Saturday, January 5, 2013

नेपालमा आदिबासी जनजातिहरुको सवाल सबभन्दा पहिले क-कसले उठाए ? तीन जना मगरहरुले: सुरेश आले मगर, गोरे बहादुर खपांगी मगर र एम. एस. थापा मगरले ।

___________________________________________________

लोकतन्त्रमा संख्याले नै सबै कुराको निर्धारण, नियमन र नियन्त्रण गर्दछ ( Number counts in democracy.) । यो फोटोमा देखाइएको तथ्याकबाट सम्पूर्ण मगर समुदायले बुझ्नु पर्ने कुरा के हो ? त्यो पनि लेखिदिनु पर्ने हो ? यो तथ्यांक थोरै मिलेको छैन तैपनि ठीकै छ ।

यो तथ्याक एकजना भारतीय मूलका लेखकले उनको 'Balkanization of Nepal Gathers Pace' भन्ने शीर्षकको एउटा लेखमा पोष्ट गरेका छन् । यसको अर्थ संघीयता मागेर नेपाललाई पनि पुरानो युगोस्लाभियालाई झैं क्षतविक्षत वा टुक्राटुक्रा पार्न लागे भन्ने नै हो । नेपालमा आदिबासी जनजातिहरुको सवाल सबभन्दा पहिले क-कसले उठाए ? तीन जना मगरहरुले: सुरेश आले मगर, गोरे बहादुर खपांगी मगर र एम एस थापा मगरले ।

संघियताको सवाल कसले उठायो नेपालकालागि ?
_________________________________

एम. एस. थापा मगरले ।

त्यो माथि चर्चा गरिएको लेख अलि पुरानै हो र संघियताको ठाडो विरोधमा अत्यन्त पूर्वाग्रहीढंगले लेखिएको छ । त्यो लेखमा नेपालको सबभन्दा ठुलो मद्धे एक मगर जाति माथि दशथरी आधारहीन इल्जाम लगाइएको छ भने अन्य आदिबासी जनजातिहरुलाइ पनि त्यसै छोडिएको छैन ।

यसैगरी नेपालका निम्ति पूर्व भारतीय राजदूत श्यामशरणले गत जुलाई 2012 को उनको एउटा लेखमा काठमाडौँका यथास्थितिवादीहरुको चर्को आलोचना गर्दै नेपालका आदिबासी जनजातिहरुहरुलाई भारतले 'पेन्सनले पालेको' भन्ने अर्थ लाग्ने गरी अलि विनम्र भाषामा अलि सकारात्मक चर्चा गरेकाछन्।

यसका अतिरिक्त गएको मे महिनाको 27 तारिख भारतीय जनता पार्टीका उपाध्यक्ष विजय जोलीले काठमाडौँबाट ऐलान गरे - " नेपालका आदिबासी जनजातिहरुले नेपाललाइ अन्तर्राष्ट्रिय आतंकवादीहरुको अखडा बनाउन लागे ।" यसको अर्थ नेपालका संघियातावादी आदिबासी जनजातिहरुले उत्तर पूर्वी भारतका आदिबासी जनजातिहरुसित साठगाठ गरेर उता पनि बखेडा गरेको भन्ने उनको संकेत रहेको थियो । हालै मात्र नया दिल्लीमा आयोजना गरिएको एक पत्रकार सम्मेलनका दौरान भारतको 'सशस्त्र सीमा बल (SSB)' का प्रमुख प्रणय सहायले उनै उत्तर पूर्वी भारतका आदिबासी जनजातिहरु समेतलाइ लक्ष्यित गर्दै नेपालको सीमा क्षेत्रमा " कडा कदम चालिने" भन्ने घोषणा गरेका छन् ।

यो सब बकबास के हो ?
________________

एउटाले एकथरि कुरा गर्छ अर्कोले अर्को कुरा ? यो सब बकबास के हो ? कहाँ छन् नेपालका स्वनामधन्य आदिवासी जनजातिका विद्द्वान, प्राज्ञ,प्राध्यापक, विचारक वा बुद्धिजिबी महोदयहरू ? केही लेख्नु पर्दैन ? नेपालको राज्य संचालन र नियन्त्रणको तालाचाबी कसका हातमा छ र कसले गर्दा संघीयता आइरहेको छैन भन्ने कुरा पनि हामीले यहाबाट लेखिदिनु पर्ने हो ?

गज्जब छ बा !?!

No comments:

Post a Comment