Friday, October 3, 2014

मगर र दशैं सम्बन्धि केहि एतिहासिक तथ्य !!!

गोर्खाका राजा मानसिङ खड्कामगरको राज्य लुटिनु भन्दा अगाडि पनि दसैं मनाउने गरिथ्यो भनेर केही प्रतिकृया आएको हुँदा केही कुरा लेख्न मलाई वाध्य बनायो।
त्यसैले दुई चार लाइन कोर्ने जमर्को मात्र गरेको हुँ। राजा मानसिङको षडन्त्रपुर्वक हत्या हुनु भन्दा अगाडि पनि दसैं त मनाउथ्यो। तर चैत्य दसैं मनाउने चलन थियो। चैत अस्टमीको दिन मात्र दसैं मनाउने परम्परा थियो। त्यसबेला पशुबली दिने चलन पनि थिएन। निधारमा चामलको टिका लगाउने चलन पनि थिएन। अस्टमिको दिन एक दिन मात्र आफ्नो चेलीबेटीलाई बोलाएर खानपिन र नाचगान गर्ने गरिनथ्यो। जब वि. स. १६१६ चैत्र १७ गते अस्टमिको राती गोर्खाली राजा मानसिङ खड्का मगरको षड्यन्त्रपुर्वक हत्या भयो,त्यसबेलादेखी मात्र रगतमा चामल भिजायर टिका लगाउने परम्परा बसालेको ईतिहास साक्षी छ्। खड्कामगरलाई मारेर विजय मनाएको कारणले यो पर्वलाई खड्कामार पनि भन्ने गरिथ्यो भन्ने जनस्रुती अझै पनि यथावत छ्। एकातिर आफ्नो पुर्खाको हत्या गरी मनाउने गरिएको पर्व हो भने अर्कोतिर आदिवासी जनजातिहरुलाई रिनमाथी रिनको भारी बोकाएर कहिल्यै पनि माथि उठ्न नदिने पर्वको रुपमा हामीले चिनेका छौ। यस्तो यो मुलुकको मार्मिक र वास्तविक घट्नालाई हत्केलाले सुर्यलाई छेक्न खोजेझै आर्यहरुले यहाँका भुमीपुत्रको आँखामा छारो हाली-रामले रावणलाई र दुर्गाले दैत्य शुम्भ निशुम्भलाई मारी विजय गरेको उपलक्षमा टिको लगाउने गरिएको कपोलकल्पित हल्ला फिजाएर अझै पनि दसैं मान्न बाध्य बनाइ रहेका छन। रावणलाई लङ्कामा र शुम्भ निशुम्भलाई भारतमा मारिएको कथा हिन्दू धर्म ग्रन्थमा पाईन्छ। यदी यसलाई सत्य मान्ने हो भने स्रिलङ्का र भारतमा धुमधाम सङ्ग काट्मार गरी निधार भरी चामलको टिका लगाइ दसैं मनाउनु पर्ने थियो। तर काट्मार गर्ने र चामलको टिका लगाउने कुरा स्रिलङ्का र भारतमा थाहा छैन। यदी कथा वस्तुलाई नै आधार मान्ने हो भने दसैं मनाउनको लागि फूलपाती भारतीयहरुलाई नै बोकाएर नेपाल ल्याउनु पर्थ्यो। आज सम्म किन गोर्खाली मगरहरुलाई फूलपाती बोकाएर काठमाडौंको हनुमान ढोका लगिने गरिन्छ? आदरणिय पाठक मित्रहरु। मैले यहाँ दसैं मनाउनु ठीक या बेठिक भन्नु भन्दा नि हाम्रो यथार्थ ईतिहासलाई हामीले कहिल्यै पनि बिर्सनु हुँदैन भन्न मात्र खोजेको हुँ।

माननीय सभासद 
शिवलाल थापा मगर

No comments:

Post a Comment