Saturday, June 14, 2014

नेपाली फुटबल खेलाडी विमल घर्ती मगर औपचारिक रुपमै युरोपको क्लबबाट खेल्ने भएका छन् ।



बेल्जियमको फुटबल क्लब आरएससी एण्डरलेक्टले विमल घर्तीलाई एक सिजनका लागि अनुवन्ध गरेको छ । विमल युरोपेली क्लबका लागि खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन् ।

एन्डरलेक्टले विमललाई २६ जुलाई, २०१४ देखि ३१ मे २०१५ सम्म आफ्नो एकेडेमीमा रही प्रशिक्षण गर्न अनुबन्धन गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।



क्लबले विमलको भिसा नविकरण गर्न तीन तीन महिनाको आउँदाजाँदा लाग्ने हवाई भाडा व्यहोर्ने छ भने नेपाली राष्ट्रिय टिमहरुलाई आवश्यक पर्दा महत्वपूर्ण खेलहरुको लागि उपलव्ध गराउनेछ। उक्त अवधिभर विमलको अन्य सम्पूर्ण खर्च पनि क्लबले व्यहोर्नेछ।

फिफाको नियम अनुसार १८ वर्ष भन्दा मुनिका खेलाडीले अफिसियल म्याच खेल्न नपाउने भएकोले क्लबको एकेडेमीमा वसे वापत विमलले एकेडेमीमा प्रशिक्षण लिनुका साथै क्लबको तर्फबाट मैत्रिपूर्ण खेल तथा जुलाईमा हुने अन्तराष्ट्रिय युवा प्रतियोगिता खेल्नेछन् ।

यसैबीच सन् २०१४ को सेप्टेम्बरमा थाईल्याण्डको वैंककमा सन्चालन हुने अन्तिम चरणको एएफसी यु– १६ च्याम्पियनसिपको लागि छनोट भएको नेपालको यू–१६ राष्ट्रिय युवा टोलीलाई अगष्ट महिनामा १५ दिनको लागि वेल्जियमको हुग्स्ट्रेटन सहरमा प्रशिक्षणको लागि निम्त्याएको एन्फाद्वारा जारी विज्ञप्तिमा भनेको छ।

एक साताअघि प्रशिक्षण सकेर बेल्जियमबाट फर्केका १६ वर्षीय विमलले एण्डरलेक्टका लागि यु–१७ फ्युचर कपमा एक गोलसमेत गरेका थिए ।

नवलपरासीका विमल एन्फा एकेडेमीका उत्पादन हुन् । उनले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध गोल गोल गरेका थिए ।

No comments:

Post a Comment