Saturday, October 27, 2012

भिम रावललाई बंकरसम्म पुर्‍याउने साहसी महिला माथि सड्यन्त्र



पीतपत्रकारिताको जघन्य उदाहरण
-अमर दिप मोक्तान 
मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयकी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पार्वती थापामगरको मान मर्दन गर्दै डिआइजी कार्यालय एकातिर बसाई अर्कोतिर शिर्षकको लेख २४ असोज २०६९ बुधबारका दिन सौर्य दैनिकमा प्रकाशित गरिएको समाचारको समय चयन जनजाति, कार्यकुशल महिला प्रहरी अधीकृत विरुद्ध नेपथ्यबाट कसैको निर्देशनमा प्रकाशित गराईएको प्रतित हुन्छ । डिआइजी पार्वती थापामगरले मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतबाटनै कार्यसंचालन गरिरहेका छन । तर बिगतमा पनि धेरै जसो मध्यपश्चिम डिआइजीहरु मध्यपश्चिमाचल क्षेत्रिय कार्यालय सुर्खेत सुविधा समपन्न नभएको हुँदा सुविधा सम्पन्न नेपालगन्जस्थित भेरी अञ्चल कार्यालयबाट कार्य संचालन गर्दै आएका कुरा सर्वविदीत छ । डिआइजी  विरुद्ध त्यसै कुरालाई मुद्धा बनाई समाचार किन प्रकाशित गरियो कुरा रहस्यपूर्ण छ ?
सुदुर पश्चिमको क्षेत्रीय ईन्चार्ज हुँदा महिला प्रहरी सुन्तली धामी विरुद्ध समकक्षी प्रहरीद्वारा गरिएको उत्पीडणको आवाजलाई दवाउन खोज्ने तत्कालिन गृहमन्त्री भिम रावललाई बंकर सम्म पुर्‍याइ आफ्ना पदलाई समेत दाँवमा राखी सुन्तली धामीको पक्षमा आवाज उठाउन पछि नपर्ने साहसी महिला प्रहरी अधिकृत पार्वती थापा नै  हुन, विशेष सुत्रबाट प्राप्त जानकारी अनुसार पुरानो रिस फेर्न एमाले सुदुरपश्चिमका प्रभावशाली नेता भिम रावलले सौर्य दैनिक पत्रिकालाई उपयोग गरी एआइजीमा पद्दोन्नती हुन लागेका डिआइजी पार्वती थापालाई पद्दोन्नतीबाट रोक्न यस्ता निन्दनिय कार्य गरेका हुन् । कथंकदाचित चुनावको घोषणा भए चुनावमा धाँधली गरी चुनाव जित्न आफ्नो अनुकुलको मान्छेलाई पद्दोन्नती गराउन हेतु भुपु गृहमन्त्री भिम रावलको निर्देशनमा प्रकाशित गरिएको भ्रामक समाचार पीतपत्रकारिताको जघन्य उदाहरण हो । 

राजनितीक लगायत राष्ट्रको जल्दा बल्दा समस्याको खबरदारी गर्ने राष्ट्रको चौथौ अंगनै यस्तै प्रकारले पूवाग्रह ग्रसित भई दिएको कारणले गर्दा नेपाल भ्रष्ट्राचारी देशको अग्रणी स्थान ओगटन पुगेको हो । कलम यस्तो विध्वसंक अस्त्र हो यसको विष्फोट परमाणु अस्त्र भन्दा पनि विध्वसात्मक हुन सक्छ तसर्थ यथार्थको धरातलमा उभ्भिएर राष्ट्र निर्माणमा योगदान पुर्‍याउन खबरदारी गर्ने हेतु चौथौ अंगद्वारा कलमको प्रयोग गर्न सुझाव दिन चाहन्छु । 
२०६९ साल असोज २४ गते सौर्य दैनिकमा प्रकाशित डिआइजीको कार्यालय एकातिर, बसाइ अर्कातिर शिर्षाकमा प्रकाशित पीतपत्रकारिताको नमुना ।
२०६९ साल असोज २४ गते बुधुबारको सौर्य दैनिकमा लेखिएको छ, मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयकी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पार्वती थापा कार्यालयमा बस्न पटक्कै रुचाउँदिनन् । सुर्खेतस्थित डिआइजी कार्यालय डिएसपीको भरमा छाडेर उनी महिनौ देखि नेपालगन्जस्थित भेरी अञ्चल प्रहरी कार्यालयको क्वार्टरमा बस्दै आएकी छन् । 
डिआइजीको क्वार्टरका लागि क्षेत्रीय प्रहरी कार्यालय परिसरभित्रै लाखौ रुपियाँ खर्च गरेर निर्माण गरिएको अत्याधुनिक भवन खाली छ । तर, थापा भने अञ्चल प्रहरी कार्यालय नेपालगन्ज परिसरमा रहेको एक भवनलाई सम्पर्क कार्यालय बनाएर बसिरहेकी छन् । ‘क्षेत्रमा सरुवा भएर आएको एक वर्ष बितिसक्यो, उहाँ कार्यालयमा बस्नै रुचाउनुहुन्न,’ क्षेत्रीय प्रहरी कार्यालय स्रोतले भन्यो । प्रहरी प्रधान कार्यालयले थापालाई ७ भदौ ०६८ देखि मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख बनाएर पठाएको हो । ‘भ्रमण तथा निरीक्षणको नाममा थापा प्राय: नेपालगन्जमै जान्छिन्,’ स्रोत भन्छ, ‘सरुवा-बढुवादेखि अन्य दैनिक कामसमेत अञ्चल प्रहरी कार्यालयको क्वार्टरबाटै  हुँदै आएको छ ।’ पछिल्लो एक महिनादेखि त उनले सुर्खेत नआएर अञ्चल प्रहरी कार्यालय बाँकेमै अड्डा जमाएकी छन् । अञ्चल प्रहरी कार्यालयबाट दैनिक कामकाज गर्दा काममा ढिलाइ हुनाका साथै असहज भएको यहाँका सेवाग्राहीको गुनासो छ । डिआइजी थापा भने आफ्नो कार्यक्षेत्र मध्यपश्चिमाञ्चल भएकाले मध्यपश्चिमका जुनसुकै जिल्लामा बसेर पनि काम गर्न सक्ने बताउँछिन् । ‘इमेल, इन्टरनेटको जमाना छ,’ उनले सौर्यसँग भनिन्, ‘त्यसैले नेपालगन्ज बसेर पनि आफूले गर्नुपर्ने सबै काम गरिरहेकी छु ।’
नेपालगन्ज बस्दै आएकी थापाले बाँके र बर्दियाका सीमावर्ती चौकी र इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको कार्यक्षेत्रमा हस्तक्षेप गरी आफ्ना समर्थकहरूलाई सरुवा गर्ने र अनुचित लाभ लिँदै आएको स्रोतको दाबी छ । सरुवाको नाममा डिआइजी थापाले प्रहरी जवान तथा हवल्दारहरूबाट रकम असुल्दै आएको समेत रहस्य खुलेको छ । दुर्गम भत्ताका लागि सुगम स्थानबाट कर्णाली अञ्चलका विभिन्न जिल्लामा सरुवा हुन चाहने प्रहरीबाट जनही १० देखि १५ हजार रुपियाँसम्म घुस माग्ने गरेको नाम उल्लेख नगर्ने सर्तमा जाजरकोटमा कार्यरत एक प्रहरीले जानकारी दिए । उनले भने, ‘एक वर्षअघिदेखि सुर्खेतमा काज सरुवा मागेको थिएँ तर मैले घुस नदिएकै कारण मेरो काज सरुवा भएन ।’ यता, मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक फुलगेन प्रधानले डिआइजी थापा सुर्खेतमा भन्दा नेपालगन्जमा बढी बस्दै आएको भए पनि नियन्त्रण गर्ने अधिकार आफूलाई नभएको बताए । उनले भने, ‘काम पर्दा मैले पनि फोनबाट सम्पर्क गर्ने गरेको छु, मैले सुर्खेतमै बस्नुस् भन्न मिल्दैन ।’
पत्रकार भनेपछि झस्किइन् थापा
सुर्खेतमा कार्यालय भए पनि अधिकांश समय बाँकेमा बस्दै आएकोबारे बुझ्न खोज्दा डिआइजी थापा झस्किइन् । उनले सौर्यकर्मी लक्ष्मण भण्डारीसँग टेलिफोनमा भनिन्, ‘एउटा डिआइजी महिलालाई तपार्इंहरूले खेद्न जान्नुभा’छ ।’ उनले अरू पनि थुप्रै कार्यालय रहेको भन्दै तिनको पनि निगरानी गर्न सुझाव दिइन् । खाली प्रहरीको मात्रै पछि नलाग्न उनको आग्रह थियो । ‘शिखरमा चढ्दै गरेको महिलाको पछि नलाग्नुस्,’ उनले भनिन् ।
सौर्य दैनिकमा २०६९ असोज २६ गते सुक्रबार छापिएको डिआईजी पार्बती थापामगरको प्रतिकृय 
बाहिर बस्नु मेरो बाध्यता !


श्री सम्पादकज्यू
सौर्य दैनिक पत्रीका, काठमण्डौं
सौर्य दैनिकको २४ असोज ०६९, बुधबारको बर्ष १, अंक १३५ मा प्रकाशित 'डिआइजी कार्यलय एकातिर बसाई अर्कोतिर' भन्ने शीर्षकमा मप्रतिका कपोलकल्पित भ्रामक समाचार छापिएकोमा मेरो ध्यानाकर्षण भएको छ । उक्त पत्रीकामा लेखिएका कुराहरु गलत छन, भ्रामक छन । मैले मध्यपश्चिम क्षेत्रको तीनवटा अंचल र १५ वटा जिल्लाको मातहतको प्रहरी एकाईहरु निरीक्षण
र निर्देशन दिने क्रममा सुर्खेतदेखी बाहिर निस्कने गर्नुपर्छ । नेपालगन्जमा ठुलठुला केन्द्रियस्तरका कार्यक्रमहरु भइरहने, भिआईपी आवतजावत भइरहने, इन्धन र समय बचत गर्नु पर्ने कारणबाट पनि कहिलेकाहीँ नेपालगन्जलगायत अन्य जिल्लामा समेत जानुपर्ने हुन्छ । अर्को कुरा सरुवामा पैसाको कुरा अत्यन्त गलत कुरा हो । कसकसबाट त्यस्ता कुरा हुने गरेको छ सही सुचना सहित प्रमाण उपलब्ध गराउनुहोस् । म त्यस्ता ब्यक्तिहरुलाई कारबाही गर्नेछु ।


पार्बती थापामगर

(प्रहरी नायब महानिरीक्षक)

म.प. क्षेत्रीय प्रहरी कार्यलय, सुर्खेत

No comments:

Post a Comment