Tuesday, March 5, 2013

Good massage, सेहेच सन्डेस



=======================

डीस्यर्ेइ डीस्या ज्याकर्ेर् इसे ह्याले चलन -
काटै न आले पट्टको न होजाट्के च मीछाना ।
ग्याहोटीए पाच आहारा चीभ्यर्ेइ हीके स्याट्ले -
लहो टूक्के लहै न पाईङ हीके होटा जाट्ले -

Thursday, February 28, 2013

मगर आफै पछि परेको होइन,पारिएका हुन् ।

हुम सुनारी मगर
सबै भन्दा पहिला म आफु मगर भएकोमा अति नै गर्व गर्दछु । मुलुकको कुल जनसंख्याको ७% भन्दा बढी मगरहरुको जनसंख्या रहेको, कुल जनसंख्याको आधारमा नेपालको तेश्रो ठुलो र आदिवासी जनजातिमा सबै भन्दा ठुलो जनसंख्या भएको जाति "मगर" हौ भनि चिनाउन पाउँदा आफु मगर हुनुमा अरु बढी गर्व लाग्छ । तर, दुर्भाग्य राज्यको शासन व्यवस्था र निजामती कर्मचारी  लगायत मुलुकको सरकारी तथा गैरसरकारी निकायहरुमा मगरहरुको उपस्थिति र सहभागिता अति नै न्युन रहेको कुरालाई कसैले नकार्न सकिदैन । यसको कारणहरु धेरै हुन सक्छ । तर, मैले देखेको प्रमुख कारणहरु म यहाँ राख्न चाहन्छु ।

Friday, February 15, 2013

कानुङ मोई।!!********


 खड्का आले









मिक पिंठार मिक्डी लामु,लोही पिँठार रो ह्याट्मो याक नाम्बिक कसरा चेमु,ङुमो आउला,कानुङ मोई।
जजा देशाङ नूङमे डेमु हिल्स्या आरीक्न राक्ले डेमु,से सेहेच मानम डाङमो ङुमो आउला ,कानुङ मोई।
रीन चिहाक्मु ईम सेहाक्मु,आङुई राहाच याकाङ न डेमो मानमाङ माराङ ख्योहमोङुमो आउला,कानुङ मोई।
जजा नुङ्च लाम ङोस्मु टाह्राले हो आब च डेमु बुरुक बुरुक गिन झोस्मोङुमो आउला ,कानुङ मोई।
मिटालुवाङ रूवा न वाटाक्मु,हर निङघुर्याक न ल्हेट्मु पट्ट कठा जजाऔ न बात जाट्मु,ङुमु आउला ,कानुङ मोई।
डाँडा टाकिँउ नामखान ल्हेस्मु जजाऔ टाँहा ङोस्के डेमु,कामुठी सास लाचै गिन झोस्मुवाङमु आउला, कानुङ मोई।
पटट कठा ' खोई ङउ जा' डेमु मेहेको मोरो ज्यामु, घिटि घिटि छान्मु,सास लेठार जजाके न लेन्मु , वाङ्मु आउला ,कानुङ मोई।।

प्रथम शहीद लखन थापामगरलाई अपमान र विभेद होइन न्याय देऊ:


========================================
दीपा आले मगर
-----------------
___________________________________
‘हु“दैन विहान मिरमिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’
__________________________________
आज यी कविताका पंक्तिहरु पढ्न बाध्य छु जसलाई यथार्थवादी कवि भुपि शेरचनले लेखेका हुन् । उनले सपूत सहीदका बारेमा ओजपूर्ण कविता लेखिएता पनि नेपालकै प्रथम सहिद लखन थापामगरलाई भने अहिले सम्म राज्यले घोर अपमान गरिएको छ । सहिद दिवसको सन्द्रभमा प्राय सबै सहिदलाई स्मरण गरियो तर नेपालकै प्रथम सहिद लखन थापामगरलाई भने कसैले सम्झीएनन् ।

Wednesday, January 9, 2013

प्रसँग फेरी गोरेबहादुर खपाङ्गी मगरको ।


______________________________
प्रसँग फेरी गोरेबहादुर खपाङ्गी मगरको । 
------------------------------------------------
* नरेन्द्र योञ्जन सँग गोरेबहादुर खपाङ्गी मगरले दिनु भएको अन्तरबार्ताको केही अङ्श:
------------------------------------------------------------------------------------- 
मगर समुदायको लागि मरिमेटेर लागिरहेका गोरे बहादुर खपाङ्गी मगरले मलाई अन्तवार्ता दिँदै यसो भन्नुभयो :-
-------------------------------------------------------------------------------------
१. मगरको उत्थान गर्ने नारा लिएर ४० वर्È निरन्तर हि“डेको अर्को को छ ? होला कोही घामले पाकेर ८० वर्Èको भयो होला । तर, उसले आफ्नो समाजका लागि के ग¥यो ? म त आफ्नो घर जलाएर, जिउमा खरानी दलेर हि“डेको मान्छे हु“ । अहिले सात करोडको घरमा बस्ने नेतालाई म सोध्न चाहन्छु– तिमी पनि आफ्नो घर जलाऊ र समाजका लागि हि“ड । 
२.मगरमा राजनीतिक परिपक्वता छैन । यसको सानो उदाहरण । एकीकृत नेकपा माओवादीमा अन्याय भयो भनेर रामबहादुर थापा बादलको पहलमा पार्टी फुट्यो । पुरानो पार्टीमा बादलभन्दा तल रहेका सिपी गजुरेललाई नया“ पार्टीमा बादलभन्दा माथि राखियो । तर, बादलको कुनै प्रतिक्रिया छैन । किनकि, राजनीतिक परिपक्वता छैन, लाहुर जाने सपना छ, सिंहदरबार ताक्ने योजना छैन ।
३. जुन बेला मैले जातीय मुद्धा उठाए“, त्यो वेला साम्प्रदायिकता थियो । अहिले त आवश्यकता भएछ नि । त्यसैले त अशोक राईले पार्टी खोले । अरु को को पार्टी खोल्छौ भनेर लागिरहेका छन् । यिनीहरुले बल्ला थाहा पाए एमाले त बाहुनको पार्टी रैछ । 

३. बाहुन बाठो ! एउटा बाहुनले भन्छ, अर्को बाहुनले बुझ्छन । तर, जनजातिले बुझ्दैनन् । राजीनामा देऊ, राजीनामा देऊ भनेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्ट तीनवटा कुरा भने ः
क) यो देश कतै न कतै मर्जर गर्नुपर्छ । मर्जर उनको एजेन्डा हो ।
ख) हामी त गोटी हौ“, खेलाउने अरु कोही छ । उनले सही कुरा भने । 
ग) चर्को रुपमा राजीनामा माग्न थालेपछि उनले भनिदिए— सा“चो त यहा“ छैन ।
ल हेर्नुस् घर्ती जी बाहुनहरु सबैले कुरो बुझे, सा“चो खोज्न लर्को लागेर दिल्लीतिर गए । कोही पेट दुखेको छ भनेर, कोही टाउको दुखेको छ भनेर, कोही बिहेमा भनेर, कोही चिया खान भनेर भटाभट दिल्ली गए । जनजातिहरु कुरै बुझ्दैनन्, सा“चो दिल्लीमा छ भने यहा“ बसेर सत्ता कहिले आउ“छ ? उता, गएकाहरुलाई पनि दिल्लीवालाले भनिदिए, ‘सा“चो त त्यही“ छ, तिमीले सुनेको सत्य हो, तर सा“चो तिम्रो हातमा दिन्नौ“, जो अहिले सत्तामा छ, उसैस“ग मिलेर खाऊ ।’ पहिलेपहिले राजीनामा नदिए आन्दोलन गर्छौं भन्नेहरु पनि दिल्लीबाट फर्केपछि मिलेर, सहमति गरेर अघि बढ्ने हो भन्दै वार्तामा बस्न थाले । यो सब बाबुरामले भनेजस्तै जसको हातमा सा“चो छ, उसैको करामत हो । बाहुनले कुरो बुझे, जनजातिले बुझेनन् । 

गोरेबहादुर खपाङ्गी मगरका कुरा सुनेपछि बुँदागत रुपमा यी कुरा महत्वका आधारमा राखेको हुँ । यो बाहेक उनले मगर जागरणका लागि पु¥याएको योगदान त बयान गरी साध्यै छैन । उनको कुरा सुन्न यति मिठा लाग्छन् सँधै सुनिरहुँ जस्तो । त्यसैले त मैले दुइ चरणमा उनको अन्तवार्ता लिनु परेको थियो । मलाई लाग्छ यतिबेला मगर समुदायका लागि गोरेबहादुरको खाँचो छ । गोरेबहादुर मगर समुदयाको अगुवा भए मात्रै हजारौं गोरेहरु जन्मिनेछन् ।

------------------------------------------------
* नरेन्द्र योञ्जन सँग गोरेबहादुर खपाङ्गी मगरले दिनु भएको अन्तरबार्ताको केही अङ्श:
-------------------------------------------------------------------------------------
मगर समुदायको लागि मरिमेटेर लागिरहेका गोरे बहादुर खपाङ्गी मगरले मलाई अन्तवार्ता दिँदै यसो भन्नुभयो :-
-------------------------------------------------------------------------------------
१. मगरको उत्थान गर्ने नारा लिएर ४० वर्È निरन्तर हि“डेको अर्को को छ ? होला कोही घामले पाकेर ८० वर्Èको भयो होला । तर, उसले आफ्नो समाजका लागि के ग¥यो ? म त आफ्नो घर जलाएर, जिउमा खरानी दलेर हि“डेको मान्छे हु“ । अहिले सात करोडको घरमा बस्ने नेतालाई म सोध्न चाहन्छु– तिमी पनि आफ्नो घर जलाऊ र समाजका लागि हि“ड ।

Sunday, January 6, 2013

गोरे बहादुर खपांगी मगर !



आज भन्दा करिब ४० वर्ष अघि मध्येमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चल, जिल्ला रामेछाप, सदरमुकाम रामेछाप वजार, गौरिशंकर हाइस्कूलको प्रधानाध्यापकमा नियूक्त भएँ । जनकपुरधाममा अवस्थित नेपाल सुर्ती विकास समितिको छँदोखाँदोको हाकिमको पद छोडेको थिएँ । जे लेखेको छ त्यही हुन्छ भनेझैं भयो । प्रधानाध्यापकको खवर रामेछाप वजारको छेउमा रहेको सुकजोर मगरवस्तीमा पुगेछ । केही दिनपश्चात विद्यालय समयमा एकजना झण्डैझण्डै मेरै उमेरका मानिस मलाई भेट्न आए । म त्यसवेला ३० वर्ष भइसकेको थिएँ । उनको हुलियाको कारणवाट उनलाई मसँग भेट्न निकै संघर्ष गर्नुपरेको रहेछ । कसोकसो पियन वा शिक्षकमध्ये कसैले उनलाई मसँग भेट्न अनुमति दिएछन् । उनी प्रधानाध्यापकको कार्यालयमा पसे ।

Saturday, January 5, 2013

नेपालमा आदिबासी जनजातिहरुको सवाल सबभन्दा पहिले क-कसले उठाए ? तीन जना मगरहरुले: सुरेश आले मगर, गोरे बहादुर खपांगी मगर र एम. एस. थापा मगरले ।


___________________________________________________

लोकतन्त्रमा संख्याले नै सबै कुराको निर्धारण, नियमन र नियन्त्रण गर्दछ ( Number counts in democracy.) । यो फोटोमा देखाइएको तथ्याकबाट सम्पूर्ण मगर समुदायले बुझ्नु पर्ने कुरा के हो ? त्यो पनि लेखिदिनु पर्ने हो ? यो तथ्यांक थोरै मिलेको छैन तैपनि ठीकै छ ।

यो तथ्याक एकजना भारतीय मूलका लेखकले उनको 'Balkanization of Nepal Gathers Pace' भन्ने शीर्षकको एउटा लेखमा पोष्ट गरेका छन् । यसको अर्थ संघीयता मागेर नेपाललाई पनि पुरानो युगोस्लाभियालाई झैं क्षतविक्षत वा टुक्राटुक्रा पार्न लागे भन्ने नै हो । नेपालमा आदिबासी जनजातिहरुको सवाल सबभन्दा पहिले क-कसले उठाए ? तीन जना मगरहरुले: सुरेश आले मगर, गोरे बहादुर खपांगी मगर र एम एस थापा मगरले ।