Wednesday, October 31, 2012

उपचारको लागि छोरा नै बेचिदिइन एक आमाले



आमा संसारकै महान आमा, परेको खण्डमा आफ्नै ज्यान बेचेर छोराछोरी बचाउछीन आमाले ! तर यो भनाईको पाकिस्तानमा भने ठिक उल्टो भएको छ ।
 पाकिस्तानको लाहौर देखि ८० किलोमिटरको दुरीमा रहेको गुजंरावाला जिल्लाकी खालिदा विवीनाम गरेकी एक महिलाले आफ्नो मटुका बिमारको उपचारको लागि आफ्नो एकमात्र छोरा १.२ लाखमा बेचिदिएकी छन ।
उपचारका लागि खर्च उपुग भएपछि उनले आफ्नो ७ महिनाको बच्चा एक प्रवासी पाकिस्तानी परिवारलाई बेचेर खर्चको जोहो गरेको बताइएको छ ।
७ महिने बच्चा बेचेको खबर संचारमाध्यममा आएपछि प्रहरीले बच्चा किन्ने र बिक्रि गर्ने दुबैलाई पक्राउ गरेको छ ।  प्रहरीको बयानमा खालिदाले आफुसँग उपचार गर्न पैसा नभएकोले बच्चा बेच्नु परेको बताएकी छन ।


No comments:

Post a Comment