Saturday, December 8, 2012

तत्कालिन नेपाल सरकारले होबीर आले मगरको टाउको काटेर ल्याउनेलाई इनामको घोषणा गरेको थियो ।


_______________________________________________________

राष्ट्रवादी नेता होबीर आले मगरको जन्म बिक्रम सम्बत 1963 साल जेष्ठ 4 गते अल्मोडामा भएको हो । उनको बुबा गुन्जबीर आले त्यसबेला भारतीय सेनामा नियुक्त भई अल्मोडामा कार्यरत थि
ए । उनको प्रारम्भिक शिक्षादीक्षा अर्थात कक्षा 9 सम्म किंग जर्ज अंग्रेजी शिक्षालय अल्मोडा ( King George English School, Almoda, India) मा नै भएको थियो । बि. सं. 1978 मा बुबाले पल्टनबाट अवकाश प्राप्त गरेपछि उनी 14 वर्षको उमेरमा आफ्नो पुर्ख्यौली स्थलो स्यांग्जा जिल्लाको श्वारा भन्ज्यांग आए ।

उनलाई विदेशी सेनामा भर्ति हुने ईक्ष्या भएन । उनले गाउमा शिक्षाको महत्वको प्रसार प्रचार गरेको बुझिन्छ । त्यसबेला राणाहरुको विरुद्ध बिस्तारै विरोधको स्वर उठिरहेको थियो । उनमा पनि राणा शासन विरोधी भावना बिस्तारै बढ्दै गयो । नेपाली कांग्रेससंग आवद्ध भई उनी राणाहरू विरोधी क्रियाकलापमा सक्रिय भए । उनी भारतबाट राणाहरु विरुद्ध तयार पारिएका पर्चा, पम्प्लेट, तथा पुस्तकहरु गोप्य तरिकाले नेपाल ल्याएर प्रचार प्रसार गर्ने काममा लागे । बिक्रम सम्बत 2007 सालमा स्यांग्जा जिल्ला र पश्चिम नेपालका हज्जारौ युवाहरुलाई संगठित गरी भैरहवा नाकाबाट यीनले पनि राणाहरु विरुद्ध आन्दोलनको नेतृत्व गरेका थिए ।

त्यसबेला तत्कालिन राणा सरकारले उनको टाउको काटेर ल्याउनेलाइ इनामको घोषणा गरेको थियो । नेपाली कांग्रेसमा ब्राह्मणहरुको वर्चस्वको त्यसबेला पनि त्यत्तिकै थियो । उनले त्यसको विरोध गरे । फलत कांगेसका नेताहरुसंग उनको मतभेद बढ्दै गयो । अझ मातृका प्रसाद कोइराला प्रधानमन्त्री भएका बखत कोशी नदी बारेको भारतसितको गैर-राष्ट्रिय सम्झौताको उनले कडा विरोध गरे । यसकारण पनि उनी कांग्रेसमा टिक्न सकेनन् । त्यसपछि राष्ट्रवादी नेता यी होबीर आले मगरले पंचायतमा पसेर राजनीति गर्ने निधो गरे । बिक्रम सम्बत 2020 देखि 2026 सालसम्म उनी राष्ट्रिय पंचायतको सदस्य भई राष्ट्रिय राजनीतिमा सक्रिय रहे ।

यिनै राष्ट्रवादी नेता होबीर आले मगरको सम्पर्कमा आएर नै नेपाली वामपन्थी आन्दोलनका अर्का एक हस्ती निर्मल लामाले आफ्नो राजनीतिक जीवन शुरुवात गरेका हुन् भन्ने पनि भनाई छ ।

यी राष्ट्रवादी नेता होबीर आलेको 2046 सालमा निधन भयो ।

श्रोत: संक्षिप्त मगर इतिहास - 2059

No comments:

Post a Comment