Sunday, October 20, 2013

मगर भिक्षु विश्व शान्ति भ्रमणमा

काठमाण्डु ,
विश्व अशान्ति तर्फ धकेल्लि रहेको अवस्थामा नेपाल मगर बौद्ध सेवा समाज केन्द्रिय कार्यालयले विश्व शान्ति भ्रमणमा नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रिय महासचिव इन्द्रबहादुर राना मगर र भक्तपुर जिल्ला मुनि विहारका भिक्षु मेधङ्कर ( नारायण आले मगर ) लाई विश्व शान्ति भ्रमण प्रस्थानका लागि  यूनेस्को को हलमा भेटघाट कार्यक्रम गरेको छ ।
 

Friday, September 6, 2013

वाह! डा. आईभान क्या बात- खपागीं बचायौ, पैसा पनि छाड्यौ !

वाह! डा. आईभान क्या बात- खपागीं बचायौ, पैसा पनि छाड्यौ !
Created on Friday, 06 September 2013 18:05
सिंगापुर सेप्टेम्बर ६ , गोरेबहादुर खपांगी मगरलाई उपचार गराईरहेको सिंगापुरकै अति सुसम्पन्न अस्पताल माउन्ट एलिजाबेथ,नोभेनाका चिकित्सक डा० आइभान जो खपागींको उपचारमा संलग्न थिए, ले आफुले लागेको ख़र्च समेत नलिई रोगी र तिनका शुभचिन्तकहरुको सम्मान गरेकाछन । अत्यन्त थलिएका खपागींको  सफल सल्यकृया र उपचार गराउन सफल डा० आइभानलाई उपचारकक्षमै एक कार्यक्रम बिच सम्मान गरिएकोथियो । सो सम्मान कार्यक्रम पश्चात डा० आइभान हर्षबिभोर हुदै तुरुन्तै म्यानेजरलाइ भेट्न उन्को कार्यकक्षमा गई सिंगापुर डलर ३२ हजार लागत खर्च डिस्काउन्ट गरि सिंगापुर डलर १८,९००को बिल बनाएर फर्किएकाथिए ।

 उनले खपागीं जस्ता ब्यक्तिको उपचार गर्न पाँउदा आफुलाई भाग्यशाली सम्झेको बताएकाथिए । त्यहाँ खपागींको रेखदेख गरिरहेका आले माईला भन्छन्, चिन्नु न जान्नु साईनो खपागींलाई यति ठुलो सेवा सहित दान गरेका डा. आईभान हाम्रा निम्ति भगवान नै हुन । आफ्नै पूर्व मन्त्रीलाई सहयोग नगर्ने नेपाल सरकार र सेवाभाव मरिसकेका नेपालका चिकित्सकहरुका लागि आईभान एउटा पाठ हुन सक्छन । नेपालमा नसकिएपछि उनका शुभचिन्तकहरुको निर्णयमा खपांगीलाई अगष्ट २३मा उपचारको लागि सिंगापुर लगिएको थियो । आईभनकै नेतृत्वमा ४ सेप्टेम्बरमा सफल सल्यक्रिया सम्पन्न भएको थियो । खपांगी सफल उपचार पश्चात यो आँउदो आइतबार सिंगापुर बाट सिल्क एयरलाइन्स बाट बिहानको ९:१० मा उडेर काठमाण्डौमा दिनको १२: ३०मा अवतरण हुदैछन ।

अगष्ट २३ देखि ८ सेप्टेम्बर सम्मको सबै बिल भुक्तानि भै सकेको आले माइलाले टेलिफोन मार्फत राज्यसत्तालाइ जानकारि दिए । उनि संगै गएका स्टाप नर्स अलिजा आलेलाई उनको लागी चाहिने ६ महिनाको सबै दबाई र सरसामग्री हात लगाई पठाउदै छन, आईभानले । डाक्टरका अनुसार, उन्को इन्फेक्शनबाट जोगाउनलाइ धेरै सहयोगीहरु खट्नु आवश्यक छ र उनले दिएका दबाइले उनको रोग पुरा निको हुनेछ ।

५ सेप्तेम्बरका दिन गोरेबहादुर खपांगी मगर उपचार समितिले बिश्वभरबाट उठाएको सहयोग रकम के कसरि पारदर्शि रुपले सार्वजनिक गर्ने गराउँने भनि  ३ सदसीय समिति बनाएकोछ । जसमा एम.बि.ए गरेका मित्र राना मगरको संयोजकमा,नेपाल मगर संघका कोषाध्यक्ष क्या.कुल प्रसाद पुन मगर र नेपाल आदिबासि जनजाति महासंघका कोषाध्यक्ष जगत दरामको एक कार्यदल बनाई  काम अगाडी बढाई रहेको खपांगी उपचार सहयोग समितिका अन्तरराष्ट्रिय संयोजक हुम सुनारी मगरले राज्यसत्तालाइ जानकारी दिए ।

विश्वभरबाट खपागींका शुभचिन्तकहरुले आफ्नो छाक काटेर भएपनि उपचारका लागि रक़म पठाईदिएकाथिए । बाँकि नपुग रकम ४० लाख रूपैया नेपालबाट मनबहादुर थापा मगरले र बेलायतमा रहेका मगर संघ यू.केको सस्थाले तिन महिना भित्र फिर्ता गर्ने गरि सहयोग गरेका छन । खपाँगी उपचार सहयोग समितिले रातदिन खटेर करिब १ करोड़ १०लाख भन्दा बेसी उपचार खर्चको जोहो गर्न सफल भएकाथिए । विश्वभरबाट कुनै ब्यक्तिका निम्ति यसरी यति ठुलो रक़म उठाई उपचार गराईएको इतिहासमा यो नै पहिलो घटना हो ।

Created on Friday, 06 September 2013 18:05
सिंगापुर सेप्टेम्बर ६ , गोरेबहादुर खपांगी मगरलाई उपचार गराईरहेको सिंगापुरकै अति सुसम्पन्न अस्पताल माउन्ट एलिजाबेथ,नोभेनाका चिकित्सक डा० आइभान जो खपागींको उपचारमा संलग्न थिए, ले आफुले लागेको ख़र्च समेत नलिई रोगी र तिनका शुभचिन्तकहरुको सम्मान गरेकाछन । अत्यन्त थलिएका खपागींको सफल सल्यकृया र उपचार गराउन सफल डा० आइभानलाई उपचारकक्षमै एक कार्यक्रम बिच सम्मान गरिएकोथियो । सो सम्मान कार्यक्रम पश्चात डा० आइभान हर्षबिभोर हुदै तुरुन्तै म्यानेजरलाइ भेट्न उन्को कार्यकक्षमा गई सिंगापुर डलर ३२ हजार लागत खर्च डिस्काउन्ट गरि सिंगापुर डलर १८,९००को बिल बनाएर फर्किएकाथिए ।

Saturday, July 13, 2013

हाम्रो नेता खपाङ्गी!!!

खपाङ्गीहरुले देखेको सपनामा आज देश हिंडिरहेकोछ । समानुपातिक प्रतिनीधित्व मुद्दा के कम्युनिष्ट के काग्रेंस के राप्रपा सबैले मुख्य नारा बनाएकाछन् । आरक्षणमा त देश उहिल्यै अगाडि बढिसक्यो । राज्यका हरेक निकायमा भैरहेको आरक्षणको ब्यावहारिक अभ्यासले अहिले उपेक्षित जाति र समुदायबाट थुप्रा जनशक्ति निस्किरहेकाछन् । आधा नै सहि समानुपातिक निर्वाचन प्रणालीको अभ्यास संविधानसभामा भैसकेकोछ र नेपालका लागि त्यो उपर्युक्त रहेछ भन्ने कुरा सिद्ध भैसकेकोछ र त्यसमा सबै एकमत पनि देखिन्छन् ।

Monday, June 17, 2013

नाग पूजिने मगर पर्व भूम्याको इतिबृतान्त



देविका घर्ती मगर, दाङ
आधुनिकता सँगै केहि यूवाले आफ्नो संस्कृति परम्परा भुल्दै गएको पाईन्छ । तर, केहि तन्नेरीहरु पनि छन् जसले आफ्नो पहिचानलाई जिवन्त राख्न केहि न केहि गरिरहेकाछन् । यसपालि मगरको मुख्य पर्व भुम्यालाई भव्य बनाउन सक्रिय मगर विद्यार्थी सँघ दाङकी अध्यक्ष समेत रहेकी जुनु मगर र तिनको कार्यसमितिको सक्रियतालाई त्यहि कोटीमा राख्न सकिन्छ । मगर सँघ दाङसंग मिलेर यसवर्ष घोराहीमा भव्य भुम्या महोत्सवको आयोजना गरिएकोथियो ।

Wednesday, June 12, 2013

मगर डुटाङग गजल...।।

आज अत्यन्तै प्रतिभावान युवा  मगर गजलकार "बिबश गरङजा मगर" लाफाको एउटा सुमधुर गजल पस्केका छौ हजुर हरुलाइ कस्तो लाग्यो कमेन्ट गर्नु होला है लाफाको 
मगर डुटाङग गजल...।।

फोकुङ देशाङ माहान्ना मिजा दु:ख पाहाले, देउला बोए।
फोकुङ देश डिचो कानु लाङघा तन्चो माहाले, देउला बोए।।

नामचोसे छिम्मो कुडिक काम जात्थ्यार जस माडिन्ने।
उल्तै मालिके ढिले,डुङले नै के थाहाले , देउला बोए।।

गोराक,नमसिन,नम्बिलाक डिके माडिन्ने होलाङ।
काम जातनाङ जातनाङ नु बाह्र ङाहाले, देउला बोए।।

कुडिक सेमो काम जातल्याङ र मेनो माछान्ने बिदेशि।
कान के फसडि के सँधै जाल जाहाले, देउला बोए।

बिबश गरङजा मगर...।
अरुणोदय रघु ७ तनहुँ....।।
@[309301562446263:274:Lafa Club (लाफा क्लब)]

आज अत्यन्तै प्रतिभावान युवा मगर गजलकार "बिबश गरङजा मगर" लाफाको एउटा सुमधुर गजल मगर डुटाङग.....!!!


 
 
 
फोकुङ देशाङ माहान्ना मिजा दु:ख पाहाले, देउला बोए।
फोकुङ देश डिचो कानु लाङघा तन्चो माहाले, देउला बोए।।

नामचोसे छिम्मो कुडिक काम जात्थ्यार जस माडिन्ने।
उल्तै मालिके ढिले,डुङले नै के थाहाले , देउला बोए।।

गोराक,नमसिन,नम्बिलाक डिके माडिन्ने होलाङ।
काम जातनाङ जातनाङ नु बाह्र ङाहाले, देउला बोए।।

कुडिक सेमो काम जातल्याङ र मेनो माछान्ने बिदेशि।
कान के फसडि के सँधै जाल जाहाले, देउला बोए।

बिबश गरङजा मगर...।
अरुणोदय रघु ७ तनहुँ....।।

Saturday, March 30, 2013

मगरजाति र साँस्कृतिक उद्योग


...........................................
राष्ट्रिय मगर माला–नवौं
१७ चैत २०६९ तदनुसार ३० मार्र्च २०१३
धोविघाट, ललितपुर
...........................................................
यसवेला म ७० वर्षमा हिड्न थालेको छु । मैले कलामा स्नातक गर्दाको एउटा सानो घटना सम्झन चाहान्छु । जनकपुर अञ्चलको ठूलो शहर जनकपुरधाम । शहरवाहिर कुवारामपुरमा मुझौलियाका स्थानीय शिक्षाप्रेमीवाट रामस्वरुप–रामसागर डिग्री कालिज स्थापना भएको रहेछ । म श्री त्रिभुवन हाइस्कुलवाट विसं २०२० सालतिरको एसएलसी । यो स्कूल महोत्तरीको गौशाला वजारमा छ । मैले एसएलसी दोश्रो श्रेणी उत्तीर्ण गरेपश्चात वीएसम्म त्यही कालिजमा पढें । यहाँ पढ्दा नेपाली कक्षामा नेपाली पढाउने श्रेद्धय गुरु पण्डित श्री कृष्णप्रसाद आचार्य हाजिरी उठाउने क्रममा खपांगी शव्द मगरजाति वोधक थर थाहा पाउदा श्रद्धय गुरुले जीव्रो बाहिर निकाल्नुभई आश्चार्य प्रकट गर्नुभो र भन्नुभो कि मगर पनि वीएमा । यसवाट मैले थाहा पाएँ कि बाहुनहरु पढेर पण्डितको उपाधि नै प्राप्त गरेको किन नहोऊन उहाँहरुसँग जातीय दृष्टिकोण कस्ता हुदाँरहेछन् । यहाँ यो दृष्टिकोणको व्याख्या गर्न चाहन्न । राष्ट्रिय मगर मालाका विभिन्न भागमा यसवारे संक्षिप्तमै भएपनि शव्द र समय खर्चिने नै छन् ।

Friday, March 22, 2013

मगर मेरो चिनारी....मलाइ गर्व छ.{गीत}

स्वर्गिय बिष्णु पुलामिको सम्झनामा ! वहाँ कै शब्दमा !


by Bishnu Pulami (Notes) on Thursday, August 26, 2010 at 2:16pm

हाम्रो आफ्नो जाति-भाषा आफ्नै कर्म छ ,

हाम्रो आफ्नो चाल-चलन आफ्नै धर्म छ ,,

घाँटु-नचारी, कौह्रा-मारुनी, मेरो चण्डी नाचहरु ..

डम्फु-मादल, मुर्चुङ्गा-खैंचडी, लोक दोहोरि साँझहरु ,,

Tuesday, March 5, 2013

ङौ मार्च जमडाडा लाङ्घा !


My small village Jamdada ङौ मार्च जमडाडा लाङ्घा !
==============================
=======

ढेमाङ ले घा- घाङ्च डाँडा मकाङ चौरी छङ्गा छर छर ...,
लाङ्घा ले माझाङ आलाकर् इलाक जोक्म ले नीस खोलाको झर झर
इसकाट टेम्च छेरङ्गा लाङघा आसकाट घाङ्च नरम डाँडा,
होसे निसौ मीघ्याङ न परीले ङौ मार्च जमडाँडा लाङ्घा ।

Good massage, सेहेच सन्डेस



=======================

डीस्यर्ेइ डीस्या ज्याकर्ेर् इसे ह्याले चलन -
काटै न आले पट्टको न होजाट्के च मीछाना ।
ग्याहोटीए पाच आहारा चीभ्यर्ेइ हीके स्याट्ले -
लहो टूक्के लहै न पाईङ हीके होटा जाट्ले -

Thursday, February 28, 2013

मगर आफै पछि परेको होइन,पारिएका हुन् ।

हुम सुनारी मगर
सबै भन्दा पहिला म आफु मगर भएकोमा अति नै गर्व गर्दछु । मुलुकको कुल जनसंख्याको ७% भन्दा बढी मगरहरुको जनसंख्या रहेको, कुल जनसंख्याको आधारमा नेपालको तेश्रो ठुलो र आदिवासी जनजातिमा सबै भन्दा ठुलो जनसंख्या भएको जाति "मगर" हौ भनि चिनाउन पाउँदा आफु मगर हुनुमा अरु बढी गर्व लाग्छ । तर, दुर्भाग्य राज्यको शासन व्यवस्था र निजामती कर्मचारी  लगायत मुलुकको सरकारी तथा गैरसरकारी निकायहरुमा मगरहरुको उपस्थिति र सहभागिता अति नै न्युन रहेको कुरालाई कसैले नकार्न सकिदैन । यसको कारणहरु धेरै हुन सक्छ । तर, मैले देखेको प्रमुख कारणहरु म यहाँ राख्न चाहन्छु ।

Friday, February 15, 2013

कानुङ मोई।!!********


 खड्का आले









मिक पिंठार मिक्डी लामु,लोही पिँठार रो ह्याट्मो याक नाम्बिक कसरा चेमु,ङुमो आउला,कानुङ मोई।
जजा देशाङ नूङमे डेमु हिल्स्या आरीक्न राक्ले डेमु,से सेहेच मानम डाङमो ङुमो आउला ,कानुङ मोई।
रीन चिहाक्मु ईम सेहाक्मु,आङुई राहाच याकाङ न डेमो मानमाङ माराङ ख्योहमोङुमो आउला,कानुङ मोई।
जजा नुङ्च लाम ङोस्मु टाह्राले हो आब च डेमु बुरुक बुरुक गिन झोस्मोङुमो आउला ,कानुङ मोई।
मिटालुवाङ रूवा न वाटाक्मु,हर निङघुर्याक न ल्हेट्मु पट्ट कठा जजाऔ न बात जाट्मु,ङुमु आउला ,कानुङ मोई।
डाँडा टाकिँउ नामखान ल्हेस्मु जजाऔ टाँहा ङोस्के डेमु,कामुठी सास लाचै गिन झोस्मुवाङमु आउला, कानुङ मोई।
पटट कठा ' खोई ङउ जा' डेमु मेहेको मोरो ज्यामु, घिटि घिटि छान्मु,सास लेठार जजाके न लेन्मु , वाङ्मु आउला ,कानुङ मोई।।

प्रथम शहीद लखन थापामगरलाई अपमान र विभेद होइन न्याय देऊ:


========================================
दीपा आले मगर
-----------------
___________________________________
‘हु“दैन विहान मिरमिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’
__________________________________
आज यी कविताका पंक्तिहरु पढ्न बाध्य छु जसलाई यथार्थवादी कवि भुपि शेरचनले लेखेका हुन् । उनले सपूत सहीदका बारेमा ओजपूर्ण कविता लेखिएता पनि नेपालकै प्रथम सहिद लखन थापामगरलाई भने अहिले सम्म राज्यले घोर अपमान गरिएको छ । सहिद दिवसको सन्द्रभमा प्राय सबै सहिदलाई स्मरण गरियो तर नेपालकै प्रथम सहिद लखन थापामगरलाई भने कसैले सम्झीएनन् ।

Wednesday, January 9, 2013

प्रसँग फेरी गोरेबहादुर खपाङ्गी मगरको ।


______________________________
प्रसँग फेरी गोरेबहादुर खपाङ्गी मगरको । 
------------------------------------------------
* नरेन्द्र योञ्जन सँग गोरेबहादुर खपाङ्गी मगरले दिनु भएको अन्तरबार्ताको केही अङ्श:
------------------------------------------------------------------------------------- 
मगर समुदायको लागि मरिमेटेर लागिरहेका गोरे बहादुर खपाङ्गी मगरले मलाई अन्तवार्ता दिँदै यसो भन्नुभयो :-
-------------------------------------------------------------------------------------
१. मगरको उत्थान गर्ने नारा लिएर ४० वर्È निरन्तर हि“डेको अर्को को छ ? होला कोही घामले पाकेर ८० वर्Èको भयो होला । तर, उसले आफ्नो समाजका लागि के ग¥यो ? म त आफ्नो घर जलाएर, जिउमा खरानी दलेर हि“डेको मान्छे हु“ । अहिले सात करोडको घरमा बस्ने नेतालाई म सोध्न चाहन्छु– तिमी पनि आफ्नो घर जलाऊ र समाजका लागि हि“ड । 
२.मगरमा राजनीतिक परिपक्वता छैन । यसको सानो उदाहरण । एकीकृत नेकपा माओवादीमा अन्याय भयो भनेर रामबहादुर थापा बादलको पहलमा पार्टी फुट्यो । पुरानो पार्टीमा बादलभन्दा तल रहेका सिपी गजुरेललाई नया“ पार्टीमा बादलभन्दा माथि राखियो । तर, बादलको कुनै प्रतिक्रिया छैन । किनकि, राजनीतिक परिपक्वता छैन, लाहुर जाने सपना छ, सिंहदरबार ताक्ने योजना छैन ।
३. जुन बेला मैले जातीय मुद्धा उठाए“, त्यो वेला साम्प्रदायिकता थियो । अहिले त आवश्यकता भएछ नि । त्यसैले त अशोक राईले पार्टी खोले । अरु को को पार्टी खोल्छौ भनेर लागिरहेका छन् । यिनीहरुले बल्ला थाहा पाए एमाले त बाहुनको पार्टी रैछ । 

३. बाहुन बाठो ! एउटा बाहुनले भन्छ, अर्को बाहुनले बुझ्छन । तर, जनजातिले बुझ्दैनन् । राजीनामा देऊ, राजीनामा देऊ भनेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्ट तीनवटा कुरा भने ः
क) यो देश कतै न कतै मर्जर गर्नुपर्छ । मर्जर उनको एजेन्डा हो ।
ख) हामी त गोटी हौ“, खेलाउने अरु कोही छ । उनले सही कुरा भने । 
ग) चर्को रुपमा राजीनामा माग्न थालेपछि उनले भनिदिए— सा“चो त यहा“ छैन ।
ल हेर्नुस् घर्ती जी बाहुनहरु सबैले कुरो बुझे, सा“चो खोज्न लर्को लागेर दिल्लीतिर गए । कोही पेट दुखेको छ भनेर, कोही टाउको दुखेको छ भनेर, कोही बिहेमा भनेर, कोही चिया खान भनेर भटाभट दिल्ली गए । जनजातिहरु कुरै बुझ्दैनन्, सा“चो दिल्लीमा छ भने यहा“ बसेर सत्ता कहिले आउ“छ ? उता, गएकाहरुलाई पनि दिल्लीवालाले भनिदिए, ‘सा“चो त त्यही“ छ, तिमीले सुनेको सत्य हो, तर सा“चो तिम्रो हातमा दिन्नौ“, जो अहिले सत्तामा छ, उसैस“ग मिलेर खाऊ ।’ पहिलेपहिले राजीनामा नदिए आन्दोलन गर्छौं भन्नेहरु पनि दिल्लीबाट फर्केपछि मिलेर, सहमति गरेर अघि बढ्ने हो भन्दै वार्तामा बस्न थाले । यो सब बाबुरामले भनेजस्तै जसको हातमा सा“चो छ, उसैको करामत हो । बाहुनले कुरो बुझे, जनजातिले बुझेनन् । 

गोरेबहादुर खपाङ्गी मगरका कुरा सुनेपछि बुँदागत रुपमा यी कुरा महत्वका आधारमा राखेको हुँ । यो बाहेक उनले मगर जागरणका लागि पु¥याएको योगदान त बयान गरी साध्यै छैन । उनको कुरा सुन्न यति मिठा लाग्छन् सँधै सुनिरहुँ जस्तो । त्यसैले त मैले दुइ चरणमा उनको अन्तवार्ता लिनु परेको थियो । मलाई लाग्छ यतिबेला मगर समुदायका लागि गोरेबहादुरको खाँचो छ । गोरेबहादुर मगर समुदयाको अगुवा भए मात्रै हजारौं गोरेहरु जन्मिनेछन् ।

------------------------------------------------
* नरेन्द्र योञ्जन सँग गोरेबहादुर खपाङ्गी मगरले दिनु भएको अन्तरबार्ताको केही अङ्श:
-------------------------------------------------------------------------------------
मगर समुदायको लागि मरिमेटेर लागिरहेका गोरे बहादुर खपाङ्गी मगरले मलाई अन्तवार्ता दिँदै यसो भन्नुभयो :-
-------------------------------------------------------------------------------------
१. मगरको उत्थान गर्ने नारा लिएर ४० वर्È निरन्तर हि“डेको अर्को को छ ? होला कोही घामले पाकेर ८० वर्Èको भयो होला । तर, उसले आफ्नो समाजका लागि के ग¥यो ? म त आफ्नो घर जलाएर, जिउमा खरानी दलेर हि“डेको मान्छे हु“ । अहिले सात करोडको घरमा बस्ने नेतालाई म सोध्न चाहन्छु– तिमी पनि आफ्नो घर जलाऊ र समाजका लागि हि“ड ।

Sunday, January 6, 2013

गोरे बहादुर खपांगी मगर !



आज भन्दा करिब ४० वर्ष अघि मध्येमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चल, जिल्ला रामेछाप, सदरमुकाम रामेछाप वजार, गौरिशंकर हाइस्कूलको प्रधानाध्यापकमा नियूक्त भएँ । जनकपुरधाममा अवस्थित नेपाल सुर्ती विकास समितिको छँदोखाँदोको हाकिमको पद छोडेको थिएँ । जे लेखेको छ त्यही हुन्छ भनेझैं भयो । प्रधानाध्यापकको खवर रामेछाप वजारको छेउमा रहेको सुकजोर मगरवस्तीमा पुगेछ । केही दिनपश्चात विद्यालय समयमा एकजना झण्डैझण्डै मेरै उमेरका मानिस मलाई भेट्न आए । म त्यसवेला ३० वर्ष भइसकेको थिएँ । उनको हुलियाको कारणवाट उनलाई मसँग भेट्न निकै संघर्ष गर्नुपरेको रहेछ । कसोकसो पियन वा शिक्षकमध्ये कसैले उनलाई मसँग भेट्न अनुमति दिएछन् । उनी प्रधानाध्यापकको कार्यालयमा पसे ।

Saturday, January 5, 2013

नेपालमा आदिबासी जनजातिहरुको सवाल सबभन्दा पहिले क-कसले उठाए ? तीन जना मगरहरुले: सुरेश आले मगर, गोरे बहादुर खपांगी मगर र एम. एस. थापा मगरले ।


___________________________________________________

लोकतन्त्रमा संख्याले नै सबै कुराको निर्धारण, नियमन र नियन्त्रण गर्दछ ( Number counts in democracy.) । यो फोटोमा देखाइएको तथ्याकबाट सम्पूर्ण मगर समुदायले बुझ्नु पर्ने कुरा के हो ? त्यो पनि लेखिदिनु पर्ने हो ? यो तथ्यांक थोरै मिलेको छैन तैपनि ठीकै छ ।

यो तथ्याक एकजना भारतीय मूलका लेखकले उनको 'Balkanization of Nepal Gathers Pace' भन्ने शीर्षकको एउटा लेखमा पोष्ट गरेका छन् । यसको अर्थ संघीयता मागेर नेपाललाई पनि पुरानो युगोस्लाभियालाई झैं क्षतविक्षत वा टुक्राटुक्रा पार्न लागे भन्ने नै हो । नेपालमा आदिबासी जनजातिहरुको सवाल सबभन्दा पहिले क-कसले उठाए ? तीन जना मगरहरुले: सुरेश आले मगर, गोरे बहादुर खपांगी मगर र एम एस थापा मगरले ।