल म्यान कम्पनीमा मासिक रु। चार लाख तलब आउने सिनियर प्रोडक्सन म्यानेजरको पदबाट राजिनामा दिएर च्याउ खेती गर्न स्वेदेशमा आएको छु । अहिले काठमाडौं भाटभटेनीमा प्रुेस मशरुम प्रालि खोलेर सिताके कन्ये गोब्रे लगायतका च्याउ खेती गरेको छु ।


नेपालमा सिताके प्रतिकिलो रु २५०० मा विक्री भईरहेको छ । मासिक ३ देखि ४ सय केजी च्याउ उत्पादन गर्दै आएको छु । पाँच तारे होटल मेरो मुख्य लक्षित ग्राहक हुन । तर पनि लगानी उठीसकेपछि सबै ग्राहकसम्म पुर् याउने योजना छ । खेती गर्ने तरिका आधुनिक हुनाले पनि मेरोमा उत्पादित सिताके अलि महँगो पर्न गएको छ । रासायनिक पदार्थको प्रयोग गरेको छैन भने च्याउका हरेक टम्बु मसिनो जालीले छोपेर राख्ने गरेको छु । जाली लगाउँदा  हानिकारक किटाणु प्रवेश गर्न पाउँदैन । विउ पनि अमेरिकाको फँगी पर्फेट कम्पनीबाट उच्चकोटीको मगाएर लगाएको छु ।


नयाँ प्रविधिमार्फत चाहिए जति विउ पनि बेच्दै आएको छु । ५० केजी भन्दामाथि विउ चाहिनेले एक हप्ता अगाडि जानकारी दिनुपर्दछ । वाह्रै महिना प्रुेस च्याउ प्राप्त गर्न सकोस् भन्ने हेतुले काम थालेको हुँ । यसअघि काठमाडौं गल्फुटारमा बसेर ३६५ दिनकै तापक्रम मापन गरेको थिएँ । नेपालमा च्याउ खेती गर्ने योजना बनेपछि अमेरिकामै च्याउ खेतीसम्बन्धी एक वर्ष रिस्रच गरे । विदेशमा भन्दा हामी कहाँ च्याउ हुर्कन केही बढी समय लाग्ने गरेको अध्ययनले देखाएको छ ।


दैनिक १४ घण्टा काम गर्छु । लोडसेडिङ्गले गर्दा तापक्रम मिलाउन राती १ २ बजे उठ्नु पर्छ । यसअघि बावुलाटारमा तीन तले घर भाडामा लिएर च्याउ खेती गर्दा ६ महिनामा रु १० लाख घाटा भयो । यसले पनि मलाई धेरै सचेत बनाएको छ ।


एक करोड लगानी गरेको प्रुेस मशरुम प्रालिलाई धरानका एक व्यापारीले रु १० करोडमा किन्न खोजेका थिए । मासिक रु ५ लाख भन्दा कम आम्दानी हुने हो मेरो आम्दानी सिँगापुरमा भन्दा कम हुन्छ । यसले गर्दा पनि धेरै मेहेनट गरेको छु । प्रुेस च्याउ र वीउको माग बढेपछि काठमाडौंकै विभिन्न भाग र पोखरामा समेत फर्म विस्तार गर्ने योजना छ । यसका लागि उनले विभिन्न बैंकसँग लोनका लागि छलफल गरिरहेको छु । तर बैंकहरुले विना धितो ऋण नदिने कुरा गरेका छन् । मेरो जस्तो अध्याधुनिक प्रविधिबाट अर्गानिक च्याउ उत्पादन हुने फर्मलाई सरकारले पनि हेर्नु पर्ने हो । तर उनीहरुले वास्ता गरेका छैनन ।

विद्युत अभाव, पानीको अभाव र सरकारी अधिकारीहरुको असहयोगी व्यवहार सम्झिदा दिक्क लाग्छ । तर म नेपालमै बसेर छिट्टै भिआइपी गाडी चढ्छु ।

No comments:

Post a Comment