Thursday, November 29, 2012

मातृभाषाविहीन बन्दै वरपौवाका मगर समुदाय



भरतपोखरी–५, वरपौवाका ७३ वर्षीय यामबहादुर वरगाउँले रानालाई मगर भाषा बोल्न त राम्ररी नै आउँछ तर, उहाँलाई साथ दिने कोही छैनन् भन्दा पनि हुन्छ ।
उहाँका पूर्खा स्याङ्जाको सिउँडीखालीबाट आएका हुन् रे । उहाँलाई मगर भाषा बोल्न मन लागेपनि कोही पनि बोल्ने साथी नपाउँदा दुःख लाग्छ रे । यी वरगाउँले रानालाई पनि पहिले मगर भाषा बोल्न नआउने रहेछ, ‘मलाई पनि पहिले त कहाँ आउँथ्यो र, म सानो छँदा मेरो बाबाले बोल्नुहुन्थेन तर, आमाले बोल्नुहुन्थ्यो । म खस कुरामा बोल्दा आमाले हप्काउनुहुन्थ्यो । त्यसपछि त, मैले पनि डरले मगर भाषामै जबर्जस्ती बोल्न थालें अनि त, सिकिहालियो’, वरगाउँले भन्नुहुन्छ । उहाँलाई वरपौवाको सांस्कृतिक पहिचान हराएकोमा चिन्ता रहेछ । ‘म सानो छँदा, प्रजातन्त्र आउनुभन्दा पहिलेकै कुरो हो, घाँटु नाचेको हेर्न जाने भन्थे, तर, अहिले त सबै लोप भइसक्यो’, वरगाउँले रानाले भन्नुभयो ।

Monday, November 26, 2012

मुख्य पहिचान मानिसको जात नै हो ।


मुख्य पहिचान मानिसको जात नै हो । भाषिक र अन्य कुरा पहिचानका मुख्य तत्व होइनन् । मानौ मगर जाति चन्द्रमा पुगे पनि उसगै उसको जात पनि जान्छ । भूमिको पहिचान वैधानिक पहिचान मात्रै हो । नेपाल छोडेर अमेरिकाको नागरिकता लिए पछि कसरी नेपाली हुन्छ ? त्यसैले भूमिको पहिचान भनेको बैधानिक पहिचान हो । त्यो वैधानिकता त्यागे पछि त्यो मानिस आफ्नै देशसंग समेत मतलब रहन्न । त्यस कारण पहिले देखि हामीले उठाउँदै आएको आदिवासी भन्ने कुरा ननइभोलुसनरी कुरा हो । एउटा सामान्य व्यक्ति पनि आदिवासी विश्वविद्यालयको प्राध्यापक पनि आदिवासी त्यो इभलुसन हुने कुरा होइन । आफ्नो भेषभुषा सहित हिड्ने पनि बाहुन प्रधानमन्त्रीको कुर्चीमा बस्ने पनि बाहुन यस्ता अनेक कुरा छन् जसको इभलुसन छैन । यो कुरा बुझेर नै यहाँ एकल जातीय हैकम छ र त्यसको मुक्तिको लागि अगाडि बढ्न पर्छ भन्ने कुरालाई हामीले सुरु देखि उठाएका थियौ । समयको अन्तरालमा त्यो कुरा किनारा लागेको छ । एकल जातीय राज्य माग्नेहरु अगाडि बढे । तर त्यो प्राप्त हुन नसकेको वस्तुस्थिति यहाँ देखिन्छ ।

Saturday, November 24, 2012

महायोद्धा कुलबीर थापा मगर भी. सी, नेपालीलाई संसारभर चिनाउने सबभन्दा पहिलो व्यक्ति !

Photo: बोस्टन मगर समाज
___________________

आज हामी सबै नेपालीलाई इमान्दार,वीर र पराक्रमी जाति भनेर सारा सन्सारलाई चिनाउने सबभन्दा पहिलो व्यक्ति "महावीर कुलबीर थापा मगर भी. सी."का बारेमा पनि मगर जातिको उत्थान र प्रगतिका निम्ति लागि परेका संघसंस्थाहरुले किन केही नगर्ने?
http://www.london-gazette.co.uk/issues/29371/supplements/11450
 ______________________________________________________

महायोद्धा कुलबीर थापा मगर भी. सी, नेपालीलाई संसारभर चिनाउने सबभन्दा पहिलो व्यक्ति !
by बोस्टन मगर समाज on Thursday, August 18, 2011 at 12:04pm 
____________________________________________________

निगल पानी पाल्पामा जन्मेका कुलबीर थापा मगर (जन्म: डिसेम्बर १५, १८८९ - मृत्यू: अक्टोबर ३, १९५६ ) बेलायती सेनाको सर्वोच्च तक्मा "भिक्टोरिया क्रस" अर्थात् भी. सी. पाउने पहिलो नेपाली हुन | यस हिसाबले विश्व प्रशिद्द वीर गोर्खाली भनेर सम्पूर्ण नेपालीलाई आज संसारभर चिनाउनेमा उनी सबभन्दा पहिलो व्यक्ति हुन भन्नुमा कुनै अत्युक्ति नहोला |

यी महायोद्धा महावीर कुलबीर थापा मगर पहिलो विश्व युद्दका दौरान २५ सेप्टेम्बर १९१५ का दिन जर्मनहरुका विरुद्ध फ्रान्समा लड्दा घायल भए | उनले आफ्नो घाउको कुनै पर्वाह नगरी अरु घाइते साथीहरुलाई जर्मनहरुको बन्दुकको नोकबाट बचाएर ल्याए बापत उनको त्यो असाधारण बहादुरीका निम्ति सो भी. सी. प्रदान गरिएको हो |

लडाई लड्दै जादा जर्मन ट्रेन्चको अगाडीबाट एकजना घायल बेलायती सेना र अन्य २ जना गोर्खा सेनालाई सुरक्षित स्थानमा ल्याएर राखे बापत जर्मन सेनाहरु उनको त्यो उदाहरणीय सहाश , आत्म-वलिदान र अद्भुत मानवीय कर्तव्य परायणताका कारण छक्क परे | उनलाई उनीहरुले त्यही खत्तम गर्न सक्थे !

तर त्यसो नगरी उनको यो वीरगाथा 'जर्मन सेनाको हाइ कमान्ड'ले 'अज्ञात गोर्खासेना'को नाममा समर्पण गरीकन लेखेर राखे | शत्रु पक्षले आफ्नो मुलुकको निम्ति लड्ने गोर्खाली सेनाका बारेमा यस्तो कुरा लेखेको थाहा पाएर तत्कालिन बेलायतका राजा जर्ज पाचौंले उनलाई बकिंघम राज दरबारमा बोलाएर सो भी. सी. तक्मा प्रदान गरे |

यी महावीर योद्धाको फोटो पाउन सकिएन | तपाईहरु मद्धे कसैसंग भए पोस्ट गर्नु हुन हार्दिक अनुरोध गर्दछौ |

स्रोत : संक्षिप्त मगर इतिहास, द लण्डन गजेट र विकिपिडिया
___________________

आज हामी सबै नेपालीलाई इमान्दार,वीर र पराक्रमी जाति भनेर सारा सन्सारलाई चिनाउने सबभन्दा पहिलो व्यक्ति "महावीर कुलबीर थापा मगर भी. सी."का बारेमा पनि मगर जातिको उत्थान र प्रगतिका निम्ति लागि परेका संघसंस्थाहरुले किन केही नगर्ने?
http://www.london-gazette.co.uk/issues/29371/supplements/11450

निगल पानी पाल्पामा जन्मेका कुलबीर थापा मगर (जन्म: डिसेम्बर १५, १८८९ - मृत्यू: अक्टोबर ३, १९५६ ) बेलायती सेनाको सर्वोच्च तक्मा "भिक्टोरिया क्रस" अर्थात् भी. सी. पाउने पहिलो नेपाली हुन | यस हिसाबले विश्व प्रशिद्द वीर गोर्खाली भनेर सम्पूर्ण नेपालीलाई आज संसारभर चिनाउनेमा उनी सबभन्दा पहिलो व्यक्ति हुन भन्नुमा कुनै अत्युक्ति नहोला |

"खसहरु वास्तवमा मगरहरुको सन्तति हुन"

 - प्रा. राम निवास पाण्डे
________________-______

अहिलेको दैलेख दुल्लु क्षेत्रलाई मगर जातिको आदिथलो अर्थात् पहिल्यै देखिको वासस्थानको रुपमा लिन पनि सकिन्छ | त्यहाँ पनि प्रशस्त मगरहरु वसोवास गर्दछन् | ह
ुन त त्यस क्षेत्रमा खसहरुको संख्या पनि कम छैन | खसहरु पनि मगरको सन्तति हुन भन्ने लेखिएकाले दैलेख दुल्लु क्षेत्र पनि मगरहरुको आदिथलो हो भनेर त्यस क्षेत्रमा वसोवास गर्ने हालका मागहरुको दाबी रहेको छ |

बल्ढेङगढी राज्यका संस्थापक बलिहाङ रानामगर, दर्शैंपछि तिहारमा खेलिने द्यौंसी भैलो र मृत्यूलोकका यमराजको नियम

[यो तल टासिएको नोट त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका इतिहास विभागका प्राध्यापक डा. राजा राम सुबेदीको 'मगर जातिको नालिबेली ' भाने शीर्षकको लेखबाट लिएको हो | सो लेखमा समग्र मगर जातिको बारेमा रोचक सूचनाहरु समावेश गरिएको छ | तर, यो नोटमा चाहिँ यहाँ सुहाउँदो किसिमले काटछाट गरेर टासिएको छ | विद्वान प्राध्यापकको सो लेखमा उल्लख गर्नु भएको कतिपय कुराहरुसंग सहमत हुन नसकिने अवस्था पनि छ | त्यो छुट्टै वहसको विषय हो | पुरै लेख हेर्नका निम्ति यहाँ https://docs.google.com/viewer?a=v&pid=sites&srcid=ZGVmYXVsdGRvbWFpbnxyYW5hMTYxNnxneDozMGYzZDJiMWVjNWZjNmNi क्लिक गर्नु होस् |]

प्रा. राजा राम सुबेदी


* मिहीरकुलका सोझै सन्ततिहरु मगर कहिन थालेपछि पनि उनीहरुका विभिन्न थर र उपथर रहन गए । उदाहरणको लागि आलेमगरका २४६ थर घर्ती मगरका ४९ थर, थापामगरका ५५३ थर पुनमगरका ५३ थर, बुढाथोकी मगरका २६ थर, रानामगरका १८६ थर गरी हालसम्म प्राप्त जम्मा १११३ थरका मगरहरु नेपालमा बसोवास गर्दछन् ।

दक्षिण एसियाको इतिहासमा मगर जातिको प्रचीनताको प्रश्न


_____________________________
लेखक बि. के. राना (इमेल <langhalipariwarcambridge@gmail.com>)

दक्षिण एसियाको हिमाली मुलुक नेपालमा विभिन्न जातजातिका मानिसहरु बसोबास गर्दछन् | उनीहरु मद्धे मगर जाति मुलुकको एक प्रमुख जाति हो | सरकारी तथ्यांकका हिसाबले भन्ने हो मगर जाति नेपालको तेश्रो ठूलो संख्या भएको जाति हो | तर, सम्बन्धित विद्वान् वा समुदायका अग

ुवाहरुले यो सरकारी तथ्यांकलाइ सही मानेका छैनन् | खैर, यस विषयमा कुरा गर्दै गरौला पछि कुनै अर्को लेखमा | आज एउटा छुट्टै प्रसंग, छुटै चर्चा गरौ जस्तो लाग्यो |

Friday, November 23, 2012

अपभ्रंश तरिकाले ठाउको नामहरु परिवर्तन!!!


आदरणी सम्पूर्ण १८ मगरात क्षेत्रका मगर बुद्धि जीबी समाजशेबी साथै जाति र भाषाप्रति चासोराख्ने आस्था राख्ने साथि हरुसँ मैले के स्पट गर्न गै रहेकोछु भने ! हाम्रो मगरहरुको लेखित इतिहाँस हरु कहिँ कतै पाएको छैन ! र कता कतै अलिअलि भएतापनि मौखीकमा मात्र  सिमित भएको पाइन्छ! त्येस कारणले अब इतिहाँस बंचाउने बाटोहरु असम्म प्रसस्तै छन ! र त्यो लाइ पनि सममा नै संम्रक्षण गर्नु सकिनौ भने हालका एकाधिकार बाद राज्येसट्टाका हरुले हाललाई जुनअबैध तरिकाबात अपभ्रमष तरिकाले ठाउको नामहरु परिवर्तन बात हस्तक्षेप गरि राखेकैछन त्यो हो अब हेरौ तल !

Wednesday, November 21, 2012

लन्डन पुग्ने मगर सिंहदरबार देख्दैन

गोरे बहादुर खपांगी मगर
मगरलाई जाग, उठ र अघि बढ भनेर म गाउँगाउँ गएँ । सुतेको मगर उठ्यो, अनि फेरि सुत्यो । मैले फेरि उठाएर अलि परको मान्छे देखाएँ । ल भन त्यो को हो ? मगरले भन्छ, त्यो त बाहुन हो । अनि मैले भनेँ, त्यो बाहुन हिँडेर कहाँ पुगिसक्यो, तँ भने सुतिरहेकै छस्, अनि कहाँबाट हुन्छ तेरो उन्नति ।
मगरमा राजनीतिक परिपक्वता छैन । एउटा गुल्मीको मगर, अर्को सिन्धुलीको मगर उठेर सीधै लन्डन जाने सपना देख्छ । लन्डनमा घर बनाएर बस्छ । तर, आफ्नै देशको सिंहदरबार पुग्ने सपना कहिल्यै देख्दैन । समस्या यहीँ छ । जनजातिमा साँच्चै संज्ञानताको अभाव छ । होइन भने एकीकृत नेकपा माओवादीमा अन्याय भयो भनेर रामबहादुर थापा बादलको पहलमा पार्टी फुट्यो । पुरानो पार्टीमा बादल भन्दा तल रहेका सिपी गजुरेललाई नयाँ पार्टीमा बादल भन्दा माथि राखियो । तर, बादलको कुनै प्रतिक्रिया छैन । किनकि, राजनीतिक परिपक्वता छैन, लाहुर जाने सपना छ, सिंहदरबार ताक्ने योजना छैन ।

अब सुनौ तिहारको काहाँनी ।

Khadak Bahadur Budha Magar

 फ ऐ लो, को अर्थ हो, लाई बंचा युऊ। वा ,लाई बंचायो । र, घे ऊ को अर्थ हो ठूलो, स,को अर्थहो धर्म र रि को अर्थहो को, र , घे ऊ स रि। धर्मातको। भन्ने हुन्छ,र बलि नाम, र हांङ राजा, इतिहाँस बिद श्री MS, थापा मगर दोवारा लेखित प्राचीन मगर अख्खालिपि पुष्तकमा भन्नु भएकोछकी लिक्ष्क्षिबि काल समयमा बोल्ने बैषाली
 भाषा र हालका मगर भाषा हरुमा धेरै मेलखान्छ भनेकाछन। र त्यो समयका शाशक हरुपनि हालका मङगोल मँगर वा मगर हरुकै पुर्खानै थिए किनकी मगर भाषामा डी को अर्थ पानी हुन्छ र ज़मुना न डी भन्नुनै हाम्रै पूर्खा हरुले राखेको नाम हुनुपर्छ भनेर दाबि गर्नु भएकोछ।

भाषिक र साँस्कृतिक अतिक्रमण



२०६७ भदौ ९ गते कान्तिपुरमा प्रकाशित मगरहरूले जनै फेरे भन्ने समाचार पढे पश्चात केही लेख्न मन लाग्यो । र, तपाईकै कान्तिपुरमा प्रकाशनको लागि पठाएको छु । प्रो. राजनाथ पाण्डेले प्राचीन कालमा मगरलाई ‘मंगल भनिन्थ्यो । मगरहरू मंगोल जातिको हाँगा भएकोले उनीहरूलाई ‘मंगल भनिनु स्वभाविकै हो । पछि अप्रभंशवस मंगलवाट ‘मगर भनिएको हुनसक्छ । सिक्किममा पहिले मगरहरूलाई ‘मंग

र भनिन्थ्यो । सिक्किममा मगर नामाकरणको विषयमा मगरहरू ‘माङ्क वा मङ्क वा मङ्कोलको सन्तानहरू भएकोले ‘मगर शब्द रहन गएको भन्ने विश्वास गरिन्छ । चिनियाँ र वर्मेलीहरू ‘माङ्क वा मङ्कलाई ‘मंगोलियन भन्ने गर्दछन् र ‘अर वा अरूई भन्नाले ‘सन्तान सम्झन्छन् । यसैले ‘माङ्क र अर वा मङ्क र अर बाट ‘माङ्कर वा मङ्कर हुन जान्छ । ‘मंगरको अर्थ ‘माङ्क वा मङ्क वा मंगोलको सन्तान जनाइने हुनाले ‘मगर भएको हुन सक्छ । (लाफा ०४९, वर्ष १, अंक १)

मगर….र मगरहरु को धर्म....


विश्वमा परापुर्वकाल मा मानिसको तिनवटा रंगका महाजाति हरु थिए! निग्रो,कौकसस र मंगोलियन एसियाको मध्ये भागमा मंगोल बंशको मानिसहरुको बसोबास थियो! मानब विकास को साथै राष्ट्र निर्माणको क्रममा चीनको उत्तर मा मंगोलिया भन्ने देश आज पनि बिधमान छ भने २००० बर्ष पहिले भारत को विहार मा मगध भन्ने देश थियो! मंगोलजति हरू आजभन्दा लगभग ३५००-४००० बर्ष अगाडि पशु-
पालन गर्दै
  दक्षिणी भागतिर सार्दै आएका हुन। पामिर को पाठर बाट तिब्बत को उत्तरी भाग
  सम्म ठुलो भु-पर्लय भए को थियो भन्ने कुरा चिनिया बिर्तान्तमा उल्लेख गरेको पाईन्छ।यस्तो भु-पर्लय आज भन्दा लगभग ४००० बर्ष अगाडि भएको हुनुपर्छ भन्ने कुरा भु-गर्वबिदहरु बतउछन। यस्तो बिपत्ती बाट बाँच्न को लागि त्यस क्षेत्र र आसपास का मंगोलायी हरू द्क्षिणी भागतिर सर्दै आएका थिए भन्ने सहजै अनुमान गर्नसकिन्छ। संस्कर,सस्किर्ती समय परिस्थिती अनुसार परिवर्तन् हुने भएको ले यी मंगोलयी जतिहरूमा पनि परिवर्तन हुँदै आएको हुनुपर्द्छ।

जब मगर भाषालाई उनीहरुले 'मगरी' अथवा 'मागरी' बनाईदिए ।


______________________________________________

सन् 1901 मा भारतमा गरिएको जनगणना अनुसार दार्जिलिंगमा 11,174 सिक्किमका 2,440 मागरहरुमद्धे 2,034 जनाले मातृभाषाका रुपमा मगर कुरा बोल्दथे । यसैगरी चटगाउ हिलमा 25 जनाले, जलपाइगुडीमा 3,214 र चम्पारनमा 214 जनाले मगर कुरा बोल्दथे । उता आसाममा पनि 1, 815 जनाले आफ्नो मातृभाषा मगर भएको जनाएका थिए । आसामकै नागा हिल्समा 659 जनाले मगर कुरा बोल्दथे भन्ने पनि लेखिएको छ । यो कुरा भारतको भाषिक सर्वेक्षण, तेश्रो ग्रन्थमाला , भाग 1 को प्रतिवेदन 1909 मा उल्लेख छ । आज भन्दा 112 वर्ष पहिलेको यो तथ्यांकले मगरजातिको वितरण हिमाली क्षेत्र मा पूर्व तिर बढी भएको जनाउदछ । त्यहि प्रतिवेदनमा के पनि लेखिएको छ भने 'मगरहरु नेपालको सबै जसो भागमा बसोबास गर्दछन । उनीहरु दार्जीलिंग, सिक्किम र बङ्गालको अन्य जिल्लाहरु लगायत आसाममा पनि बसोबास गर्दछन भन्ने लेखिएको छ ( Grierson - 1909- 206 - 213) ।

त्यो भाषिक सर्वेक्षण भारतमा मात्र गरिएको हुदा नेपालका के कति मगरहरुले मगर कुरा बोल्दथे भन्ने बुझ्न सकिदैन । तर त्यो प्रतिवेदनमा एउटा मगर भाषाको हिज्जे, व्याकरण र लोककथाको एउटा नमुना पेश गरिएको छ । त्यो नमुना चाही ' नेपाल दरबार' अर्थात् राणाकालीन नेपाल सरकारले पठाएको थियो । (संलग्न फाइलको लिंक खोलेर हेर्नु होस् https://docs.google.com/viewer?a=v&pid=sites&srcid=ZGVmYXVsdGRvbWFpbnxyYW5hMTYxNnxneDo1NTc4NmIyMGJiNWQwMWUx ) ।

सोही प्रतिवेदनमा लेप्चा लिपिको हिज्जे, व्याकरण र एउटा लेखोटको नमुना पनि पेश गरिएको छ । र, लेप्चा लिपि लेप्चा राजा चकदोरले प्रचलनमा ल्याएका हुन् भन्ने पनि लेखिएको छ ।

धन्यवाद,

Monday, November 19, 2012

महाभारत र पुराणमा मगर जातिका अस्पष्ट कुरा



____________________________________

मगर जाति दक्षिण एसियाकै अत्यन्त गौरवशाली इतिहासको धनी, अति प्राचीनतम जातिहरुमद्धे एक हो भन्ने कुरामा कुनै विवाद छैन | मगरहरुको राजपाटकोबारेमा महाभारतमा समेत उल्लेखगरिएको छ | मगर जातिको मौलिक भाषाले यो कुरालाइ प्रमाणित गर्दैन।

Sunday, November 18, 2012

मगर जातिको आफ्नो भनिएको 'अक्खा लिपि'बारे एउटा सानो टिपोट


______________________________
______________

श्री एम. एस. थापा मगरद्वारा लेखिएको 'प्राचिन मगर र अक्खा लिपि' (प्रकाशित मिति २०४९ फागुन २० (मार्च १९९३) का बारेमा केही लेख्नु पर्ने आवस्यकता देखियो र सोहि अनुरुप आज यहाँ केही लेखिएको छ | कुरा नौलो छैन, पुरानै हो तर
नया आग्रह के हो भने यस पुस्तकका बारेमा मिल्छ भने थप बहस पनि चलाइयोस | यो पुस्तक
प्रकाशित भएपछि 'गोरखापत्र दैनिक ' तथा 'द राइजिंग नेपाल' जस्ता मुलुकका विभिन्न प्रमुख पत्रपत्रिकाहरुमा उतिबेलै केही चर्चा परिचर्चा भैसकेको हो | आज यस टिपोटमा सो पुस्तकबारे छोटो टिप्पणी गरिने छ |

मगर जातिको उत्पत्ति : एक विवेचना - १


__________________

सब भन्दा पहिलो 'मगर' कहाँ जन्मे होलान ? यस प्रश्नले मगर जातिको उत्पत्तिको कुराको उठान गर्दछ | मगरहरुले कसरी आफुलाई मगर भन्ने नामाकरण गरे होलान वा यो 'मगर' भन्ने नाम कसले दिए होलान ? 'मगर' भन्नाले 'मगर जाति' विशेष मात्र बुझिन्थ्यो वा कुनै 'राष्ट्र' पनि बुझिन्थ्यो
? भन्ने प्रश्नहरु पनि उत्तिकै गम्भीर छन् | यी प्रश्नहरुको सजिलो उत्तर हामीसंग छैन |

कुनै जाति विशेषको उत्पत्तिको विषयमा कुरा चल्दा तीनवटा कुराहरुमाथि ध्यान दिनु आवस्यक हुन्छ | ति हुन :

१) शारीरिक बनौट,
२) भाषा र,
३) संस्कृति |

Saturday, November 17, 2012

THE HIMALAYAN TALK: KHADKA ALE SPEAKS ON DEVELOPMET EFFORTS IN REMOTE NEPAL.


Talk With BK Rana Magar (E.04) - Magars In History Of Nepal


विकटमा बसेर विकास खोज्ने , को हुन् ति खड्क आले मगर ?


BIO DATA of Khadka Ale Magar

नामः– खडक बहादुर आले मगर
उपनामः–“ट्याहाङच” “मिझार” “अबिरल ” आदि ,
जन्ममितिः– २०२८ बैशाख ४गत्ते
जन्मस्थानः– कोटा ७ जमडाडा तनहूँ
बुबाः– चन्द्र बहादुर आले मगर
आमाः–हिरा माया आले मगर

Wednesday, November 14, 2012

आदिवासी जनजातिको परिभाषा तथा वर्गिकरणः विश्वव्यापी परिभाषा अनुसार



1) कुनै पनि राष्ट्र वा देश स्थापना हुनुभन्दा अगाडी त्यहाँको भूभागमा वसोवास गर्दै आएकालाई आदिवासी जनजाति भनिन्छ ।
2) विश्वका सबै आदिवासी जनजातिको पृथक भाषा, धर्म, संस्कृति, रितिरिवाज र मौलिक परम्परा हुन्छनु
3) विश्वका सबै आदिवासी जनजाति राज्यसत्तामा प्रभुत्व विहिन अवस्थामा हुन्छन् ।
4) नेपालको सन्र्दभमा गोर्खा राज्य (नेपाल राज्य

को प्रारम्भिक नाम) स्थापना हुनुभन्दा अगाडी नै नेपालको भूभागमा वसोवास गर्दै आएका हिन्दु वर्णाक्रममा नपर्नेलाई नेपालका आदिवासी जनजाति भनिन्छ ।

Monday, November 12, 2012

मगरहरुले किरातहरुसंग किन जताभावी "माफी वा क्षमा" माग्ने?


बोस्टन मगर समाज [BMS]
1 Cypress Road
Brighton, MA 02135
Federal Employer Identification Number: 001041340
Email: bostonmagarsociety@gmail.com
Facebook:http://www.facebook.com/bsamaja:
http://www.facebook.com/pages/Boston-Magar-Society-BMS/189401714410147

---------- Forwarded message ----------
From: B. K. Rana & Langhali Pariwar Cambridge <langhalipariwarcambridge@gmail.com>
Date: 2012/11/12
Subject: मगरहरुले किरातहरुसंग किन जताभावी "माफी वा क्षमा" माग्ने ?
To: Boston Magar Society <bostonmagarsociety@gmail.com>

मगरहरुले किरातहरुसंग किन जताभावी "माफी वा क्षमा" माग्ने ?
________________________________________________

आज फेरी खसखस लागेर आयो । लेख्न खासै मन त थिएन । तर कुरो के भने शाह राजाहरुको राष्ट्रिय एकिकरणको अभियानका दौरान मगर बीरहरुले पूर्वका '9 लाख किराँतहरु' लाई खत्तम गरेका हुनाले हालका मगरहरुले त्यसनिम्ति "माफी वा क्षमा" के माग्नु पर्ने त्यो माग्नु पर्ने भन्ने गोपाल किरातीहरुले माग गरेअरे भन्दैमा एकजना मगर नेता अर्थात माओवादी नेता राम बहादुर थापामगर (वादल)ले कुनै सार्वजनिक सभामा सम्पूर्ण मगरहरुका तर्फबाट उनले एक्लै "माफी वा क्षमा" मागेअरे भन्ने कहिँ कतै पढियो । यो कुरो के हो ? साँचो हो ? कि होइन ? कोहि छ जवाफ दिने ?

Sunday, November 11, 2012

Lalita Thapa & Sabita Rana......Kauda Magar Naach

magar kauda dance

"भाइटिका" शुभ-दीपावली !!!

* भाइटिका पनि आइपुग्यो होला हाम्रो गाउघर-आगनीमा......अनि फुलेका होलान चारैतिर सप्तरंगी फुलहरु....रमाउदै होलान साथि-संगी गाउघरमा.......!
दिदि-बहिनीले भाइटिका लगाईदीदै मखमली फुल नओलाए सम्म,तेलको थोपा नसुके सम्म र हरियो दुबो सरि सधै अमर-अजम्बरी हुनु भनि आफ्ना दाजु-भाइलाइ कामना गर्छिन साथै हामी दाजु-भाइले सधै बहिनिको रक्षा गर्ने बाचा गर्दछौ| साझमा चारैतिर झिलिमिली रंगीबिरंगी घर-घरमा बलेको बत्ति, दियोहरुले पुरा गाउ-हर भरि नै खुसिको उज्यालो छर्छ,अझ सेल रोटिको मगमग मिठो वासनाले मनै लोभ्याउछ र सुनमा सुगन्ध त तब थपिन्छ जब देउसी-भैलो खेल्दै थुप्रै साथीहरु आ-आफ्नै रमाइलो- मिठो पाराले भट्याउछन् ...""आहै भन-भन भाई हो...-देउसीरे...! ऐ राम्ररी भन...-देउसीरे...!आहै स्वर मिलाईकन..-देउसिरे....!! अनि विभिन्न गित-संगीत र मादलको तालमा नृत्य गर्दा कति रमाइलो लाग्छ मनै फुरुङ्ग नाचू-नाचू झैँ हुन्छ| यी सबैकुरा अहिले सम्झनामा मात्र सिमित भएको छ मनमा धेरै सपना बोकी म जस्तै आफ्नो घर-परिवार र देश नेपाल छोडी विदेश जाने लाखौ युवा-युवती साथीहरुको लागि......तर सबैको मन नेपाल चाडै फर्केर आफ्नो परिवार,साथीभाई संग संगै बसी यी रमाइला चाडहरु मनाउने धोको सजाई घर फर्किने दिन गन्दै छन् होला कामना गर्छु सबैको चाहना पुरा होस्.........!!शुभ-दीपावली !!!
*B.R. THAPA MAGAR*

Thursday, November 8, 2012

Sherpa Who Led Neil Armstrong To Moon Dead At 71

 

May 1, 2009 | ISSUE 45•18 | More News

ST. PETERSBURG, FL—Phurba Dorje, the lunar Sherpa guide who blazed the trail for the Apollo 11 astronauts and made it possible for Neil Armstrong to become the first white man to set foot on the moon, died peacefully in his sleep Monday in his Florida apartment. He was 71.
Dorje, whose career with the U.S. space program spanned more than a decade, carried provisions, equipment, and solid rocket fuel on 13 missions in the 1960s and 1970s, but is best known for guiding Armstrong and his crew to Tranquility Base in 1969.

Tuesday, November 6, 2012

नेपाल मगर संघ केन्द्रिय समितिको २०१२ यताका सबै सदस्यहरुको नामावली


नेपाल मगर संघ

१ दशौं महाधिवेशन २०६८ तम्घास गुल्मी
  १  अध्यक्ष महेन्द थापामगर
 २  बरिष्ठ उपाध्यक्ष तुलाराम घर्तीमगर
  उपाध्यक्ष महिला श्याममाया पुनमगर 
उपाध्यक्ष बाह्रमगरात देवबहादुर थापामगर 
उपाध्यक्ष अठारमगरात कर्ण बहादुर बुढामगर 
उपाध्यक्ष पुर्वाञ्चल गंगा बहादुर थापामगर 
उपाध्यक्ष मध्यमाञ्चल चित्र बहादुर लुंगेलीमगर 
उपाध्यक्ष पश्चिमाञ्चल बालसिंह काउचामगर 
उपाध्यक्ष मध्यपश्चिमाञ्चल गुरुप्रसाद घर्तिमगर 
१० उपाध्यक्ष सुदुरपश्चिमाञ्चल तेज तारामीमगर 
११ उपाध्यक्ष काईके ==== 
१२    महासचिव नविन रोकामगर
 १३    सचिव ओम थापामगर 
१४    सचिव संगठन ज्ञानेन्द्र पुनमगर 
१५    सचिव विदेश रक्षबहादुर रैकामगर 
१६    सचिव संचार माधवकुमार दर्लामीमगर 
१७    कोषाध्यक्ष क्या कुलप्रसाद पुनमगर

Sunday, November 4, 2012

मगरहरूको परम्परागत शासन – पञ्चतालुक/पञ्चअमालमा सञ्चार प्रणाली


बम कुमारी बुढा मगरबम कुमारी बुढा मगर
[ .]मगर, आदिवासी जनजातिहरूमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको समुदाय हो । २०५८ सालको जनगणनाअनुसार मगरहरूको जनसङ्ख्या १६ लाख २२ हजार ४२१ छ । सोही जनगणनाबाट ‘खाम’ भाषालाई मगरको मातृभाषाको रूपमा स्थापित गरियो । तर, १८ मगरात क्षेत्रमा बोलिने भाषा ‘पाङ’ हो । यो समुदायभित्र विविधता छ । ठूलो भूगोल ओगटेको यो समुदायमा भाषिक, सांस्कृतिक, भौगोलिक, प्रथालगायत हरेक दृष्टिले यो समुदायभित्र विविधता पाइन्छ ।

स्वदेशको माया बिदेशको चेलि, हुदैन देशमा परिवर्तन ब्राह्मणवादलाई नउखालि ।


कमला थापा मगरकमला थापा मगर
[ पल्मस्ट्रिट बेलायत]
हामी नेपाली हौ, हाम्रो देश नेपाल हो , हामी गर्ब गर्छौ नेपाली हुनमा जहाँ बुद्ध जन्मेको देश , संसारको सबैभन्दा अग्लो चुचुरो हिमालले संसारलाई चिनाएको देश , जहाँ चार जात छत्तिस बर्णको फुल ढकमक्क फुलेको देश , हामी नेपालीको यसरी बनेको पहिचान कसैले नामेट गर्न सक्दैनन् । चाहे हामी युरोप र अमेरीकामा होस् वा अरु कुनै सुख सम्पन्न देशमा होस् जहाँ रहे पनि हाम्रो चिनारी वा हाम्रो पहिचान चाहेर पनि कसैले मेटाउन सक्दैन् । रह्यो कुरा आदिवासी जनजाति, दलित,मधेशी, महिला, मुश्लिम, आदि जाति र लिङ्ग नेपाली भएर पनि किन नेपालीबाटै ठगिएका छौं?  किन नेपालीबाट नै शोषित पिडित भएका छौं? सवाल यी कुराका हुन् ।

Saturday, November 3, 2012

Letter from BKRana–Was Jung Bahadur Kunwar a Rana Magar?



Dear AIG Sa'p,
As discussed today, for your information (FYI) on linguistic toponomic interpretation there. Particularly, on the Magars themselves.
Regards B. K. Rana

Dear All,
Some of my friends including senior professors have suggested me to circulate this letter again to other recipients also. I have therefore sent it to your address there. This article was prepared for a promising young scholar - Mahendra Lawoti, who is doing a PhD, at the University of Pittsburgh, USA. I hope you will enjoy reading this letter.20Regards,
B. K.Rana Linguistic Anthropologist
Tel: 479 054

Dear Lawotiji,

1) All Ranas in your list were Magars - I am confident. I have reasons.  Junga Bahadur declared himself a 'Rana' in about 1910 -1912 BS (I need more time to fix the exact date). Before that he was Kunwar (Magar?). Therefore, the Ranas in the list were before Junga - or there were other Rana Magars nearly 1000 years ago (as evidence show us it, we are trying to figure out more) and they had nothing to do with Rajputs of the plains ! What I mean here is that there were Rana Magars and Thapa Magars in Gorkha  and Central Nepal before Junga Bahadur came to power in 1903 BS. They were the political leaders there. Since all Ranas and Thapas hailed from Gorkha and Central Nepal - they virtually were none other than Magars by ethnicity. Bhimsen Thapa was from Gorkha and an individual can't become otherwise when he comes out from a Magar Village. This is why Magars believe him to be a Magar. But,  today's elite Thapa (Chhetris)  of Kathmandu  and of rural Nepal do not wish to be seen as a Magar.  Because Magars eat pork !!!  (But, Pun Magars do not eat any pork). And also they are impoverished ones having not been able to come to the mainstream; after the cruel killing of Abhiman Singh Rana Magar, a prominent figure for prime ministership, in Kot Massacre (1846 AD) and hanging of Martyr  (Magars believe him to be the first Martyr of Nepal) Lakhan Thapa Magar II in 1933 BS by Junga Bahadur !!! Ram Shah's effort to establish himself a descendant of Mewad (Chittaur) Household and Junga's similar attempt to be of the Maharana Pratap pedigree have been lambasted by most historians including Dor Bahadur Bista ( 1991).

मगर आदिकवि जीतबहादुर सिंजाली! Dead yet Alive WB.mov


आदिकवि जीतबहादुर सिञ्जाली मगरसंग अन्तरवार्त


म प्रति शंका गर्नु गौरव लागेको छ ।


मगर भाषा साहित्य लेखन शुरु गर्नुको पछाडि कुनै खास कारण थियो कि ?
मलाई मेरो बुबाआमाको जति माया छ त्यति नै माया मेरो मातृभाषाको पनि लाग्छ । अर्को कुरा मातृभाषा नबुझी बाँकी संसार बुझ्न सकिदैन । यतिका महत्व बोकेको मातृभाषा शासन व्यवस्था संचालन गर्नेहरुको उपेक्षामा परेपछि २०१२ सालमा मगर समाज सुधार संघको विधान बनाएर मातृभाषा लेखनमा लाग्यौं । मातृभाषाको विकास विना मगर समुदायले मात्रै हैन सिङ्गो समाजले नै प्रगति गर्न नसक्ने देखेपछि विशेष चासो लिएर लेख्न शुरु गरें ।

Thursday, November 1, 2012

जोक्चोई क्यांगडी टाहा मर्स्यांग्डी..........


चण्डी पूर्णिया बजारङ्ग डुबके आश ल्या......


देउसी भैलो खेलौ


THE HIMALAYAN TALK: UTTARA THAPA MAGAR AND HER EXTRAORDINARY ACHIEVMENT


गोरे बहादुर खपांगी मगरसंग नेपालको राजनितिबारे भिडियो छलफल (हिमाली वहस शृंखला)


राष्ट्रको लागि अब आदिवासी कुशल नेताको जरुरत छ


हुम सुनारी मगर
२०४६ सालको पहिलो जन-आन्दोलन पछि नेपालमा प्रजातन्त्रको पुनर्बहाली पश्चात आदिवासी जनजाति समुदायका केही नेताहरू ब्राम्हण नेताहरूले नेतृत्व गर्ने राजनितिक दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) लगायत केही अन्य दलहरूमा आबद्ध भए । प्रजातन्त्रको पुनर्बहाली पश्चात पनि आदिवासी जनजातिहरूको मुद्धाहरूलाई ती राजनितिक दलहरूले सम्बोधन गर्न नसक्ने संकेत पाए पछि काम्रेड मदन भण्डारीका समकक्षी गोरे बहादुर खपाङ्गी मगर र एम एस थापा मगर माले परित्याग गरे ।