Friday, February 15, 2013

प्रथम शहीद लखन थापामगरलाई अपमान र विभेद होइन न्याय देऊ:


========================================
दीपा आले मगर
-----------------
___________________________________
‘हु“दैन विहान मिरमिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’
__________________________________
आज यी कविताका पंक्तिहरु पढ्न बाध्य छु जसलाई यथार्थवादी कवि भुपि शेरचनले लेखेका हुन् । उनले सपूत सहीदका बारेमा ओजपूर्ण कविता लेखिएता पनि नेपालकै प्रथम सहिद लखन थापामगरलाई भने अहिले सम्म राज्यले घोर अपमान गरिएको छ । सहिद दिवसको सन्द्रभमा प्राय सबै सहिदलाई स्मरण गरियो तर नेपालकै प्रथम सहिद लखन थापामगरलाई भने कसैले सम्झीएनन् ।
जसले मुलुकमा जनताको लागि आफ्नो शरीरलाई बलिदान दिनु पर्यो, जसले जहानिया“ राणा शासनको विरुद्धमा जनताको हितकोलागि धावा बोलेका थिए । तर शहिद दिवसमा उनलाई कसैले सम्झन समेत फुसर्त पाएनन् दुःख साथ भन्नुपर्छ । मुलुक र जनताको लागि आफ्नो ज्यान बलिदान दिने अमर सपूत शहीदहरुलाई राज्यले वेवास्था गरेको छ । नेपालको इतिहासमै निरंकुश एकतन्त्रीय जहानिया“ राणा शासन र सामन्ती प्रवृत्तिको विरुद्धमा धावा बोल्दा तत्कालीन नाताशाह जंगेका फौजहरुबाट आफ्नो ज्यान गुमाउनु परेका प्रथम सहिद लखन थापामगर जसले राष्ट्र र जनताको लागि यति ठूलो योगदान दियो उसलाई नै राज्यले र्बिसिएका छन् ।
आज फागुन दुई गते प्रथम सहिद दिवस तर कहि कतै उनको सम्झनामा राज्यले उनलाई सम्झीएन । नेपालकै प्रथम शहिद लखन थापामगरलाई प्रथम शहिद भन्न समेत राज्यले कन्जुसाई गरेको छ । सबैलाई थाहा भएकै कुरो हो राणाशासन विरुद्ध पहिलो धावा बोल्ने ब्यक्ति नै लखन थापामगर हुन भनेर । राणा शासनको विरुद्धमा जनस्तरबाट विद्रोह समेत गरेका थिए । तर, लखन थापामगरले एउटा यस्तो महान शहिद हुन् जसले जनता र मुलुकको लागि आफ्नो जीवनलाई बलिदान दिन पछि परेनन् ।
अहिले शहीद दिवसको सन्दर्भमा शहीद सप्ताहभरि कतै पनि लखन थापामगरको नामोच्चारण समेत हु“दैन । कतै कतै सामान्य ज्ञानमा नेपालका प्रथम शहीद लखन थापा भने लेखिएको पाईन्छ । राज्यस्तरबाट वि.सं. २०५६ साल फागुन ११ गते अर्थात् लखन थापामगरले शहादत प्राप्त गरेको एक सय २३ वर्ष पछाडि नेपाल मगर संघ र अन्य संघसंस्थाको दबाबमा ‘शहीद’ घोषणा गर्ने बाहेक अरु केही गर्न सकेको छैन । यसरी सरसरर्थी भन्नुपर्दा अहिले सम्म पनि लखन थापामगरलाई प्रथम शहीद भन्न कन्जुसाई गरिएको छ ।
नेपालकै प्रथम शहिद लखन थापामगरको बारेमा अहिलेसम्म कतैबाट पनि बृहत् अध्ययन र खोजी हुन सकेको छैन । राज्य स्वयम् शहिद लखन थापामगरको बृहत् अध्ययनको खोजी गर्न चाहदैनन भन्दा फरक नपार्ला । जति खोजी भएका छन्, ती पर्याप्त र विवादरहित छैनन् । अहिलेसम्म लिखित श्रोतहरुका आधारमा विद्रोही स्वभावका धनी लखन थापामगरको जन्म वि.सं. १८९१ मा साधारण मगर परिवारमा भएको विश्वास गरिन्छ । ‘ओझेलमा परेका मगरहरु’ नामक पुस्तकका लेखक शिबलाल थापामगरले भने लखन थापामगरको जन्म कास्की जिल्लाको अर्घौं भन्ने गाउ“मा भएको भनी लेखेका छन् । त्यस्तै राष्ट्रका गौरव तथा नेपालका प्रथम शहीद लखन थापामगर (द्वितिय) का लेखक डा. हर्षबहादुर बुढामगरले सो पुस्तकमा प्रमाणित भइ नसके पनि लखन थापाको जन्म भारतको अलमोडामा भएको अनुमान लगाएका छन् ।
लखन थापामगरले प्रारम्भिक शिक्षा एवं तन्त्रमन्त्रका विद्या लखनउमा हासिल गरेका थिए भन्ने पाइन्छ । उनका पुर्खाहरु सुगौली सन्धिपश्चात् अलमोडामा खडा गरिएको तेस्रो गोरखा पल्टनमा सेवारत हु“दै आएका थिए, जसमा अत्याधिक मगरहरु रहेको ब्रिगेडिएर जनरल सी.एन. वार्कलेले लेखेका छन् यसैक्रममा पारिवारिक सम्बन्धका कारण लखन थापामगर खलनउमा पुगेका थिए भन्ने एउटा तर्क छ भने अर्को उनका बुबा स्वयं भारतीय सेनाका पेन्सनर थिए र बसाई–सराई गरी लखनउ पुगेका थिए भन्ने पाईन्छ । अहिलेसम्म लेखिएका तथ्यहरुका लखन थापामगर बीस वर्षको उमेरमा वि.सं. १९११ (१८५४ई) मा पुरानो गोरखा गणमा भर्ती भएका थिए भन्ने विषयमा सर्वसम्मत देखिन्छ । पुरानो गोरखा गण नेपाल एकीएकरणको समयमा पृथ्वीनारायण शाहद्वार चार जातको चार पल्टन स्थापना गर्ने क्रममा गरिएको मगरहरुको पल्टनका रुपमा चिनिन्छ । लखन थापामगर आफ्नो कुशलताका कारण भर्ती भएको १४ वर्षमा नै उनी क्याप्टेन दर्जामा पदोन्नति पनि भएका थिए । १९५७ मा व्रिटिश भारतमा भएको सिपाही विद्रोहमा जंगबहादुर राणाको नेतृत्वमा पच्चीस नेपाली पल्टन लखनउमा गएको थियो र सोही क्रममा पुरानो गोरखा पल्टनस“गै लखन थापामगर पनि लखनउ गएका थिए भन्ने शाही नेपाली सेनाको रेकर्डमा रहेको डा. बुढामगरको किताबमा लेखिएको छ ।
लखन थापामगरले जंगबहादुर विरुद्ध विद्रोह गर्ने निष्कर्ष निकाल्दै उनले वि. सं. १९२७ साल सेनाबाट बिदा लिए । त्यसपछि सहकर्मी जयसिंह चुमीमगरको सहयोगमा उनले गोरखाको बुङकोट काउलेमा संगठन निर्माण गरे । ‘हुकुमको जवाफ छैन कालको औषधि छैन’ भनिने जंगबहादुरको कठोर शासनकालमा लखन थापामगरले करिब दुईहजार युवा संगठित हतियार समेत जम्मा गरेको इतिहासकार प्रमोदशमशेर राणाले गोरखा विद्रोहमा लेखेका छन् ।
शिवलाल थापामगरले ओझेलमा परेका मगरहरु पुस्तकमा लखन थापामगरले काउलेमा जनश्रमदानबाट दरबार बनाएको र गोरखामा समानान्तर शासनको अभ्यास गरेको उल्लेख गरेका छन् । एकदिन उनले जंगबहादुरका विरुद्ध योजना बनाएका कागजातहरु उनको दरबारबाट चोरी भयो र जंगबहादुरसम्म पुग्यो । त्यसपछि जंगेले आफ्नोविरुद्ध गतिविधि गरेको थाहा पाउनासाथ कान्छा भाइ धीरशंमशेरको देवीदत्त गणको सैन्यटोली गोरखा पठाए । लखन थापामगर र उनका सहयोगीहरु पक्राउ परे । उनीहरुलाई थापाथली ल्याइयो । जंगबहादुरले लखन थापामगर र उनका सहयोगीहरुलाई मनकामना मन्दिरअगाडि झुन्डयाएर मार्न आदेश दिए । त्यसपछि वि. सं. १९३३ फागुन २ गते उनलाई रुखमा झुन्ड्याएर मारियो ।
उमेश रानामगर अनुसार उनीसहित अन्य जयसिंह चुमीलाई पनि रुखमा झुन्ड्याइयो भने चारजनालाई गोली हानेर मारियो ।ज्ञ्यान दिलदास र अर्का ब्राह्मणलाई भने ब्राहमण भएकै नाता मुत्युदण्ड दिइएन । किन कि ति दुईलाई ब्राहमण भएको हुनाले मुत्युदण्ड भएन । वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तराद्र्धमा मारिएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्दलाई मात्र नेपालकै शहीद घोषणा गरियो । तर लखन थापामगर जसले जहानिया“ शासनको जग बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे र आफू मारिए तर उनलाई भने शहिद घोषणा गरिएन ।
नेपालकै प्रथम शहीद लखन थापामगर हुन भनेर निरन्तर जनदवावपछि भने मात्र २०५६ मा मन्त्रिपरिषद्ले उनलाई शहीद घोषणा गर्यो । तर प्रथम शहीद भन्न भने कन्जुसाई गरेको अवस्था हाम्रो सामु विद्यमान छ ।जसले आफ्नो ज्यान भन्दा बढी माया मुलुक र जनताकोलागि गरे आज उनलाई नै नेपालकै प्रथम शहीद भन्न सकिरहेको छैन । लखन थापामगरलाई प्रथम शहिद घोषणा गर्न जनदवाव बढछ तब लखन थापामगरको बारेमा लेखिएको इतिहासलाई र साक्षीलाई समेत लात हान्दै को हुन् लखन थापामगर, उनले मुलक र जनता हितकोलागि जहानियां शासनस“ग विद्रोह गरेकी गरेनन् ?
उनले शहादत्त प्राप्त गरेका हुन् या होइनन् भन्ने प्रश्नहरुहरु उठाइन्छ । यसरी प्रश्न उठाइदा लखन थापामगरको बारेमा लेखिएका इतिहासका पाना साक्षी छन् तर त्यसलाई पल्टाएर बुझ्ने र सारा जनतालाई बुझाउने प्रयास भने अहिले सम्म राज्यले गरेको छैन । लखन थापामगरको बारेमा साच्चीनै राज्यलाई चा“सो भईदिएको भए उनका बारेमा लेखिएका इतिहास, उनको दरबारको भग्नावशेष र उनका सन्तति अझै पनि जीवित छन् तर खै त्यसतर्फ राज्यको ध्यान गरेको ? यसरी लखन थापामगरको बारेमा बास्तविक बुझ्नुको साटो निरर्थक प्रश्न गर्नु कतिको उचित होला ? यदि राज्य सा“चीकै बास्तविक शहिदको खोजीमा लागिरहेकै छ भने एक पटक प्रथम शहिद लखन थापामगरको बारेमा बुझ्न अत्यन्त जरुरी छ ।
किनभने इतिहासका पाना र उनका बारेमा अहिले पनि प्रमाणहरु प्रशस्त छन् । लखन थापाको बारेमा यर्थाथ प्रमाणको अध्ययन गरी छिटो भन्दा छिटो उनलाई नेपालकै प्रथम शहीद घोषणा गरियोस् तर राज्य यस तर्फ भने उदासिन रहेको अवस्था छ । हामी आज हेदैछौ बास्तविक सहिद होइन बैचारिक आस्थाका आधारमा सहिद घोषणा गर्ने छलखेल बढ्दैछ । देशमा प्रजातन्त्र आयो, लोकतन्त्र आयो अझ यति मात्र होइन नेपाली जनताले चाहेको खोजेको र रोजेको गणतन्त्र मुलुकमा भित्रिएको छ तर खै कहां छ जसले देश र जनताकोलागि आफ्नो प्राण आहुति दियो उसलाई आज समाजमा पहिचान र सम्मान दिन खोजेको ?
जति नै सर्वहारा वर्गको कुरा गरेतापनि राज्यसत्तामा बसेर मोज गरेका जनताका सेवकहरु आज जानी जानी बुझपचाई रहेका छन् जो राज्यसत्तामा बसेको र नबसेको कुनै अर्थ छैन । फेरी पनि भन्दैछु । राज्यसत्तामा बसेका जनताका सेवकहरु हो एक पटक ईतिहासलाई पढ आज त्यतिकै देशमा प्रजातन्त्र हुंदै लोकतान्त्तिक गणतन्त्र भित्रिएको होइन । मुलुक र जनतामाथि तानाशाह र सामान्ती प्रवृतिको शासन चलाई जनतालाई दुःख दिने त्यस्ता निकम्बा शासकहरुको घमण्ड चुर गरी जनतालाई निकास दिने त्यस्ता महान सहिदहरु मध्येका प्रथम सहिद लखन थापामगरलाई तिमीहरुले चिन्न जरुरी छ । ईतिहास त्यति कै लुक्दै ईतिहास त्यतिकै छुप्दैन । अझ सत्य कहिल्ये असत्य हुंदैन यस्ता कुरा बुझ्न जरुरी छ यदि राज्य सत्तामा बसेर जनताको लागि सेवा गर्न गएका हौ भने, या त यदि जनता र मुलुककोलागि गएका हौइनौ भने कान कोर्ने डाडुमा पानी तताएर विस्राम लिए हुन्छ । आज प्रथम लखन थापामगर दिवस । राज्यले देश र जनताकोलागि सेवा गर्ने सहिदलाई सम्मान गर्नुको साटो मगर समुदायको पेवाको रुपमा मात्र हेरेको पाएं ।
जति बेला जहानिया राणा शासनले मगर समुदायलाई मात्र होइन आम नेपाली जनतामाथि हुकुम जमाएको थियो । जनताले पाउने हक अधिकारमाथि अंकुश लगाएको थियो त्यो समयमा एक मात्र साहसिक व्यक्ति क्याप्टेन लखन थापामगर जसले जहानिया राणा शासनको अत्याचार विरुद्ध धावा बोल्न पछि परेन । हिजो उनले देश र जनताको हकहितकोलागि जहानिया राणा शासन विरुद्ध जाई धावा नबोलेको भए आज देशको अवस्था यो स्थितिमा आउने थिएन यो कुरा बुझ्न जरुरी छ राज्यसत्तामा बसेका जनताका सेवकहरुले । हिजो सम्म प्रथम सहिद लखन थापामगरको सम्मान र पहिचान दिन जति निधायौ तर आजदेखि राज्य सत्तामा बसेका जनताका सेवकहरु हो कानमा तेल हाली बस्न पाउने छैनौ ।
खबरदार अब जनताहरु सचेत भई सकेका छन् । जनताहरु जागी सकेका छन् । त्यसैले अब बास्तविक कुरालाई नर्कान पाउदैनौ । त्यसैले आजैदेखि नेपालको ईतिहासमा क्याप्टेन लखन थापामगरलाई प्रथम सहिद घोषणा गर्नुकोसाथै उसलाई सम्मान दियोस् । यति मात्र होइन जब जब मुलुक र जनतामाथि तानाशाह लाध्नेक्रम जारी हुन्छ तब तब त्यस्ता तानाशाह विरुद्ध धावा बोल्ने साहसिक निर्भिक राष्ट्रसपुतलाई हामीले कदापि भुल्नु हुंदैन । यदि जानी जानी भुल्ने प्रयास गर्छौ भने ति अमर सहिदको आत्माले सराप्नेछ । यो कुरा राज्यसत्तामा बस्ने जनताका सेवकहरुले तत्काल बुझोस् ।
(लेखिका सगरमाथा टि.भी संग आबध्द छिन् ।)

No comments:

Post a Comment