Friday, March 22, 2013

मगर मेरो चिनारी....मलाइ गर्व छ.{गीत}

स्वर्गिय बिष्णु पुलामिको सम्झनामा ! वहाँ कै शब्दमा !


by Bishnu Pulami (Notes) on Thursday, August 26, 2010 at 2:16pm

हाम्रो आफ्नो जाति-भाषा आफ्नै कर्म छ ,

हाम्रो आफ्नो चाल-चलन आफ्नै धर्म छ ,,

घाँटु-नचारी, कौह्रा-मारुनी, मेरो चण्डी नाचहरु ..

डम्फु-मादल, मुर्चुङ्गा-खैंचडी, लोक दोहोरि साँझहरु ,,

हाम्रो आफ्नो इतिहास अनि, आफ्नै पर्व छ ,

हाम्रो आफ्नै चाल-चलन आफ्नै धर्म छ !!

दौरा-सुरुवाल ढाका टोपी ,रोदीघर गाउने कुराहरु ...

मखमली-चोली छिटको गून्यु,हातमा लाउने चुराहरु ,,

''मगर'' आफ्नो भेष-भूसा मलाइ गर्व छ ,

हाम्रो आफ्नो चाल-चलन आफ्नै धर्म छ !!

मगर मेरो चिनारी हो,आफ्नै पर्व छ ,

मगर मेरो जाती हो, मलाइ गर्व छ !!
 
बिष्णु थापा पुलामी तनहुँ

No comments:

Post a Comment