Saturday, November 24, 2012

दक्षिण एसियाको इतिहासमा मगर जातिको प्रचीनताको प्रश्न


_____________________________
लेखक बि. के. राना (इमेल <langhalipariwarcambridge@gmail.com>)

दक्षिण एसियाको हिमाली मुलुक नेपालमा विभिन्न जातजातिका मानिसहरु बसोबास गर्दछन् | उनीहरु मद्धे मगर जाति मुलुकको एक प्रमुख जाति हो | सरकारी तथ्यांकका हिसाबले भन्ने हो मगर जाति नेपालको तेश्रो ठूलो संख्या भएको जाति हो | तर, सम्बन्धित विद्वान् वा समुदायका अग

ुवाहरुले यो सरकारी तथ्यांकलाइ सही मानेका छैनन् | खैर, यस विषयमा कुरा गर्दै गरौला पछि कुनै अर्को लेखमा | आज एउटा छुट्टै प्रसंग, छुटै चर्चा गरौ जस्तो लाग्यो |


आफु मगरको सन्तति भएका नाताले यो लेखकलाई पनि आफ्नो जातिको इतिहास, भाषा र संस्कृतिका बारेमा धेरथोर चासो हुनु स्वाभाविकै हो | यसरी कुरा गर्दा वा सरोकार राखिदा जातिवादी होईन्छ होईन्न त्यसबारे यस लेखकले कुनै सरोकार राखेकै छैन किनभने आफ्नो जातिको अर्थात् अझ स्पस्ट भाषामा भन्ने हो भने आफ्नो पुर्खाको गौरवमय इतिहास, छुट्टै स्वतन्त्र भाषा र विशिष्ट संस्कृति यसै पनि सधै प्रिय र मीठो लाग्दो रहेछ | यस्तै लागेको छ मलाइ पनि | र, यस्ता कुरा उठाउनु ठीक हो होइन त्यसबारे छुटै वहस गर्न सकिएला |

आज २१सौं शताव्दीसम्म आइपुग्दा पनि सम्पूर्ण मगर समाज अझै विकासशील अवस्थामा नै रहदा यस समाजका बारेमा अलिकति चिन्तन मनन गरिदो रहेछ यसै पनि | कम्तिमा पनि मलाइ त यस्तै हुने गर्दछ`| तर, प्राज्ञिक अभ्यासमा यसप्रकार खास जाति विशेषको आग्रह गरिनु वा कुरा उठाउनु आफैमा उपयुक्त-अनुपयुक्त जे भए पनि दक्षिण एशियामा मगर जातिको प्राचीनता के र कति भन्ने बारेमा सरोकार राख्दै आएका कारण पनि यसबारेमा धेरथोर लेख्ने प्रयत्न गरेको छु मैले आज |

त्यसो त मगर जातिको मानवशास्त्रीय अध्ययन-अनुसन्धान स्वयम् सम्बन्धित विद्वानहरु अर्थात् 'नेटिभ लेखक'हरुबाट हुदा सार्है राम्रो हुने हो तर त्यस्तो भै सकेको जस्तो लाग्दैन | खुद हाम्रा मगर जानिफकार वा अग्रजहरुबाट नै सूचना र तथ्य वा प्रमाण हासिल गरेर बाहिरका अरुहरुले केही अध्ययन गरिदिएकाछन वा लेखिदिएका त्यो पनि राम्रै भएको छ | अनि हामी तत्त अध्ययन-अनुसन्धान बढी रुचीका साथ पढ्ने गर्दछौ | वस्तुतः हामी त्यस प्रकारको अध्ययन-अनुसन्धानलाइ स्वीकार गर्दछौ, गर्दै आइरहेका पनि छौ |

हिमाली क्षेत्रका सबैजसो आदिवासी जनजातिका कुरा यस्तैयस्तै छन | आफ्नो कुरा बाहिरका अरुले लेखिदिएका छन | यस्तो स्थितिमा ति बाहिरियाहरुले गरेका व्याख्यान विश्लेषणमा यताउता भएका खण्डमा अफ्ठ्यारो हुन् जानु स्वाभाविकै हो | यस्तो चाहिँ एकजना जापानी विद्वान् जिरो कवाकिताले लेखेका "पहाडका मगर जाति र उनका छिमेकीहरु : गङ्गा नदीको समथर मैदान आसपासका पहाडी जातिहरु - १९७४ " (THE HILL MAGARS AND THEIR NEIGHBOURS: HILL PEOPLES SURROUNDING THE GANGES PLAIN - 1974 ] नामको किताबमा अलिकति नमिल्ने खालका कुराहरु पनि परेकाले त्यसबारे विरोधको स्वर सन् १९९० को दशकतिर पनि उठेको थियो |

अब यसकुरालाइ यहि छाडेर मगर जातिको प्राचीन इतिहासका कुरा गरौ | मगर जातिको प्राचीन इतिहास के कस्तो थियो त ?

महाभारत र पुराणमा मगरका कुरा :
_______________________

केही भारतीय तथा पाश्चात्य विद्वान्हरुले मगर जातिको उल्लेख महाभारतमा पनि भएको कुरा औल्याएका छन् | विश्व प्रशिद्ध हारभार्ड विश्वविद्यालयका प्राध्यापक तथा विख्यात इन्डोलजिष्ट माइकल वित्ज़लका अनुसार मगरहरु महाभारतकालमा नै चिरपरिचित थिए भन्ने लेख्नु भएको छ | किनभने महाभारत महाकाव्यको भाग ६ अध्याय १२ का ३३ र ३४ श्लोकहरुमा हालको हाम्रो मगर जातिलाइ सम्बोधन हुन सक्ने क्रमश: 'मगाश र मगा" भन्ने दुइ नाम शव्दहरु आएका छन् | जस्तै :-

३३. तत्र पुण्या जनपदाश चत्वारॊ लॊकसंमताः
मगाश च मशकाश चैव मानसा मन्दगास तथा

३४. मगा बराह्मणभूयिष्ठाः सवकर्मनिरता नृप
मशकेषु तु राजन्या धार्मिकाः सर्वकामदाः

अब यहाँ कुरा के पनि आउछ भने स्वयम महाभारतको प्राचीनता कति हो त ? यसबारेमा भारतीय विद्वानहरुको मतानुसार महाभारतको युद्ध ३१३९ इशा पूर्व अर्थात् ५,१५१ वर्ष पहिले भएको थियो | तर यो मितिमा विवाद रहेको छ हालसम्म पनि | पाश्चात्य विद्वानहरु के अनुमान लगाउदछन् भने महाभारत महाकाव्य ९०० इशा पूर्व अर्थात् चानचुन २९०० वर्ष पहिले लेखिएको हो | ति माथि उल्लेख भएका " मगाश र मगा" ले आजका मगर जातिलाइ सम्वोधन गर्ने नगर्ने बारेमा थप विश्लेषण हुनु बान्छनीय छ | यसबारे छुट्टै चर्चा पछि गरिने छ |

यसबाहेक 'मंगर' नाम शव्द कुर्म पुराण को ४९:३६ सौ श्लोक र विष्णु पुराणको २. ४. ६९ श्लोकमा पनि प्रयोग भएको छ | भारतीय विद्वान् राधाकृष्ण चौधरीले यी पुराणहरुमा आएका 'मंगर' शव्दले हालका मगरहरुलाई बुझाउने कुरा लेख्नु भएको छ |

No comments:

Post a Comment