Wednesday, October 31, 2012

दशैंको बिकल्पमा नेपाली “बहुसांस्कृतिक दिवस” सम्पन्न

रिम गलामीमगर 


सुइन्डन युके, विलशायर नेपाली समाज, स्वीन्डनले बिशाल नेपालीहरुको उपस्थितिमा बहुसांस्कृतिक दिवस कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । बहुजाति, बहुधार्मिक, बहुभाषी र बहुसास्कृतिक बिबिधता रहेको नेपाली समाज स्वीन्डनमा सबै जातजातिहरुको अस्तित्वलाई समान रुपले स्वीकार गर्दै यसपाली देखि दशैंको बिकल्पमा बहुसांस्कृतिक दिवस मनाउने निर्णय विलशायर नेपाली समाजको गत हिउदमा सम्पन्न अधिबेशनले गरेको थियो । नेपालमा आएको परिवर्तनला आत्मसाथ गर्दै विलशायर नेपाली समाजले चालेको यस किसिमको अन्त्यन्तै न्यायोचित अग्रगामी कदमलाई सर्बत्र प्रसंशा गर्न थालिएको छ ।

विलशायर नेपाली समाजका उपाध्यक्ष राजन क्षेत्रीको स्वागत मन्तब्यबाट शुरु औपचारिक कार्यकमको अध्यक्षता अध्यक्ष धन बुढाथोकी मगरले गरेका थिए l कार्यक्रमको संचालन संघका सचिव भोला बिक्रम राईले गरेका थिए । अतिथिको रुपमा साउथ स्वीन्डनका एम.पि., मेयर, उपमेयर, काउनसिलरहरु, स्वीन्डन काउनसिलका अधिकांस कार्यालय प्रमुखहरु, संस्थाका सल्लाकारहरु लगायत बिभिन्न जातिय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई संबोधन गर्ने क्रममा समाजका अध्यक्ष बुढाथोकी मगरले नेपालीको आफनो मौलिक परम्परा र संस्कृतिलाई जोगाउनको निम्ति सबैलाई एकताबद्ध भएर अगाडी बढनु पर्ने कुरामा जोड दिएका थिए । स्वास्थ्य र सुरक्षा सम्बन्धि जानकारी जेष्ठ नागरिक उपसमितिका सचिब जुम बहादुर गुरुङ्गले दिएका थिए l नेपाली सामुदायिक भवन निर्माण उपसमितिका सदस्य सचिव बिज्ञान शर्माले भवन निर्माण सम्बन्धी अबधारणा प्रस्तुत गरेका थिए । स्मरण रहोस विलशायर नेपाली समाज, स्वीन्डनले आउने ४ बर्ष भित्रमा आफ्नै नेपाली सामुदायिक भवन निर्माण गरिसक्ने लक्ष्य राखेको छ । कार्यक्रममा विलशायर नेपाली समाज अन्तरगत पर्ने यस बर्षको जि.सि.एस.ई. वा सो भन्दा माथिका जूनसुकै तहको अन्तिम परिक्षामा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने नेपाली बिद्यार्थीहरुलाई सम्मान स्वरुप प्रसंशापत्र प्रदान गरिएको थियो ।
सांस्कृतिक कार्यक्रम युवा उपसमितिका संयोजक बल्लब गुरुङ्ग, संस्थाका सचिब भोला बिक्रम राई र मिलन गुरुङ्गले संचालन गरेका थिए ।  सांस्कृतिक कार्यक्रममा नेपालीहरुको आफ्नो मौलिक संस्कृति झल्कने सांस्कृतिक झाकीहरु जस्तैः– धान नाच, चन्दी नाच, कौडा नाच, घाटु नाच लगायत बिबिध सांगीतिक कोशेलीहरु प्रस्तुत गरिएको थियो l बिच बिचमा उद्घोषक बल्लब गुरुङ्गको चुट्किलाले कार्यक्रमलाई झनै रोचकता प्रदान गरेको थियो । म्यूजिक अपरेटरको भूमिका संस्थाका सांस्कृतिक विभाग प्रमुख कुमार गुरुङ्गले निभाएका थिए भने अन्य ब्यबस्थापन सम्बन्धि जिम्मेवार सदस्यहरु ज्ञान गुरुङ्ग, हर्क गुरुङ्ग,कोषाध्यक्ष श्याम पुन र सहकोषाध्यक्ष रामराज मल्लले निभाएका थिए ।

No comments:

Post a Comment