Wednesday, December 5, 2012

स्वतन्त्रता सेनानी दीलिप सिंह आले मगर ( बि. सं. 1982 - 2059)


______________________________________________

स्वतन्त्रता सेनानी दीलिप सिंह आले मगरको जन्म बि. सं. 1982 मा पाकिस्तानको कोएटा बलुचिस्तानमा भएको हो । उनी पुंगफुंग मंगलबारे गा. बि.स. इलामका बासिन्दा हुन् । उनको बाबु पहिलो विश्वयुद्धताका पाकिस्तानमा खटिएकाले उनले बाल्यकालको शिक्षा भारतको दार्जीलिंगमा नै प्राप्त गरे । नेपालमा त्यसबखत जहानिया राणा शासकहरुको हालीमुहाली थियो । जनता राणा शासनबाट भयभित थियो । मुलुकको त्यस्तो डरलाग्दो अवस्था देखेपछि उनी मुक्ति सेनामा भर्नाभई राणाहरु विरुद्धको क्रान्तिमा सरिक भए । नेपालको पूर्वी नाकाहरुमा राणाका सेनाहरुलाई परास्त गर्दै आफ्नो देश र जनतालाई ठुलो गुण लगाउने दीलिप सिंह आले मगर बाचुन्जेल सम्म ओझेलमा परिरहे । उनलाई मुलुकले चिन्न सकेन ।

बि. सं. 2007 सालमा मुक्तिसेनाको राणा विरोधी अभियानमा बिराटनगर क्याम्पमा क्वार्टरमाष्टर बनेर खटिएका दीलिप सिंह आले मगर बिराटनगर कब्जा गर्ने सिलसिलामा केही विशेषज्ञहरुको सहयोगले बम बनाएर हवाइजहाजबाट खसाल्न अगाढी बढे; किनभने त्यो काम गर्न अरु कोहि तयार भएनन । तर, दुर्भाग्यवश हवाइजहाज उडन सकेन । यसरी बम प्रयोगमा ल्याउन नसकिएपछि उनले ट्रयाक्टरलाइ एउटा ट्यांकका रुपमा प्रयोग गर्दै हमला गरेपछि बिराटनगर मुक्तिसेनाको कब्जामा गयो ।

बास्तवमा, नेपाल र नेपालीका हितका लागी आफ्नो जीवन समर्पण गर्ने दीलिप सिंह आले मगर नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठुलो योगदान रहेको छ । यी स्वतन्त्रता सेनानीको बि. सं. 2059 साल भदौ महिनामा ललितपुरमा निधन भयो ।

No comments:

Post a Comment