Saturday, March 30, 2013

मगरजाति र साँस्कृतिक उद्योग


...........................................
राष्ट्रिय मगर माला–नवौं
१७ चैत २०६९ तदनुसार ३० मार्र्च २०१३
धोविघाट, ललितपुर
...........................................................
यसवेला म ७० वर्षमा हिड्न थालेको छु । मैले कलामा स्नातक गर्दाको एउटा सानो घटना सम्झन चाहान्छु । जनकपुर अञ्चलको ठूलो शहर जनकपुरधाम । शहरवाहिर कुवारामपुरमा मुझौलियाका स्थानीय शिक्षाप्रेमीवाट रामस्वरुप–रामसागर डिग्री कालिज स्थापना भएको रहेछ । म श्री त्रिभुवन हाइस्कुलवाट विसं २०२० सालतिरको एसएलसी । यो स्कूल महोत्तरीको गौशाला वजारमा छ । मैले एसएलसी दोश्रो श्रेणी उत्तीर्ण गरेपश्चात वीएसम्म त्यही कालिजमा पढें । यहाँ पढ्दा नेपाली कक्षामा नेपाली पढाउने श्रेद्धय गुरु पण्डित श्री कृष्णप्रसाद आचार्य हाजिरी उठाउने क्रममा खपांगी शव्द मगरजाति वोधक थर थाहा पाउदा श्रद्धय गुरुले जीव्रो बाहिर निकाल्नुभई आश्चार्य प्रकट गर्नुभो र भन्नुभो कि मगर पनि वीएमा । यसवाट मैले थाहा पाएँ कि बाहुनहरु पढेर पण्डितको उपाधि नै प्राप्त गरेको किन नहोऊन उहाँहरुसँग जातीय दृष्टिकोण कस्ता हुदाँरहेछन् । यहाँ यो दृष्टिकोणको व्याख्या गर्न चाहन्न । राष्ट्रिय मगर मालाका विभिन्न भागमा यसवारे संक्षिप्तमै भएपनि शव्द र समय खर्चिने नै छन् ।

मगरहरु इतिहासमा राज्यशक्तिविहीन भएपश्चात यसले आफनो प्राचीन इतिहास र विरासत बाध्यात्मक अवस्थामा भुल्दैगए । कुनै समयको ध्रुवताराको रुपमा रहेको मगरजाति कालान्तरमा विजाति ध्रुवताराहरुको वरिपरि घुम्नथाले र आज पर्यन्त घुम्दैछन् । मगरको आउने सन्ततिले मगर नेतृत्वको पिलो निचोर्नै पर्नेहुन्छ । यसको खिल निकालिनु पर्नेहुन्छ । मलाई लाग्छ युवा नेतृत्वले निर्ममतापूर्वक मगर विकासको प्रगतिमा यो खिललाई फालेर मगर जातिमा व्याप्त अज्ञान्तको अन्त्य गर्ने वाटोमा अघि लागेका मगरहरुलाई तन्नेरी पुस्ताले सुविधा प्रदान गर्नेछ । यसरी राष्ट्रिय मगर माला तयार गर्दै रहँदा मगर जातिमा भने चेतनाको विकास पटक्कै भएको छैन भन्ने कदापि होइन । संक्षिप्तमा भन्नुपर्र्दा यसले आफनो संख्याको अनुपातमा देखिनेगरि विकास त गर्न सकिरहेको छैन तथापि धेरै नभएपनि औंलामै गन्नसक्ने पीएचडीहरु पाउनथालेको छ । उदाहरणको रुपमा मलाई लाग्छ ६४ वर्षको उमेरमा वाग्लुङ निवासी हर्षवहादुर वुडामगरले पीएचडी गर्नुभएको थियो । समय सापेक्ष यो उपाधि प्राप्त अन्य मगर व्यक्तिहरुलाई पनि मालामा ल्याउने प्रयास गर्ने नै छु । धेरैले स्नातकोत्तर पनि गरेका छन् । कतिपयले इन्जिनियरिङ, मेडिकल डिग्री गरेका छन् । आन्तरिक गुणको विकास गर्ने क्रममा मगर जातिले साहित्यतर्फ अभिमूख मगर व्यक्तिहरु पाएकाछन् । यसले आफूमा जीतवहादुर सिंजालीमगर स्याङ्जा निवासीलाई आदिकविको रुपमा सम्मान गर्ने मौका पनि प्राप्त गरेको छ । ऐतिहासिककालदेखि नै सेना र प्रहरीमा अग्रदस्तामा राख्नु यसको धर्म नै हुदैआएको छ । मगरजातिको जीवनमा अहिले पनि अनेकन विधामा महारत हासिल हुनसकिरहेको पक्कै पनि छैन । तथापि वर्तमान अवस्थामा यो जातिले गर्दैआएको प्रगतिलाई हेर्दा निराशाजनक छैन । यदाकदा यो जातिको वौद्धिक व्यक्तित्व र राजनीतिक चिन्तन राख्नेहरुवाट नेपालको राजनीतिमा निर्णायक भूमिकाको नितान्त अभाव रहेको गुनासो पनि सुनिनथालिएको छ । यस मानेमा मेरो आशा र विश्वास छ २१औं शताव्दि नेपाली राजनीति मगरलाई वेखवर राखेर, वेजान राखेर आफूलाई अन्त्य गर्न सक्तैन ।

विश्व भूगोलमा मान्छे देखापर्दा यसले विविध प्राकृतिक अवस्थामा आफूलाई अंगिकृत गर्दैगएको छ । धर्तीमा पदार्पण गर्नुअघि नै यसले विविध मानवीय जातिको लक्षण प्राप्त गरिसेकेको कारणवाट मानवले भूगोलको विभिन्न सर्तानुरुप थरिथरिका प्रकृति आफूलाई ग्राह्ययोग्य वनाउदैआयो । सायद यही कारण मानवशास्त्रीले मानवलाई जातीय हिसावले ४ समूहमा राखेका होलान् र आजसम्म यो आश्चर्यको विषय वनेको छैन । यो विभाजन सजिलै ग्राह्य पनि छ । यो सवै प्रकृतिप्रदत्त थियो । यो अविवादित पनि छ ।

समय गुज्रिदै जादाँ प्रकृतिमा विभाजित मानवजाति सामाजिक रुपान्तरणमा प्रवेश गरेपश्चात डरलाग्दो मानवनिर्मित विभाजनको सिकार हुदैगए । पुर्वीय साहित्यको अथाह भण्डार निर्माण गर्ने क्रममा भृगुऋषिद्धारा स्मरण गर्दै रचिएको ‘मनुस्मृति’ आफैमा बाहुनवादको सर्वोत्कृष्ट घोषणा–पत्र सावित हुनगएको छ । तथापि यसकै कारणवाट सम्पूर्ण पुर्वीय दर्शन, सिद्धान्त, साहित्य आदि इत्यादिको खिलाफमा मगरजाति कम्मर कसेर युद्धको मैदानमा उभिनुपर्छ भन्ने मेरो आशय होइन । १८ दिनसम्म महाभारतको युद्ध हुदाँ ७२ हजार युवाहरुको ज्यान गएझैं गरि सहअस्तित्वको सिद्धान्त स्वीकार गर्ने यो खपाङ्गी द्धन्द्धात्मक भौतिकवादको सिख लिने नेपाली साम्यवादीहरु जसले सर्वहाराको हित गर्ने नाउँमा धनीहरुको सर्वनाश गर्ने वाटोमा कदापि हिड्ने छैन । अमेरिकाली लेखक सामुयल पि. हन्टिङटनले विश्वमा ‘सभ्यताहरुको वीचको मुठभेड नामक कितावमा उल्लेख गरेझैं नभई समन्वयको वाटो रोजिनुपर्छ । भारत स्वतन्त्र हुनुअगावै जवाहरलाल नेहरुले मुसुरीमा पढ्दै गरेकी १० वर्षीय छोरी इन्दिरालाई लेख्नुभएका चिठ्ठीहरुको संगालोमा विश्वमानव समुदाय विभिन्न विभेदवाट ग्रसित छ, उल्लेख छ । यो र यसप्रकारको विभेदको उच्चतम रुप अवश्य पनि उपनिवेशवाद नै हो ।

लगभग ४० वर्षअघि मगरजातिलाई मैले हेर्दा बुझ्दा आफूमा ज्ञानको अनुभूति भएको पाएँ । अर्थात मगरहरु सत्ताको सन्दर्भमा संकेतहीन पाएँ । यस मामिलामा यो जाति वेजान पाएँ । यसलाई उप्काउने सन्दर्भमा एउटा सानो कथा राख्न चाहन्छु । कलकत्ताका भारतीय वनस्पति वैज्ञानिक जगदीशचन्द्र वशुको जीवनमा घटित घटनाको संस्मरण गराउन चाहन्छु । अंग्रेजी हुकुमत भोगिरहेका एउटा भारतीय नागरिक वैज्ञानिक हुदैगरेको तथ्य यो हुकुमतलाई पाच्य थिएन । उनलाई उल्लु वनाउन जेनेभामा वैज्ञानिकहरुको सम्मेलन डाकियो र त्यसमा वशुले यो सावित गर्नुपथ्र्यो कि वनस्पतिमा प्राण छ र मान्छेले झैं यसले पनि सुखदुःखको अनुभूति गर्छ । धुर्त अंग्रेजले त्यो भेलामा साइयोनाइड (विष) ले भरिएको सिरिञ्जको प्रयोग गमलाको ज्यूदो विरुवामा प्रयोग ग–यो र त्यो विरुवा मरेन । वशुको खोज झुठ्ठा हो भनि अन्य अंग्रेज वैज्ञानिकहरु अट्टाहस गर्नथाले । आफनो खोजको विश्वस्त वैज्ञानिक जगदीशचन्द्र वशुले त्यही सिरिञ्ज उठाए र घोषणा गरे यो साइयोनाइड होभने ऊ मर्छ भनि वाँकि रहेको घोल खाइदिए । त्यो चिनीको घोल रहेछ । ती सम्पूर्ण स्याल वैज्ञानिकहरु लज्जित भए । वनस्पतिमा यस्तो गुण हुन्छ भनि पुष्टि गर्न वशुले यहाँसम्म भने कि वनस्पतिको त कुरै नगरौं ढुङ्गा र चट्टानको पनि प्राण हुन्छ । यसरी आफ्नो मुक्तिको लागि वेप्राण झैं वसेका मगरमा प्राण छ र यो जातिले पनि सुखदुःखको अनुभूति गर्छ र मुक्तिको लागि संघर्ष, आन्दोलन, क्रान्ति र वलिदान गर्छ । यसमा यी गुणहरु छन् । यसलाई मध्येनजर राखेर जातीय चर्चा चलाउदा प्रारम्भमा साम्प्रदायिकताको छाप वोक्नुपरेको अनुभव छ । पछि गएर ‘संगठनम् वलम्’ को सिद्धान्तलाइ अंगिकार गरि संगठनको निर्माण गरिदाँ खपाङगी र उसका हम्सफरहरुले साम्प्रदायिकताभन्दा पनि कडा आलोचना विखण्डनवादीको विल्ला भिर्नुपरेको थियो । वास्तवमा यो कदम देश विखण्डनको नभई राज्यसत्ताको जातीय जनसंख्याको अनुपातमा भागवण्डाका सवाल नै थियो । संगठन अघि बढ्दैगयो । संगठनलाई अघि बढाउने क्रान्ति पोइन्ट अफ नो रिटर्नमा पुगेको देखेर वृटिश विरासतवाट संस्कारित सत्ताले साम, दाम, दण्ड, भेदको मन्त्र प्रयोग गरेर संगठनको मौलिक राजपथमा ढाटहरु तेस्र्याउने ग–यो र गर्दै पनि छ । कृत्रिम कुहिरो सिर्जना गरि संगठनका अगुवाहरुलाई काग वनाउने प्रयास गरिदैछ । सवैलाई सदाको लागि अज्ञान वनाएर सत्यलाई अनन्तकालसम्म मगरजातिवाट टाढा राख्न सम्भव छैन ।

म मुलतः भाषणवाजवाट कलमवाज हुने कसरत गरिरहँदा मेरो कलमले भाषणको संस्कार ओकेल्न पूर्णरुपेर्ण परित्याग गरेझैं मलाई लागेको छैन । यसै सिलसिलामा यो भन्ने धृष्टता गर्न चाहन्छु कि हिजोआज समाजको केहि लव्ध प्रतिष्ठित व्यक्तित्व पनि सुझवुझ गुमाएर संगठनलाई जातिवादी लाञ्छना लगाइरहेका छन् । यस सम्वन्धमा मैले हजारौं स्थान र सभा समारोहमा नेपाल मगर सँघ कुनै जात जाति विरुद्धमा निर्माण भएको होइन । कुनै जातिविशेषको भाषा, धर्म, संस्कार, संस्कृतिको विरुद्धमा निर्माण भएको होइन । यसले कसैको पहिरनको विरोध गर्नु पनि छैन । कसैले परम्परागत रुपमा भक्षण गर्दैआएको भोजनको विरोध गर्नु पनि छैन । जातीय वैवाहिक परम्पराको विरोध गर्नु पनि छैन । कुनै जातिविशेषको विकासलाई अस्वस्थ किसिमवाट इष्र्या गर्नु पनि छैन । यस्ता परम्परालाई कार्यान्वयन गर्ने सर्तमा आफू र आफू रहेको राष्ट्रमा आघात पर्नजान्छ भने निर्ममतापूर्वक यस्ता कदमको प्रतिरोधमा नेपाल मगर सँघले आफूलाई उभ्याउनै पर्नेहुन्छ । यस सन्दर्भमा हालसालैको नागरिकता वितरणको सानो उदाहरण राख्न चाहन्छु । यसवारे कुनै प्रकारको पूर्वाग्रह नराखि म यो भन्छु कि यसमा राष्ट्रिय घोटाला भएको छ र यो कदम राजनीतिक भष्टाचार हो भन्ने अनगिन्ति लेख रचना आएका छन् । वर्तमान निर्वाचन आयोगका प्रमुख आयुक्तले फोटोसहितको मतदाता परिचयको लागि अडान लिदाँ यसको विरोधमा उभिएका मधेसी दलहरुको अघिल्तिर निर्ममतापूर्वक घुडाँ टेक्नुपरेको थियो । यस किसिमको असंवैधानिक कार्यमा आवश्यकताभन्दा ज्यादै विदेशी शक्ति लागिपरेको छ । यसो भइरहदा यहाँका जनजातिहरुको संख्या घट्नजान्छ र यसले प्रतिशतलाई पनि धक्का हान्छ । कुनैवेलाको ८ प्रतिशत मगरहरु ३ प्रतिशतमा झर्ने हुन्छ । यसले मगरजातिको साथै माटोसमेत क्षतविक्षत हुदैजानेछ । वर्तमान ४ दलको संयन्त्र यो घटनालाई अझ बढी गति प्रदान गर्न नाइटो दुख्नेगरि वल निकालेर यो अपवित्र, अराष्ट्रिय संयन्त्र लागिपरेको छ । यसले प्रत्येक जातीय संगठनलाई एउटै ठाउँमा एकत्रित हुन हुँकारेको छ । दम्भ गरेर भन्नुपर्दा विश्वविद्यालयवाट प्राप्त औपचारिक शिक्षाभन्दा वाहिर भने पनि समाजशास्त्रीय आधारमा मानव विकास इतिहासमा कलम चलाउनु परेको छ । यो ज्ञान हो र सार्वभौम छ । १९७६ इस्वीसम्म चीनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष हुनुभएका माओत्सेतुङले आफनो रातो कितावमा भन्नुभएको छ कि मान्छेले आफूलाई मान्छे भएको वास्तविकता थाहा पाउन थालेको लगभग ५ लाख वर्ष भइसकेको छ । यो प्रसंग मात्र हो । विकासक्रमको विषय यसप्रकार रहेको छ : १) गोत्र, २) जनजाति/कविला, ३) जाति/राष्ट्रियता र ४) राष्ट्र । मैले थाहापाए अनुसार मगरहरु जनजातीय अवस्थामा अद्यावधि रुमलिइरहेको हुदाँ सत्ताधारीले गर्दैआएको राष्ट्रघातको विरुद्धमा उभिन सकेको छैन । एनेकपा माओवादी सत्ताधारी हुनासाथ राष्ट्रिय पहिरन फालियो । राष्ट्रिय एकता दिवश र राष्ट्रिय प्रजातन्त्र दिवश खारेज गरियो । मुलुकमा भएका आन्दोलन वा क्रान्तिको नामावली तयार गर्दा एक शताव्दि लामो निरङकुश जहानियाँ शासन नेपाली कांग्रेसको नेतृत्वमा विसं २००७ मा फालियो । यो आन्दोलनलाई लिष्टमा एक नम्वरमा समावेश गरिएन । तिनै राणा शासकका शालिकहरु टुडिखेलभित्र र बाहिर धेरै छन् । यिनलाई जस्ताको तस्तै राखि शाहवंशीय शालिकहरु भत्काइएका छन् । यी सम्पूर्ण कार्य मलाई लाग्छ विदेशीको इशारामा गराइएका हुन् । इतिहासलाइ इतिहासकै दृष्टिकोणले हेरिनुपर्छ । जात जाति वा वर्गको दृष्टिकोणले हेर्नथालियो भने यो देशमा कसैको इतिहास बाँकि रहन्न । इतिहासै वाँकि नरहेपछि मुलुक पनि अस्तित्वमा रहन्न ।

हामी मुलतः जनजाति हौं । जनजातिहरु देशभक्त हुन्छन् । राष्ट्रियतामा विकास हुदैजाला । त्यसपछि मात्रै प्रजातन्त्र वा लोकतन्त्रलाई संस्थागत रुप दिने कार्यमा मगरहरु पनि अग्रसर हुदैजालान् । यो ध्रुवसत्य हो । देशभक्त देशद्रोही हुन्न । युद्ध कतै देशभक्तिपूर्ण छभने देशभक्त योद्धाहरुको जात जाति स्पष्टसँग उल्लेख गरिएको पाउछौं । यसलाई लुकाउनु पाप हो । भोटसँगका युद्धमा वीरगति प्राप्त गर्ने देशभक्तको वयान ः वुद्धिवल राना, जीउका भारि, दश भाई भोटेलाई घुँडा धसी मारी । राना (मगर) को उल्लेख छ । वुद्धिवल देशभक्त थिए । प्रधानमन्त्री भीमसेन थापा (मगर) को घरेलु शासनवाट पीडित भै ज्यान जोगाउन वनारस निर्वासित वसेको देशभक्त प्रवल रानाले दीनानाथ उपाध्यायलाई यसरी जवाफ फर्काए ः राष्ट्र नजोगिने अवस्था आएमा भीमसेन थापालाई नेपाल फर्केर सहयोग गर्नुवाहेक कौनै विकल्प छैन । भीमसेन निरङकुश छ तर राष्ट्रवादी छ । राष्ट्रवादीले राजहंसले झैं पानीवाट दुध अलग गर्न सक्नुपर्छ । मगरको मौलिक विचार वाह्य विचारवाट अहिले विटुलिए झैं छ । विदेशी विचारवाट अनावश्यक प्रभावित हुनु भनेको आफनो मौलिक संस्कार जसमा देशभक्ति छ, राष्ट्रवाद छ तिनलाई तहसनहस पार्नु नै हो ।

विविध किसिमका लाञ्छनाहरु खेप्दैआएका विविध जातीय व्यक्तित्वहरु र तिनका जातीय संगठन र संगठनकै महासँघ समय सापेक्ष अजातीय सत्ताधारी कदमहरुको विरुद्धमा वोल्दै रहने र वोलिलाई व्यवहारमा उतार्दैजाने संस्कारवाट आफूलाई लैस गराउने कार्यवाट विमुख भइरहनु भनेको वर्तमान र भविष्यको लागि उठ्ने नभई गिर्नु नै हो ।

वर्तमान मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी जो न्यायपालिकाको सर्वोच्च पद ग्रहण गरिसकेका व्यक्तित्व हुन् । उहाँको मन्त्रिपरिषदले अंग ढाक्नको लागि राष्ट्रिय पहिरनको उपयोग गर्दागर्दै पनि टाउकोको लागि क्षेत्रीय पहिरनको उपयोग गरेको छ । यसवाट समय रहँदै आफूलाई सुधारोन्मुख राख्न नसक्ने हो भने काजमा पाल्नुभएका रेग्मीको विगत केलाउनु विज्ञहरु बाध्य हुनेछन् । म छेपाराले झैं रंग वदलिइरहने ४ दलीय सिन्डिकेटका सत्तासीनहरुको वारेमा यहाँ खासै कुरा राख्न चाहान्न । एनेकपा माओवादीको हेटौडा महाधिवेशनले प्रज्वलित गरेको खिलराज रेग्मीलाई प्रारम्भमा नेका, एमाले, मधेसी संयूक्त मोर्चाका सभापति र अध्यक्षहरु सुशिल कोइराला, झलनाथ खनाल, माधव नेपाल, विजय गच्छेदार एकएकले सम्मानीय प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष पदमा आसीन गराउने कुराको विरोध थिए । कालान्तरमा अतिचाँडै यी सवैै विदेशी गोटीको रुपमा प्रयोग भए र यिनको लागि खिलराज रेग्मीको त्यो पद स्वीकार्य भयो ।

मगर व्यूतनुपर्छ, यिनको तन्द्रा टुट्नैपर्छ, यिनी उठ्नुपर्छ र अन्त्यमा आफनो चारैतिर रहेको खतराको खिलाफमा जाग्नु पनि पर्छ ।

No comments:

Post a Comment