Saturday, June 14, 2014

टेरियाले भनेकी थिईन ........जि टिभिको टोली सँग नेपाल आउदा...



→चार महिना ईन्डियामा बस्दा निकै आत्तीएकी थिए नेपाल आउन लाई । अब एउटा खुसी लिएर आएको छु । मलाई भोट गर्नु होला म अर्को खुसी लिएर आउनेछु ।

बिश्व कप फुटबलमा रमाईरहदा यता नेपालकी छोरी टेरिया लाई भोट दिन छुट्ला नि....? अब टेरियाको जादुमय कलाले मात्र पुग्दैन उनलाई धेरै भन्दा धेरै भोटको आबश्यकता छ । हाम्रो भोट नै उनको सफलता हो । उनको सफलता नै राष्ट्रको गौरब हो । यति बेला सानी मायालु नानी टेरिया मलिन अनुहार लिएर तपाई हाम्रै आशा र भरोषामा छिन । उनको आशा र भरोसालाई निराशामा परिणत नगरौ । त्येसैले आ आफ्नो स्थान बाट सक्दो भोट गरौ र राष्ट्रको गौरव सँग जोडिएको यो बिजय लाई तपाई हामी मिलेर साथ दिऔ । आउँनुस भोट गर्नलाई यहाँ click गरौ www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/


यदि हजुरहरु इन्डिया मा हुनुहुन्छ भने यो नम्बर १८००८३३६००७, मा मीस कल गर्न सक्नुहुन्छ ।

नेपाली फुटबल खेलाडी विमल घर्ती मगर औपचारिक रुपमै युरोपको क्लबबाट खेल्ने भएका छन् ।



बेल्जियमको फुटबल क्लब आरएससी एण्डरलेक्टले विमल घर्तीलाई एक सिजनका लागि अनुवन्ध गरेको छ । विमल युरोपेली क्लबका लागि खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन् ।

एन्डरलेक्टले विमललाई २६ जुलाई, २०१४ देखि ३१ मे २०१५ सम्म आफ्नो एकेडेमीमा रही प्रशिक्षण गर्न अनुबन्धन गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

Monday, June 9, 2014

तेरिया कसरी डीआइडीमा पुगिन्



बुटवल । रुद्रपूरको सुनगाभा चोकभन्दा १५ पाइलाजति उत्तरपूर्वमा रहेको एकतले घर पुग्ने बाटो पताकाले रंगाइएको । घरको उत्तरपट्टि टीनले छाएको भान्साकोठा, त्यसकै छेउमा गोठ । सामान्य खालको परिवार बस्ने ठाउँ, तर मानिसको चहलपहलले गाउँकै रौनक थपेको छ । ‘अहिलेसम्म यतिका मान्छे यो गाउँमै देखिएका थिएनन्, म त अचम्म परेको छु’–स्थानीय तथा बागेश्वरी संगीतालय बुटवलका यम पुनले भने । हुनपनि सडकमा आउनेजानेको भीड उस्तै । गाडीका गाडी मान्छे ओहोर दोहोर गरिरहेका । बिहीबार बिहानैदेखि सबैलाई एकखालको उमंग छाएको छ ।