Wednesday, January 9, 2013

प्रसँग फेरी गोरेबहादुर खपाङ्गी मगरको ।


______________________________
प्रसँग फेरी गोरेबहादुर खपाङ्गी मगरको । 
------------------------------------------------
* नरेन्द्र योञ्जन सँग गोरेबहादुर खपाङ्गी मगरले दिनु भएको अन्तरबार्ताको केही अङ्श:
------------------------------------------------------------------------------------- 
मगर समुदायको लागि मरिमेटेर लागिरहेका गोरे बहादुर खपाङ्गी मगरले मलाई अन्तवार्ता दिँदै यसो भन्नुभयो :-
-------------------------------------------------------------------------------------
१. मगरको उत्थान गर्ने नारा लिएर ४० वर्È निरन्तर हि“डेको अर्को को छ ? होला कोही घामले पाकेर ८० वर्Èको भयो होला । तर, उसले आफ्नो समाजका लागि के ग¥यो ? म त आफ्नो घर जलाएर, जिउमा खरानी दलेर हि“डेको मान्छे हु“ । अहिले सात करोडको घरमा बस्ने नेतालाई म सोध्न चाहन्छु– तिमी पनि आफ्नो घर जलाऊ र समाजका लागि हि“ड । 
२.मगरमा राजनीतिक परिपक्वता छैन । यसको सानो उदाहरण । एकीकृत नेकपा माओवादीमा अन्याय भयो भनेर रामबहादुर थापा बादलको पहलमा पार्टी फुट्यो । पुरानो पार्टीमा बादलभन्दा तल रहेका सिपी गजुरेललाई नया“ पार्टीमा बादलभन्दा माथि राखियो । तर, बादलको कुनै प्रतिक्रिया छैन । किनकि, राजनीतिक परिपक्वता छैन, लाहुर जाने सपना छ, सिंहदरबार ताक्ने योजना छैन ।
३. जुन बेला मैले जातीय मुद्धा उठाए“, त्यो वेला साम्प्रदायिकता थियो । अहिले त आवश्यकता भएछ नि । त्यसैले त अशोक राईले पार्टी खोले । अरु को को पार्टी खोल्छौ भनेर लागिरहेका छन् । यिनीहरुले बल्ला थाहा पाए एमाले त बाहुनको पार्टी रैछ । 

३. बाहुन बाठो ! एउटा बाहुनले भन्छ, अर्को बाहुनले बुझ्छन । तर, जनजातिले बुझ्दैनन् । राजीनामा देऊ, राजीनामा देऊ भनेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्ट तीनवटा कुरा भने ः
क) यो देश कतै न कतै मर्जर गर्नुपर्छ । मर्जर उनको एजेन्डा हो ।
ख) हामी त गोटी हौ“, खेलाउने अरु कोही छ । उनले सही कुरा भने । 
ग) चर्को रुपमा राजीनामा माग्न थालेपछि उनले भनिदिए— सा“चो त यहा“ छैन ।
ल हेर्नुस् घर्ती जी बाहुनहरु सबैले कुरो बुझे, सा“चो खोज्न लर्को लागेर दिल्लीतिर गए । कोही पेट दुखेको छ भनेर, कोही टाउको दुखेको छ भनेर, कोही बिहेमा भनेर, कोही चिया खान भनेर भटाभट दिल्ली गए । जनजातिहरु कुरै बुझ्दैनन्, सा“चो दिल्लीमा छ भने यहा“ बसेर सत्ता कहिले आउ“छ ? उता, गएकाहरुलाई पनि दिल्लीवालाले भनिदिए, ‘सा“चो त त्यही“ छ, तिमीले सुनेको सत्य हो, तर सा“चो तिम्रो हातमा दिन्नौ“, जो अहिले सत्तामा छ, उसैस“ग मिलेर खाऊ ।’ पहिलेपहिले राजीनामा नदिए आन्दोलन गर्छौं भन्नेहरु पनि दिल्लीबाट फर्केपछि मिलेर, सहमति गरेर अघि बढ्ने हो भन्दै वार्तामा बस्न थाले । यो सब बाबुरामले भनेजस्तै जसको हातमा सा“चो छ, उसैको करामत हो । बाहुनले कुरो बुझे, जनजातिले बुझेनन् । 

गोरेबहादुर खपाङ्गी मगरका कुरा सुनेपछि बुँदागत रुपमा यी कुरा महत्वका आधारमा राखेको हुँ । यो बाहेक उनले मगर जागरणका लागि पु¥याएको योगदान त बयान गरी साध्यै छैन । उनको कुरा सुन्न यति मिठा लाग्छन् सँधै सुनिरहुँ जस्तो । त्यसैले त मैले दुइ चरणमा उनको अन्तवार्ता लिनु परेको थियो । मलाई लाग्छ यतिबेला मगर समुदायका लागि गोरेबहादुरको खाँचो छ । गोरेबहादुर मगर समुदयाको अगुवा भए मात्रै हजारौं गोरेहरु जन्मिनेछन् ।

------------------------------------------------
* नरेन्द्र योञ्जन सँग गोरेबहादुर खपाङ्गी मगरले दिनु भएको अन्तरबार्ताको केही अङ्श:
-------------------------------------------------------------------------------------
मगर समुदायको लागि मरिमेटेर लागिरहेका गोरे बहादुर खपाङ्गी मगरले मलाई अन्तवार्ता दिँदै यसो भन्नुभयो :-
-------------------------------------------------------------------------------------
१. मगरको उत्थान गर्ने नारा लिएर ४० वर्È निरन्तर हि“डेको अर्को को छ ? होला कोही घामले पाकेर ८० वर्Èको भयो होला । तर, उसले आफ्नो समाजका लागि के ग¥यो ? म त आफ्नो घर जलाएर, जिउमा खरानी दलेर हि“डेको मान्छे हु“ । अहिले सात करोडको घरमा बस्ने नेतालाई म सोध्न चाहन्छु– तिमी पनि आफ्नो घर जलाऊ र समाजका लागि हि“ड ।

Sunday, January 6, 2013

गोरे बहादुर खपांगी मगर !



आज भन्दा करिब ४० वर्ष अघि मध्येमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चल, जिल्ला रामेछाप, सदरमुकाम रामेछाप वजार, गौरिशंकर हाइस्कूलको प्रधानाध्यापकमा नियूक्त भएँ । जनकपुरधाममा अवस्थित नेपाल सुर्ती विकास समितिको छँदोखाँदोको हाकिमको पद छोडेको थिएँ । जे लेखेको छ त्यही हुन्छ भनेझैं भयो । प्रधानाध्यापकको खवर रामेछाप वजारको छेउमा रहेको सुकजोर मगरवस्तीमा पुगेछ । केही दिनपश्चात विद्यालय समयमा एकजना झण्डैझण्डै मेरै उमेरका मानिस मलाई भेट्न आए । म त्यसवेला ३० वर्ष भइसकेको थिएँ । उनको हुलियाको कारणवाट उनलाई मसँग भेट्न निकै संघर्ष गर्नुपरेको रहेछ । कसोकसो पियन वा शिक्षकमध्ये कसैले उनलाई मसँग भेट्न अनुमति दिएछन् । उनी प्रधानाध्यापकको कार्यालयमा पसे ।

Saturday, January 5, 2013

नेपालमा आदिबासी जनजातिहरुको सवाल सबभन्दा पहिले क-कसले उठाए ? तीन जना मगरहरुले: सुरेश आले मगर, गोरे बहादुर खपांगी मगर र एम. एस. थापा मगरले ।


___________________________________________________

लोकतन्त्रमा संख्याले नै सबै कुराको निर्धारण, नियमन र नियन्त्रण गर्दछ ( Number counts in democracy.) । यो फोटोमा देखाइएको तथ्याकबाट सम्पूर्ण मगर समुदायले बुझ्नु पर्ने कुरा के हो ? त्यो पनि लेखिदिनु पर्ने हो ? यो तथ्यांक थोरै मिलेको छैन तैपनि ठीकै छ ।

यो तथ्याक एकजना भारतीय मूलका लेखकले उनको 'Balkanization of Nepal Gathers Pace' भन्ने शीर्षकको एउटा लेखमा पोष्ट गरेका छन् । यसको अर्थ संघीयता मागेर नेपाललाई पनि पुरानो युगोस्लाभियालाई झैं क्षतविक्षत वा टुक्राटुक्रा पार्न लागे भन्ने नै हो । नेपालमा आदिबासी जनजातिहरुको सवाल सबभन्दा पहिले क-कसले उठाए ? तीन जना मगरहरुले: सुरेश आले मगर, गोरे बहादुर खपांगी मगर र एम एस थापा मगरले ।

Monday, December 10, 2012

बहादुर शाह र अन्य षड्यन्त्रकारीहरुले सर्वजित राना मगरको अनाहकमा ज्यान लिइएको देखिन्छ ।


______________________________________________________________

1) राजा पृथ्वी नारायण शाहको मृत्यू सन् 1775 मा भयो ।

2) त्यसपछि उनको जेठा छोरा प्रताप सिंह शाह नेपालको राजा भए । उनको मृत्यू पनि मात्र 26 वर्षको उमेरमा सन् 1777 मा भयो । तर उनको त्यो मृत्युलाई, प्राकृतिक मृत्यु भएको भनिएको छ ।


3) प्रताप सिंह शाहको मृत्यू पछि रण बहादुर शाह 2 वर्ष र 6 महिनाको मात्र हुदा राजा बनाइए । उनकी माता राजेन्द्रलक्ष्मी शाह रण बहादुर शाहकि नायब भई शासन गर्न लागिन ।

4) राजमाता राजेन्द्र लक्ष्मी माथि मूलकाजी सर्वजित राना मगरसंग अनुचित सम्बन्ध कायम गरेको अभियोगमा जेल हाल्ने काम गरियो ।

Saturday, December 8, 2012

तत्कालिन नेपाल सरकारले होबीर आले मगरको टाउको काटेर ल्याउनेलाई इनामको घोषणा गरेको थियो ।


_______________________________________________________

राष्ट्रवादी नेता होबीर आले मगरको जन्म बिक्रम सम्बत 1963 साल जेष्ठ 4 गते अल्मोडामा भएको हो । उनको बुबा गुन्जबीर आले त्यसबेला भारतीय सेनामा नियुक्त भई अल्मोडामा कार्यरत थि
ए । उनको प्रारम्भिक शिक्षादीक्षा अर्थात कक्षा 9 सम्म किंग जर्ज अंग्रेजी शिक्षालय अल्मोडा ( King George English School, Almoda, India) मा नै भएको थियो । बि. सं. 1978 मा बुबाले पल्टनबाट अवकाश प्राप्त गरेपछि उनी 14 वर्षको उमेरमा आफ्नो पुर्ख्यौली स्थलो स्यांग्जा जिल्लाको श्वारा भन्ज्यांग आए ।

Friday, December 7, 2012

बाहुनवाद !


                                            

दलित तथा जनजाति जागरणपछि नेपालमा एउटा शब्द बहुचर्चित छ, बाहुनवाद। यो शब्द सुन्नेबित्तिकै सिंगै ब्राह्मण समुदाय आफ्नो अपमान भएको महसुस गर्छ। साँच्चै बाहुनवाद ब्राह्मण समुदायलाई अपमान गर्न बनेको शब्द हो त? कुरा त्यस्तो होइन। हिन्दू धर्मको एउटा प्रमुख विशेषता वर्णाश्रम व्यवस्था हो। यसअनुसार ब्रह्मको मुखबाट जन्मेका बाह्मणले पूजापाठ र विद्या व्यवसाय, हातबाट जन्मेका क्षत्रीयले राजकाज र युद्ध, पेटबाट जन्मेका वैश्यले व्यापार र खुट्टाबाट जन्मेका शूद्रले यी तीनैको सेवा गर्नुपर्छ। शूद्रभन्दा ब्राह्मण, क्षेत्रीय, वैश्य के कारण श्रेष्ठ? यसको तर्कपूर्ण जबाफ कहीँ कतै दिँदैन।

Wednesday, December 5, 2012

स्वतन्त्रता सेनानी दीलिप सिंह आले मगर ( बि. सं. 1982 - 2059)


______________________________________________

स्वतन्त्रता सेनानी दीलिप सिंह आले मगरको जन्म बि. सं. 1982 मा पाकिस्तानको कोएटा बलुचिस्तानमा भएको हो । उनी पुंगफुंग मंगलबारे गा. बि.स. इलामका बासिन्दा हुन् । उनको बाबु पहिलो विश्वयुद्धताका पाकिस्तानमा खटिएकाले उनले बाल्यकालको शिक्षा भारतको दार्जीलिंगमा नै प्राप्त गरे । नेपालमा त्यसबखत जहानिया राणा शासकहरुको हालीमुहाली थियो । जनता राणा शासनबाट भयभित थियो । मुलुकको त्यस्तो डरलाग्दो अवस्था देखेपछि उनी मुक्ति सेनामा भर्नाभई राणाहरु विरुद्धको क्रान्तिमा सरिक भए । नेपालको पूर्वी नाकाहरुमा राणाका सेनाहरुलाई परास्त गर्दै आफ्नो देश र जनतालाई ठुलो गुण लगाउने दीलिप सिंह आले मगर बाचुन्जेल सम्म ओझेलमा परिरहे । उनलाई मुलुकले चिन्न सकेन ।