Monday, October 29, 2012

मगरहरु सम्बन्धी केही तथ्यहरु...

१) नेपालका प्रथम शहिद लखन थापा मगर हुन्।
२) नेपालको सेनापति उपाधि पाउने पहिलो ब्यक्ति विराज राना हुन्।
३) भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कुलवीर थापा मगर हुन्।
४) नेपालको प्रथम महिला डिएसपी पार्वती थापा मगर हुन्।
५) आठौं साफ खेलकुदमा बक्सिङ्ग खेल अर्न्तगत नेपाललाई स्वर्ण पदक दिलाउने दुई दाजुभाइ प्रकाश थापा मगर र रामचन्द थापा मगर हुन्।
६) पहिलो मगर प्रहरी महानिरीक्षक खड्कजीत बराल मगर हुन्।
७) हालसम्म नेपाली लीगमा सबभन्दा धेरै गोल गर्ने खेलाडी बसन्त थापा मगर हुन्।
८) मगर समुदायबाट एस.एल.सी. मा बोर्डफस्ट हुने पहिलो व्यक्ति भक्त आले हुन्।
९) मगर भाषाका आदिकवि भनेर जीत बहादुर सिंजाली र स्व. रेख बहादुर सारु लाई चिनिन्छ।

No comments:

Post a Comment